×

NMB BANK
NIC ASIA

गठबन्धनलाई भविष्यसम्म लैजान तालमेलको इमान्दारीपूर्वक कार्यान्वयन गरौं– माधव नेपाल

बैशाख २२, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनलाई अगाडि बढाउनका लागि तालमेल भएको ठाउँमा इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

Muktinath Bank

उनले नमिलेको ठाउँमा मिलाउनका लागि गठबन्धनका दलले माथिबाट पनि निर्देशन दिनुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चितवनको भरतपुरमा बिहीवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको भावना इमान्दारीपूर्वक लागू गर्नुपर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘आगामी चुनाव र त्यसपछि पनि गठबन्धनलाई लिएर जाने हो भने महानगर र उपमहानगरमा जसरी गठबन्धन गरेका छौं, ती ठाउँमा गठबन्धनको मर्मको इमान्दारितापूर्वक पालना गर्नुपर्छ । गठबन्धनलाई जिताउने कर्तव्य ठान्नुपर्छ,’ नेपालले भने । 

Vianet communication

नेता नेपालले राम्रो काम गरेका कारण भरतपुरवासीको मनमनमा रेनु दाहालले बास गरेको दाबी गरे ।

‘यहाँ सबैले रेनु दाहालको नाम लिएको पाइयो । प्रचण्डको छोरी भन्ने पनि होइन, व्यवसायीले आफ्ना छोराछोरीलाई व्यवसायी, कलाकारले कलाकार बन्न प्रेरित गर्छ । योग्यताको आधारमा आउने हो,’ नेता नेपालले भने । 

उनले बागी उम्मेदवारी दिएका कांग्रेसका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।

‘गठबन्धनभित्रबाट उम्मेदवारी दिएका नेताहरूलाई भन्न चाहन्छु, व्यक्तिगत कुण्ठाको विषय नबनाउनुस्, वक्तव्य दिएर फिर्ता लिनुस्,’ नेपालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x