×

NMB BANK
NIC ASIA

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न चिटिक्क पारिँदै लुम्बिनी, पर्यटन व्यवसायी उत्साही [फोटोफिचर]

बैशाख २९, २०७९

NTC
Premier Steels

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउने भएपछि लुम्बिनीलाई चिटिक्क पारिएको छ ।

Muktinath Bank

मोदी आगामी जेठ २ गते २५६६औं बुद्ध जयन्तीको दिन लुम्बिनी आउँदैछन् । मोदीको यो लुम्बिनी भ्रमण पहिलो हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीको भ्रमणलाई लिएर लुम्बिनीसहित समग्र रुपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली बिहीवार नै लुम्बिनी आइपुगेको छ ।


Advertisment
Nabil box
Kumari

रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले लुम्बिनीसहित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनेको बताए । मोदी हेलिकप्टरमार्फत सिधै लुम्बिनी आउनेछन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सोही दिन लुम्बिनी आउनेछन् ।

Vianet communication

मोदी र देउवाको भेट लुम्बिनीमै हुनेछ । मोदी आउने भएपछि सरसफाइ लगायत व्यवस्थित रूपमा तयारी थालिएको छ । लुम्बिनी मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ ।

बाहिरी पुरातात्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरको भित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर राम्रा चिटिक्क पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ । 

ठाउँठाउँमा बुद्ध वचन, वाणी र पञ्चशिलका नयाँ तुल व्यानर टाँसिएको छ । आगन्तुकलाई स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षभन्दा यसपटक लुम्बिनीलाई विशेष रूपमा सजाउनुका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्ध जयन्तीका लागि तयारी पूरा हुने क्रममा रहेको बताए । लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएको बताइएको छ । सभाहल नेपालकै सम्भवत ठूलो हो । जुन बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री देउवाले औपचारिक रूपमा उद्घाटन गर्नेछन् । सोही दिन प्रधानमन्त्री देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीले पनि हलबाट सम्बोधन गर्ने कार्यतालिका छ ।

मोदीको यो पाँचौं नेपाल भ्रमण हो । मोदीको यसअघिका भ्रमणमा पनि लुम्बिनी आउने बताइए पनि आएका थिएनन ।

मोदीको भ्रमणलाई लिएर लुम्बिनीका पर्यटन व्यवसायी उत्साही भएका छन् । कोरोनाले थला परेको पर्यटन क्षेत्र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलाएमान हुने अपेक्षा छ । त्यसैदिन विमानस्थलको औपचारिक उद्घाटन समेत हुनेछ ।

रुपन्देहीका पर्यटन व्यवसायी रामप्रसाद गौतमले अब रुपन्देही र लुम्बिनी पर्यटनको केन्द्र बन्ने देखिएपछि व्यवसायी उत्साहित भएका बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x