×

NMB BANK
NIC ASIA

भारतीय परिकार किन यतिधेरै स्वादिष्ट हुन्छ भन्ने चासो धेरैमा हुन्छ । भारतीय परिकार अत्यधिक स्वादिष्ट हुनुका पछाडि एउटै कारण छ यसका आधारभूत मदर ग्रेभीहरू । 

Muktinath Bank

भारतीय पकवानमा १५ भन्दा धेरै मदर ग्रेभीहरू प्रयोग हुन्छन्, जुन विश्वका अधिकांश देशमा चल्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय ग्रेभीहरू अधिकांश हेभी किसिमका हुने र निकै महंगो सामानहरू प्रयोग हुन्छ । ग्रेभीहरूमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू रिच टाइपका हुने हुँदा स्वादिष्ट र स्वास्थ्यबद्र्धक पनि छ ।


Advertisment
Nabil box
Kumari

के–के छन् त भारतीय ग्रेभीहरू ?

Vianet communication

चप ग्रेभी, मखनी ग्रेभी, एल्लो ग्रेभी, ह्वाइट ग्रेभी, ग्रिन ग्रेभी, सलान ग्रेभी, मलाईको फ्ता ग्रेभी, सोर्सेइलिस ग्रेभी, काराभलि ग्रेभी, कस्मिरियाक्नी ग्रेभी, मलाइमुगलाइ ग्रेभी, मिनमोइली ग्रेभी, कसरइपुख्तान, रिजला ग्रेभी, गोवन ग्रेभी गरी १५ भारतीय ग्रेभीहरू विश्वभर प्रसिद्ध छन् । यहाँ हामीले व्यावसायिक रूपमा चलेका केही प्रमुख ग्रेभीहरू र त्यसबाट बन्ने परिकारका विषयमा चर्चा गर्नेछौं ।

विश्व विख्यात केही भारतीय ग्रेभीहरू

माथि उल्लेखित १५ ग्रेभीहरूमा ५ थरिका ग्रेभीहरू विश्व विख्यात छन् । जापान, कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिकासम्म पछिल्लो समय भारतीय ग्रेभीहरूले बजार लिएको छ । ग्रेभी तन्दुर रोटी र टिक्का नपाउने देश अहिले कमै भेटिन्छन् । 

भारतीय पकवानको लोकप्रियता बढ्नुमा उसको खानामा भएको विविधता र स्वादको जादु नै हो । 

मखनी ग्रेभी

मखनी ग्रेभी बनाउन चाहिने सामग्रीः ताजा गोलभेडा १ किलो, तेल १२० एमएल, गेडा जिरा १ चम्चा, मिक्स होल गरम मसला ५ ग्राम, अदुवा लसुन पेस्ट २ चम्चा, प्याज ४ पिस, रोगन मिर्च २ चम्चा, टोम्याटो पेस्ट या पिउरी ४०० ग्राम, कासुरी मेथि १ चम्चा, गरम मसला पाउडर १ चम्चा, जिराधनियाँ पाउडर १ चम्चा, क्रिम १ कप, बटर ५ चम्चा, नून मरिच स्वादअनुसार, चिनी या मह २ चम्चा, तन्दुरी कलर पिन्च ।

बनाउने विधि

ग्रेभी पट तताएर तेल हाल्ने र जिरा गेडा फुराउने । लगत्तै होल गरम मसला हाली फुराउना साथ अदुवा–लसुन पेस्ट हाली भुट्ने र इन्डियन मसलाहरू हाली चलाउने । प्याज हालेर भुट्ना साथ काटेको गोलभेडा र पिउरी हाल्दिने । काजु या मगज हाली सानो आँचमा २० मिनेट पकाउना साथ चिसो बनाएर ब्ल्यान्ड गर्ने र छान्ने । यो पहिलो प्रोसेसमा माथि उल्लेखित मसलाहरू आधा मात्र हाल्नुपर्छ ।

दोस्रो प्रोसेसमा ग्रेभी पट तताइ तेल हालेर पुनः जिरा फुराउने र गरम मसला, अदुवा, लसुन पेस्ट हाली फेरि इन्डियन स्पाइस भुट्ने । केही समयलगत्तै छानेको ग्रेभी हाली ४० मिनेट सानो आँचमा पकाउने । बटर, क्रिम, मह, कासुरी मेथि हालेर निकाल्ने । मखनी ग्रेभी प्रयोग गरेर चिकन बटर मसला, पनिर मखनी लगायतका अनेकन परिकार बनाउन सकिन्छ ।  

एल्लो ग्रेभी

बनाउन चाहिने सामग्रीः प्याज १ किलो, जिरा गेडा १ चम्चा, गरम मसला ५ ग्राम, गरम मसला पाउडर १ चम्चा, जिरा, धनियाँ, बेसार, खुर्सानीको धुलो सबै आधा–आधा चम्चा, काजु या मगज १२० ग्राम, दही २ कप, क्रिम १/२ कप, बटर ४ चम्चा, नून मरिच स्वादअनुसार, गोलभेडा ५ पिस, टोम्याटो पिउरी १ कप, अदुवा लसुन पेस्ट ३ चम्चा ।

