माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
असार ६, २०७९
युक्रेनविरुद्ध सैन्य कारवाही चलाएबापत अमेरिका नेतृत्वको पश्चिमले रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाएको भए पनि त्यसले रुसको अर्थतन्त्रमा कुनै असर पारेको छैन ।
उल्टो, रुसले युक्रेन आक्रमणको १०० दिनमा कीर्तिमानी ९३ अर्ब युरो कमाएको आँकडा सार्वजनिक भएको छ ।
द न्युयोर्क टाइम्समा हिरोको ताबुचीले गत साता तयार पारेको रिपोर्टमा उल्लेख भएअनुसार, रुसले तेल, ग्यास र कोइला निर्यात गरेर विगत सय दिनमा त्यति धेरै रकम कमाएको हो ।
फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रहेको अनुसन्धान संस्था सेन्टर फर रिसर्च अन एनर्जी यान्ड क्लीन एयरले रुसी कमाइको आँकडाको विश्लेषण गरी यो तथ्य पत्ता लगाएको हो ।
त्यस्तै ब्लूमबर्ग न्युजले जुन १ मा प्रकाशित गरेको रिपोर्टमा रुसले तेल र ग्यासबाट दिनको औसत ८० करोड डलर कमाइरहेको उल्लेख छ । विश्वलाई आवश्यक पर्ने उत्पादनहरू रुसले भारी मात्रामा निर्यात गर्ने हुनाले उसको अर्थतन्त्रलाई पश्चिमी प्रतिबन्धको कुनै असर परेको छैन । तेल र ग्यासबाहेक रुसले गहुँ, निकल, आल्मुनियम र पलेडियम पनि निर्यात गर्ने गरेको छ ।
खासमा विश्वभरि तेलको मूल्य आकासिएकाले रुसलाई फाइदा भएको हो । युरोपलाई बढेको मूल्यमा थोरै मात्रामा तेल बेचेर पनि रुसले दिनको एक अर्ब डलरभन्दा बढीको कमाइ गर्ने गरेको अमेरिकी थिंकट्यांक कार्नेगी इन्डाउमेन्टले जानकारी दिएको छ ।
त्यसो त युरोपेली संघले गत मे महिनामा समुद्रको बाटो भएर आउने रुसी तेलका सबै आयातमा प्रतिबन्ध लगाउन सहमति गरेको छ । यस नयाँ प्रतिबन्धले रुसबाट गरिने आयातलाई ९० प्रतिशत कटौती गरेर राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धक्षमतालाई भुत्ते बनाउने ईयूको विश्वास छ ।
तर यसले गर्दा मूल्यवृद्धि चर्किने अनि सामान्य युरोपेलीहरूलाई घाटा लागेको पुटिन बताउँछन् । रुसमाथिको प्रतिबन्धका कारण ईयूले प्रत्यक्ष रूपमा बेहोर्नुपर्ने घाटा वर्षको ४०० अर्ब डलर नाघ्न सक्ने र त्यसको भार ईयूका नागरिकहरूले बेहोर्नुपर्ने पुटिनको भनाइ छ ।
त्यसै पनि ईयूको प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयनमा आउन महिनौं लाग्नेछ । अनि त्यसले रुसलाई युरोपबाहेक अन्य ठाउँमा तेल बेच्नबाट रोक्दैन । युरोपले नकिनेको तेल एसियाली मुलुकहरूले किन्नेछन् । भारत र चीनले छुट मूल्यमा रुसी तेल किनिरहेकै छन् । जताबाट पनि रुसलाई खासै घाटा लाग्ने छैन ।
रुसी तेल र ग्यासको आयातलाई टुटी बन्द गरेको भरमा रोक्न नसकिने पश्चिमी विश्लेषकहरू नै स्वीकार गर्छन् । रातारात रुसी ग्यास रोकेर अर्को स्रोतबाट खरिद गर्न पनि सम्भव छैन भने ग्यास र तेलको उपभोग पूरै बन्द गरेर स्वच्छ ऊर्जा अपनाउन पनि सहज छैन । युरोपेलीहरूले रुसी तेलको विकल्पका रूपमा अन्य मुलुकको तेल आयात गर्न खोजेकाले उनीहरू आफैं नै हरित ऊर्जामा जानका लागि आतुर देखिएका छैनन् ।
कुनै पनि मुलुकसँग रुसी तेललाई पूर्ण रूपमा विस्थापित गर्न सक्ने क्षमता छैन । आफूसँग बढी भएको तेल मात्र मुलुकहरूले अरूलाई बेच्ने हुन् र त्यस्तो विशाल क्षमता भएका मुलुकको संख्या कम छ भने तेलको माग चाहिँ बढिरहेकै छ ।
युरोप मात्र नभई अमेरिकाले पनि रुसी तेल भित्र्याउने गरेको छ । अहिले रुसी तेलमा पूर्ण प्रतिबन्ध लगाएको भए पनि सन् २०२१ मा अमेरिकाले कच्चा तथा प्रशोधित गरी लगभग ६ लाख ७२ हजार ब्यारल रुसी तेल प्रतिदिन आयात गरेको द वाल स्ट्रीट जर्नलले इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसको आँकडालाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । त्यो भनेको अमेरिकाको कुल तेल आयातको ८ प्रतिशत हो ।
त्यसो त युरोप जस्तो गरी अमेरिका रुसी तेलमा पूर्णतः निर्भर छैन । उसले क्यानडा, मेक्सिको र साउदी अरबबाट अधिकांश कच्चा तेल भित्र्याउने गरेको छ । दक्षिण अमेरिका र पश्चिमी अफ्रिकाका मुलुकहरूले पनि अमेरिकालाई रुसले भन्दा बढी तेल पठाउने गरेका छन् । तर अन्य देशका कच्चा तेललाई बढी प्रशोधन गर्नुपर्ने भएकाले अमेरिकाले रुसी तेललाई मन पराउने गरेको थियो ।
