×

NMB BANK
NIC ASIA

बजेट कार्यान्वयनमा सांसदहरूको जोड

जेठ १७, २०७९

NTC
Premier Steels

राष्ट्रियसभाका सांसदहरूले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् ।

Muktinath Bank

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि शुरू भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरूले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, उत्पादन, रोजगारी, आन्तरिक उत्पादनको क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा समावेश गरिनु सकारात्मक भएको टिप्पणी गर्दै कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिन्।


Advertisment
Nabil box
Kumari

उनले पूँजीगत खर्च कम भएका कारण पनि आर्थिक विकास हुन नसकेको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिइन् ।

Vianet communication

नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले समग्रमा बजेट सकारात्मक रहेको भन्दै ठूला परियोजनामा रकम छुट्याउने र खर्च नहुने परिपाटीको अन्त्यका लागि ध्यानाकर्षण गराए ।

उनले कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ठोस कार्यक्रम समावेश हुन नसकेको टिप्पणी गरे । 

नेकपा माओवादी केन्द्रका उदयबहादुर बोहराले बजेट जनभावनाअनुरुप रहेको र कृषि उत्पादन र रोजगारी बढाउनेतर्फ केन्द्रित रहेकाले यसको कार्यान्वयनमा सबैको साथ चाहिने खाँचो औंल्याए ।

सोही दलका सांसद सुरेश आले मगरले बजेट उत्कृष्ट आएको र यसले कृषि उत्पादन बढाउने, पर्यटनमा छुट दिनेलगायत विषयलाई सम्बोधन गरेको बताए । 

माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले मधेशी, दलित समुदायलाई बजेटले छुन नसकेको टिप्पणी गरे ।

सांसद डा विमला राई पौड्यालले समग्रमा बजेट राम्रो भएपनि यसको व्यावहारिक कार्यान्वयनमा चुनौति देखिने खतरा औंल्याइन् । 

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले भने, 'बजेटमा स्रोतको सुनिश्चितता छैन, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ, ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर घटाएर ६८ मा झारिएको छ, तर त्यसको आर्थिक भार कति हुन्छ भन्ने लेखाजोखा गरिएको छैन, त्यसैले बजेट बढी महत्वाकांक्षी भयो कि ?'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x