बनाउने विधिः 

प्याज जिलिएन काटेर ब्राउन हुने गरी फ्राई गर्ने र भुटेको काजु, दही हाली ब्याल्डरमा पेस्ट बनाउने । करी पटमा तेल हाली जिरा र गरम मसला फुराउने । अदुवा, लसुन पेस्ट हालेर भुट्ने र अन्य स्पाइसेज हाली चलाउने । टोम्याटो र पिउरी हाली स्मुथ बनाउने । प्याजको पिउरी हाली ४० मिनेट घोटीघोटी पकाउने । अन्त्यमा बटर, क्रिम हाली चलाउने । यो ग्रेभी प्रयोग गरी विभिन्न भेज करी र एग करी तयार गर्न सकिन्छ ।

ह्वाइट ग्रेभी

ह्वाइट ग्रेभी बनाउन चाहिने सामग्रीः स्लाइस प्याज १ किलो, दूध १ लिटर, हरियो खुर्सानी ६ पिस, सेतो मरिचको धुलो १ चम्चा, काजु वा मगज १ कप, होल गरम मसला ५ ग्रान, सुकमेलको धुलो १/२ चम्चा, नून स्वादअनुसार, तेल ६० एमएल, बटर ४० ग्राम, क्रिम १२० एमएल ।

ह्वाइट ग्रेभी बनाउने विधिः

तेल हालेर ग्रेभी पट तताउने र गरम मसला फुराइ अदुवा लसुन भुट्ने । केही समयपश्चात काटेको प्याज, दूध हरियो खुर्सानी र काजु या मगज हालेर २० मिनेट उमाल्ने । चिसो बनाएर ब्ल्यान्ड गर्ने र छान्ने । फेरि पिउरीलाई दोस्रो प्रोसेसमा अदुवा लसुनको पेस्ट, सुकमेलको धुलो, मरिचको धुलो, क्रिम, बटर नून हाली २५ मिनेट फत्काउने अनि तयार हुन्छ । यो ग्रेभी प्रयोग गरेर चिकन कोर्मा, शाही पालक पनिर, कोप्ता करी र मुग्लाइ डिसहरू बनाउन सकिन्छ ।

फ्रेस ग्रेभी/करी ग्रेभी/चप ग्रेभी

बनाउन चाहिने सामग्रीः तेल ८० एमएल, होल गरम मसला १२ ग्राम, अदुवा लसुन पेस्ट ३ चम्चा, चप प्याज १ किलो, चप टोम्याटो ५०० ग्राम, टोम्याटो पिउरी १ क्यान, मिक्स इन्डियन स्पाइस ३ चम्चा, गरम मसला पाउडर १ चम्चा, नून मरिच स्वादअनुसार ।

बनाउने विधिः कडाइ या करी पट तताएर तेल हाल्ने र गरम मसला फुराउने । लगत्तै अदुवा लसुनको पेस्ट हाली भुट्ने र सम्पूर्ण ईन्डियन मसला हालेर भुटी प्याज खन्याउने । १५–२० मिनेट भुट्नासाथ प्याज ब्राउन हुन्छ र काटेको गोलभेडा, पिउरी हाली घोटीघोटी पकाउने र सर्फेसमा रोगन देखिन थालेपछि निकालेर चिस्याउने र विभिन्न करी, कडाइ, कुर्चन, जाल्फ्रेजी जस्ता सयौं डिसहरू बनाउन सकिन्छ ।

ग्रीन ग्रेभी

ग्रीन ग्रेभी बनाउन चाहिने सामग्रीः पालक पिउरी १ किलो, तेल ६० एमएल, गरम मसला होल १२ ग्राम, अदुवा लसुन पेस्ट १५ ग्राम, इन्डियन स्पाइसेज २ चम्चा, काजु पेस्ट ६० ग्राम, दूध १२० एमएल, कासुरी मेथि २ चम्चा, क्रिम १ कप, वटर ३ चम्चा, सेतो मरिचको धुलो १/२ चम्चा, नून स्वादअनुसार गरम मसला पाउडर १/२ चम्चा ।

बनाउने विधिः करी पट तताएर तेल हाल्ने र गेडा जिरा पड्काउने । लगत्तै होल मिक्स गरम मसला हालेर फुराउने र अदुवा लदुन, इन्डियन स्पाइसेस हालेर भुट्ने । काजु पिउरी र पालक पिउरी हाली सानो आँचमा पकाउने । नून मरिच, बटर क्रिम दूध र कासुरी मेथि हालेर चलाउने । यो ग्रेभी प्रयोग गरेर पालक मुर्ग, पालक पनिर, पालक कर्न लगायत कैयौं डिसहरू बनाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x