अहिले अमेरिकामै पनि पेट्रोल एक ग्यालनको ५ डलरभन्दा बढी पर्न थालेको छ । यसरी इन्धनको मूल्य बढ्दा निम्न तथा मध्यम वर्गका मानिसको दैनिक जीवनयापनमा समस्या आउन थालेको छ ।
तेलको मूल्यवृद्धिका कारण चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले संघीय सरकारको स्वामित्वमा रहेको भूमिबाट तेल निकाल्नका लागि भाडामा दिने निर्णय गत अप्रिल महिनामै लिएका थिए । तेलको मूल्य घटाउनका लागि स्ट्राटेजिक पेट्रोलियम रिजर्भमा रहेका १८ करोड ब्यारल तेल निकाल्ने बाइडन प्रशासनको भनाइ छ ।
तेल निकाल्नका लागि सरकारी जमीन भाडामा दिने यस्तो कामलाई अन्त्य गर्ने भनी चुनावी वाचा गरेका बाइडनले अहिले वातावरणविरोधी निर्णय लिनुपरेको छ । तेलको मूल्य नियन्त्रणबाहिर जान थालेपछि व्यावहारिकतावाद अपनाउँदै बाइडनले युक्रेन युद्ध अन्त्यका लागि पहल गर्न सक्छन् ।
तेल बाहेक ग्यास निर्यात गरेर पनि रुसले अकूत पैसा कमाइरहेको छ । रुसले ईयूको ४० प्रतिशत ग्यास आयातमा कब्जा गरेको छ ।
युक्रेन युद्धलगत्तै ईयूले रुसमाथि प्रतिबन्ध लगाएपछि पुटिनले युरोपेली मुलुकहरूलाई रुसी मुद्रा रुबलमा ग्यास किन्न बाध्य बनाएका थिए । पोल्यान्ड, बुल्गेरिया र फिनल्यान्डले त्यसो गर्न नमान्दा रुसले उनीहरूलाई गरिरहेको आपूर्ति रोकिदिएको छ । अहिले गर्मी महिनामा ग्यास नहुँदा धेरै फरक नपरे पनि जाडो लागिसकेपछि रुसी ग्यास नहुँदा ती मुलुकहरूको स्थिति दयनीय हुनेछ ।
रुसी तेल र ग्यासको प्रवाह अविच्छिन्न रूपमा जारी रहेको अनि रुसले कीर्तिमान कमाइ गरिरहेको कुरालाई युक्रेनी अधिकारीहरूले विचार गरिरहेका छन् । उनीहरू युरोपलाई रुसी तेल र ग्यासमाथि पूर्ण प्रतिबन्ध लगाउनका लागि जोड दिइरहेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका आर्थिक सल्लाहकार ओलेग उत्सेन्कोले पुटिनको युद्धक्षमतामा योगदान गर्ने तेल र ग्यासको आयात कटौती गर्न युरोपेलीहरूलाई भनिरहेको तर यसमा ढिलाइ भइरहेको द न्युयोर्क टाइम्सलाई बताएका छन् ।
युक्रेनलाई हातहतियार तथा सैन्य सामग्री पनि पठाउने अनि रुससँग तेल र ग्यास पनि किनिरहने युरोपेलीहरूको नीति देखिन्छ ।
अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएको अनि युरोपेली मुलुकहरूले बिस्तारै रुसी तेलप्रतिको निर्भरता घटाउने नीति लिएको अवस्थामा रुसले नयाँ बजारहरूको खोजी गरिरहेको छ । सौभाग्यवश उसलाई विशाल जनसंख्या भएका दुई मुलुक चीन र भारतको बजारमा थप पहुँच प्राप्त भएको छ ।
भारतलाई प्रतिब्यारलमा ३५ प्रतिशत छुट दिएर रुसले तेल बेचिरहेको छ । त्यसका साथै भारतीय रुपैया र रुबलमा कारोबार गर्ने सुविधा पनि रुसले भारतलाई दिएको छ । तेलबाहेक कोइलामा पनि रुसले भारतलाई ३० प्रतिशत छुट दिएको छ । विगत तीन सातामा भारतले रुसबाट अघिल्लो वर्षको यसै समयको तुलनामा ६ गुणा बढी कोइला भित्र्याएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।
त्यस्तै चीनले मे महिनामा रुसबाट अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी तेल आयात गरेको छ । चीनले गर्ने कुल आयातमा रुसले साउदी अरबलाई पछि पारेको रोयटर्स लेख्छ । चिनियाँ तेल कम्पनीहरू साइनोपेक र चनह्वा आयलले सस्तो मूल्यमा पाइएको रुसी तेल व्यापक मात्रामा खरिद गरिरहेका छन् ।
चीन र भारतले यसरी रुसी तेल किनेपछि युरोपेली बजारमा बेहोर्नुपरेको घाटाभन्दा बढी नै कमाइ गर्न रुस सफल भएको छ ।
यसरी तेल, ग्यास तथा अन्य उत्पादन निर्यातको बलमा रुसले युद्धलाई लम्ब्याएर आफूअनुकूलको नतिजा ल्याउन सकेको हो । युद्ध लामो समयसम्म जान सक्ने भनी नेटो महासचिव जेन्स स्टोल्टनबर्ग र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । लम्बिएको युद्धले रुसलाई नभई बाँकी विश्वलाई नकारात्मक असर पार्ने देखिएको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...