×

NMB BANK
NIC ASIA

चालीस प्रतिशतले बढ्यो इन्धनको माग

बैशाख २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल) खपत  भएको  छ  ।

Muktinath Bank

 स्थानीय  चुनावका कारण  मुलुकभर इन्धनको माग बढेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९ हजार ९२७ किलोलिटर अर्थात् पाँच करोड ९९ लाख २७ हजार लिटर इन्धन खपत भएको छ ।


Advertisment
Nabil box
Kumari

सो अवधिमा २० हजार ३२७ किलोलिटर पेट्रोल र ३९ हजार छ सय किलोलिटर डिजल खपत भएको  छ  ।  

Vianet communication
Laxmi Bank

अघिल्लो  सोमबारदेखि  बजारमा  इन्धनको खपत बढ्दै गएको हो ।

निगम  प्रवक्ता  विनीतमणि  उपाध्यायले  चुनावले डिजल र पेट्रोलको खपत ४० प्रतिशतले बढेको  जानकारी  दिए ।  

उनका  अनुसार  सामान्य  अवस्थामा  पेट्रोल  दैनिक  अधिकतम  दुई  हजार  पाँच  सय  किलोलिटर  बिक्री  हुने  गरेकामा  अहिले  चार  हजार  किलोलिटरसम्म  खपत हुने गरेको हो ।

यसैगरी  यसअघि  दैनिक  अधिकतम  छ  हजार किलोलिटर डिजल खपत हुने गरेकामा अहिले  १०  हजार  किलोलिटरसम्म  भएको  निगमले जनाएको छ ।

निगमका अनुसार अहिले दैनिक पौने तीन अर्ब रुपैयाँको डिजल र पेट्रोल बिक्री भइरहेको छ ।

वैशाख १९ गते सोमबार पेट्रोल चार हजार ९१०  किलोलिटर  र  डिजल  १०  हजार  ४७९  किलोलिटर खपत भएको थियो भने मङ्गलबार सार्वजनिक  बिदा  भएकाले  १८२  किलोलिटर,  बुधबार चार हजार ४२५ किलोलिटर, बिहीबार तीन हजार १६५ किलोलिटर, शुक्रबार तीन हजार ५५८ किलोलिटर, शनिबार ११ किलोलिटर र आइतबार तीन हजार ९४३ किलोलिटर पेट्रोल खपत भएको थियो ।

यस्तै  डिजेलको  खपत  वैशाख  १९  गते  सोमबार  १०  हजार  ४७९  किलोलिटर,  मङ्गलबार  १५  हजार  किलोलिटर,  बुधबार  सात  हजार  ९८१  किलोलिटर,  बिहीबार  छ  हजार १५७ किलोलिटर, शुक्रबार सात हजार ३४१ किलोलिटर, शनिबार १६ किलोलिटर र आइतबार  सात हजार ४९७ किलोलिटर खपत भएको निगमले जानकारी दिएको छ ।

उक्त  एक  साताको  अवधिमा  ४३०  किलोलिटर  मट्टीतेल  र  चार  हजार  ४९५  किलोलिटर हवाई इन्धन खपत भएको छ । यी दुई इन्धनको मागमा धेरै वृद्धि भएको छैन ।

वैशाख १९ देखि २५ गतेसम्म निगमको थानकोट  डिपोबाट  डिजल  छ  हजार  ५५६  किलोलिटर  र  पेट्रोल  पाँच  हजार  ६६२  किलोलिटर बिक्री भएको छ । यो सातामा दुई दिन सार्वजनिक बिदा परेकाले ती दिन थानकोट डिपोबाट पेट्रोलियम पदार्थ बिक्री भएको छैन । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x