×

NIC ASIA

यस्तो छ, उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या

जेठ ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन् ।

Muktinath Bank

आयोगको प्रणालीमा २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०, ७१ देखि ८०, ८१ देखि ९० र ९० भन्दा माथि उमेर समूहका निर्वाचित जनप्रतिनिधिका विवरण समावेश गरिएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाबाट हालसम्म ७३५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो प्रणालीका प्रविष्ट भएअनुसार नेपाली कांग्रेसका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ५५० र महिला ७९२ गरी एक हजार ३४२, ३१ देखि ४० उमेर समूहका पुरुष दुई हजार १८७, महिला एक हजार ९७९ गरी चार हजार १६६, ४१ देखि ५० उमेर समूहका पुरुष दुई हजार ६६४, महिला एक हजार ७४३ गरी चार हजार ४०७, ५१ देखि ६० उमेर समूहका पुरुष एक हजार ९३९, महिला ७६३ गरी दुई  हजार ७०२, ६१ देखि ७० उमेर समूहका पुरुष ६२४, महिला १८९ गरी ८१३, ७१ देखि ८० उमेर समूहका पुरुष ८५, महिला १९ गरी १०४, ८१ देखि ९० उमेर समूहका पुरुष १ र महिला १ गरी २ र ९० भन्दा माथि उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा (एमाले)का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४५६ र महिला ६६८ गरी १ हजार १२४, ३१ देखि ४० उमेर समूहका पुरुष १ हजार ७१४, महिला १ हजार ८०७ गरी ३ हजार ५२१, ४१ देखि ५० उमेर समूहका पुरुष २ हजार १६७, महिला १ हजार ५३७ गरी ३ हजार ७०४, ५१ देखि ६० उमेर समूहका पुरुष १ हजार ८२१, महिला ७७० गरी २ हजार ५९१, ६१ देखि ७० उमेर समूहका पुरुष ५२९, महिला १४१ गरी ६७०, ७१ देखि ८० उमेर समूहका पुरुष ३७, महिला १६ गरी ५३, ८१ देखि ९० उमेर समूहका पुरुष ७ र महिला १ गरी ८ निर्वाचित भएका छन् ।

Vianet communication

नेकपा (माओवादी केन्द्र) २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २२७ र महिला ३२८ गरी ५५५, ३१ देखि ४० उमेर समूहका पुरुष ९९४, महिला ८९० गरी १ हजार ८८४, ४१ देखि ५० उमेर समूहका पुरुष १ हजार २४, महिला ५६३ गरी १ हजार ५८७, ५१ देखि ६० उमेर समूहका पुरुष ५४२, महिला २२८ गरी ७७०, ६१ देखि ७० उमेर समूहका पुरुष १३८, महिला ५२ गरी १९०, ७१ देखि ८० उमेर समूहका पुरुष १५, महिला १ गरी १६ एवं ८१ देखि ९० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।
    
जनता समाजवादी पार्टी, नेपालका  २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४३ र महिला ४८ गरी ९१, ३१ देखि ४० उमेर समूहका पुरुष २४०, महिला १८९ गरी ४२९, ४१ देखि ५० उमेर समूहका पुरुष २७६, महिला १७९ गरी ४५५, ५१ देखि ६० उमेर समूहका पुरुष १९३, महिला १४५ गरी ३३८, ६१ देखि ७० उमेर समूहका पुरुष १००, महिला ४० गरी १४०, ७१ देखि ८० उमेर समूहका पुरुष १४ र महिला १४ गरी २८ जना निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४२ र महिला ५६ गरी ९८, ३१ देखि ४० उमेर समूहका पुरुष १४९, महिला १५२ गरी ३०१, ४१ देखि ५० उमेर समूहका पुरुष १८४, महिला १०५ गरी २८९, ५१ देखि ६० उमेर समूहका पुरुष १३८, महिला ६० गरी १९८, ६१ देखि ७० उमेर समूहका पुरुष ५१, महिला २३ गरी ७४, ७१ देखि ८० उमेर समूहका पुरुष ६, महिला ३ गरी ९, ८१ देखि ९० उमेर समूहमा पुरुष १ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १६ र महिला ११ गरी २७, ३१ देखि ४० उमेर समूहका पुरुष ४७, महिला ४९ गरी ९६, ४१ देखि ५० उमेर समूहका पुरुष ६६, महिला ३२ गरी ९८, ५१ देखि ६० उमेर समूहका पुरुष ४५, महिला १९ गरी ६४, ६१ देखि ७० उमेर समूहका पुरुष ११, महिला २ गरी १३ र ७१ देखि ८० उमेर समूहका पुरुष २, महिला २ गरी ४ जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमोर्चाका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ८ गरी १०, ३१ देखि ४० उमेर समूहका पुरुष २२, महिला २८ गरी ५०, ४१ देखि ५० उमेर समूहका पुरुष ३९, महिला १९ गरी ५८, ५१ देखि ६० उमेर समूहका पुरुष २७, महिला ८ गरी ३५, ६१ देखि ७० उमेर समूहका पुरुष ४ र ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला १ गरी २ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष ४ र महिला १० गरी १४, ३१ देखि ४० उमेर समूहका पुरुष २८, महिला २३ गरी ५१, ४१ देखि ५० उमेर समूहका पुरुष १५, महिला १० गरी २५, ५१ देखि ६० उमेर समूहका पुरुष ६, महिला ७ गरी १३, ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५, ७१ देखि ८० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् ।

