जेठ ९, २०७९
दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् । यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिर...
त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ ।
मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरेकी छन् ।
नगरको १६ वडामध्ये कांग्रेस वडा नम्बर १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो । एमालेले वडा नम्बर २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ । माओवादी केन्द्रले वडा नम्बर १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेस त्रियुगा नगरपालिकामा गठबन्धन विना एक्लै चुनाव लडेको थियो । उदयपुरका ८ पालिकामध्ये कांग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ । एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ भने कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ ।
माओवादी केन्द्र लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी भएको थियो भने सो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस विजयी भएको थियो ।
उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको अध्यक्षमा र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार पछि परेका छन् । ५४१२३ मत गणना सकिँदा एमालेका टिकाराम खड्का २२८५९ मतका साथ अग्रस्थानमा छन् । यस्तै सत्ता गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिर...
स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४...
काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...
तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...