नेपाल मजदुर किसान पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २ र महिला ४ गरी ६, ३१ देखि ४० उमेर समूहका पुरुष १०, महिला ११ गरी २१, ४१ देखि ५० उमेर समूहका पुरुष १८, महिला ९ गरी २७, ५१ देखि ६० उमेर समूहका पुरुष १७, महिला ७ गरी २४, ६१ देखि ७० उमेर समूहका पुरुष ५, महिला १ गरी ६ र ७१ देखि ८० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

जनता प्रगतिशील पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २, ३१ देखि ४० उमेर समूहका महिला २, ४१ देखि ५० उमेर समूहका पुरुष ५, महिला २ गरी ७, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला २ गरी ३ जना निर्वाचित भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १ र महिला १ गरी २, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ६१ देखि ७० उमेर समूहका पुरुष २ र ७१ देखि ८० उमेर समूहका महिला १ जना निर्वाचित भएका छन् ।

विवेकशील साझा पार्टीका ३१ देखि ४० उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष ५, ५१ देखि ६० उमेर समूहका पुरुष १, महिला १ गरी २, ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २, ७१ देखि ८० उमेरका, महिला १ जना निर्वाचित भएका छन् । नेपाल जनता पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष ४, महिला १ गरी ५ जना निर्वाचित भएका छन् ।

सङ्घीय लोकतान्त्रिक मञ्चका ३१ देखि ४० उमेर समूहका पुरुष ३, महिला १ गरी ४, ४१ देखि ५० उमेर समूहका पुरुष ३, ५१ देखि ६० उमेर समूहका महिला २  जना निर्वाचित भएका छन् । नेपाल लोकतान्त्रिक पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २ र ५१ देखि ६० उमेर समूहका पुरुष २, जना निर्वाचित भएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहमा महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला १ गरी २, ५१ देखि ६० उमेर समूहका पुरुष १, ६१ देखि ७० उमेर समूहका पुरुष जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस (विपी) का २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १, महिला २ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष १ र ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

बहुजन शक्ति पार्टीका २१ देखि ३० वर्ष उमेर समूहका महिला १, ४१ देखि ५० उमेर समूहका पुरुष २, महिला १ गरी ३, ५१ देखि ६० उमेर समूहका पुरुष २ जना निर्वाचित भएका छन् । बहुजन एकता पार्टी नेपालका ३१ देखि ४० उमेर पुरुष १, समूहका महिला १ गरी २, ४१ देखि ५० उमेर समूहका महिला १ र ६१ देखि ७० उमेर समूहका पुरुष १, महिला १ गरी २  जना निर्वाचित भएका छन् ।

नेपाल सुशासन पार्टीका २१ देखि ३० उमेर समूहमा पुरुष १, ३१ देखि ४० उमेर समूहका पुरुष १, ४१ देखि ५० उमेर समूहका पुरुष १ र महिला १ गरी २ जना निर्वाचित भएका छन् । नेकपा (माओवादी समाजवादी)का ३१ देखि ४० उमेर समूहका महिला २ जना निर्वाचित भएका छन् । नेपाल सद्भावना पार्टीका ६१ देखि ७० उमेर समूहका पुरुष १ जना निर्वाचित भएका छन् ।

स्वतन्त्रतर्फ २१ देखि ३० वर्ष उमेर समूहका पुरुष २४, महिला २६ गरी ५०, ३१ देखि ४० उमेर समूहका पुरुष ८६, महिला ५४ गरी १४०, ४१ देखि ५० उमेर समूहका पुरुष ७८, महिला २५ गरी १०३, ५१ देखि ६० उमेर समूहका पुरुष ६९, महिला १४ गरी ७३, ६१ देखि ७० उमेर समूहका पुरुष १४, ८१ देखि ९० उमेर समूहका १ र ९० भन्दा माथि उमेरका १ जना निर्वाचित भएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x