×

NIC ASIA

टिप्पणी

निम्छरो मन्त्री पदले धूलिसात बनाएको विरोध खतिवडा र रामकुमारी झाँक्रीको क्रान्तिकारिता

असार १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

कानुन मन्त्रीबाट राजीनामा गर्ने क्रममा २०७५ साउन ८ गते शेरबहादुर तामाङ रुँदै रुँदै सिंहदरबारबाट बाहिरिएको दृश्य अझैपनि धेरैले बिर्सन सकेका छैनन् । बंगलादेशमा अध्ययनरत छात्राको सम्बन्धमा दिएको एउटा अभिव्यक्तिका कारण उनी राजीनामा गर्न बाध्य भएका थिए । 

‘नैतिकताका आधारमा दिएको’ राजीनामाको प्रसंग अहिले पनि यदाकदा संसदमा उठ्ने गर्दछ । राजीनामा गरेपनि उनीप्रति सहानुभूति थियो । फलस्वरुप पछि केपी ओलीकै क्याविनेटमा दोहरिएर मन्त्री बने । सर्वोच्च अदालतको आदेशले १३ दिनमै पद गुम्यो यो बेग्लै कुरा हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेरबहादुर तामाङ रुँदै बाहिरिएको चार वर्षपछि सिंहदरबार छाड्दै गर्दा आइतवार रामकुमारी झाँक्री त्यसैगरी रोइन् । यसपटक रामकुमारीको रुवाइमा त्यति धेरै सहानुभूति र आलोचना दुवै मिश्रित छ । सत्ता छाड्नु पर्दा रोएको भनेर व्यंग्य र कटाक्ष भइरहेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

पछिल्ला २० दिनमा सत्ता घटक नेकपा एकीकृत समाजवादीमा देखिएको घटना नेपालको संसदीय राजनीतिका लागि अनौठो थियो । झण्डै ९ महिना अघि पार्टीको सिफारिसमा सरकारमा सहभागी भएका मन्त्रीलाई नेकपा एसले जेठ २२ गते फिर्ता बोलाउने निर्णय गर्यो । ६ महिनामा मन्त्री परिवर्तन गर्ने पूर्व सहमति अनुसार नयाँलाई अवसर दिन भन्दै चार जना मन्त्रीको नाम सिफारिस भयो । 

Vianet communication

तर, पार्टी सचिवालयको निर्णयलाई मन्त्रीहरुले चुनौती दिए । पद थमौतीका लागि मन्त्रीहरु कहिले बालुवाटार त कहिले खुमलटार धाएका थिए । संसदमा बजेट पेश भएको र विनियोजन विधेयकको मन्त्रायगत छलफल बाँकी रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ २३ मा शपथ गराउन अस्वीकार गरे । 

पार्टीभित्र मन्त्री फेर्न दवाव पर्ने भएकोले नेकपा एसको निर्णय कार्यान्वयन नगराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत देउवालाई साथ दिए । आइतवार शहरी विकास मन्त्री नियुक्त भएका मेटमणि चौधरीले प्रचण्डले खेल्दा नेकपा एसका मन्त्रीले शपथ लिन नपाएको आरोप लगाएका थिए । 

धूलिसात भएको रामकुमारी र विरोध खतिवडाको क्रान्तिकारी छवि 

रामकुमारी झाँक्रीको परिचय क्रान्तिकारी युवा नेतृको थियो । एमालेको शक्तिशाली अखिलको अध्यक्ष भएर उनी राजनीतिमा परिचित भएकी थिइन् ।

२०७४ सालमा प्रत्यक्ष चुनाव लड्न चाहेकी उनी गुल्मीबाट टिकट नपाएपछि समानुपातिकबाट सांसद बनिन् । जनआन्दोलनको समयमा प्रहरीको लाठीबाट घाइते रामकुमारीलाई अहिले प्रदेश १ को मुख्यमन्त्री रहेका राजेन्द्र राईले काँधमा उचालेर अस्पताल लग्दै गरेको तस्वीर अहिले पनि चर्चामा आउँछ । 

रामकुमारीलाई पोष्टर गर्लको उपमा पनि दिइएको थियो । एमाले अध्यक्ष केपी ओलीको ‘अधिनायकवाद’बाट उन्मुक्तिको लागि भन्दै नयाँ पार्टी बनाउन निर्वाचन आयोगमा माधव नेपालको हात समाएर हिँडेको तस्विरले रामकुमारीको राजनीतिक यात्रालाई उचाइमा पुर्यायो । हिम्मत वाली भन्दै उनको प्रशंशा भयो, त्यो राप सेलाउन नपाउँदै उनी शहरी विकासजस्तो आकर्षक मन्त्री बनिन् । 

सरकारमा सहभागी भएपनि ९ महिनामा कुनै उलेख्य काम गर्न नसकेकी रामकुमारी एकपछि अर्को विवादमा फसिन् । आफ्नो क्रान्तिकारी विरासत विर्षेर उनी पिर्के सलामीमा रमाउन थालिन् । चर्को विरोध हुँदा पनि उनले पिर्के सलामी गलत थियो भनेर आत्मालोचना गर्नुको सट्टा प्रतिरक्षा र प्रतिवादमा उत्रिइन् । 

राष्ट्रपति विद्या भण्डारीलाई दिएको अभिव्यक्तिका कारण गतवर्ष उनी केही घण्टा प्रहरी हिरासतमा पुगेकी थिइन् । चौतर्फी दवावका कारण उनी हिरासतमुक्त भइन् । अभिव्यक्ति स्वतन्त्रतामा संकुचन लगाएको भन्दै उनले प्रतिनिधि सभा विघटनविरुद्ध आयोजना गरिएको सभामा मुखमा कालो टेप टाँसेर पुगेकी थिइन् । सरकार छाड्ने बेलामा उनले देखाएको रवैया र दम्भले राष्ट्रपति भण्डारीविरुद्ध दिएको उनको अभिव्यक्ती फिका बनेको छ । 
गत महिना रामकुमारीका विरोधीले बंगलादेशको एउटा भवनको तस्वीर सार्वजनिक गर्दै रामकुमारीको भन्दै अफवाह फैलाउन खोजे । यो फैल्याउने काममा एमालेका कार्यकर्तादेखि यो देशका स्थापित लेखकसम्म थिए । सरकारमा गएका र सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई विना प्रमाण भ्रष्ट करार गर्ने यो परपीडक समाज हो । त्यस बखत रामकुमारीको पक्षमा जनमत देखिएको थियो । 

जब पार्टीको निर्णय लत्याउँदै सरकारबाट नहट्ने बालहट प्रदर्शन गर्न लागिन्, रामकुमारीको क्रान्तिकारी विरासत क्षणभरमै धुलाम्मे भयो । राजनीतिक भविष्य भएको नेत्री भविष्यमा पनि मन्त्री बन्ने सम्भावना छँदै थियो । यो सरकार बढीमा ६ महिना चल्ने हो । अरु केही दिन मन्त्री बन्न नपाएको र सरकार छाड्नु पर्दा झरेको उनको आँसुप्रति सहानुभूति भन्दा विरोध धेरै देखिएको छ । 

ती विरोध यी विरोध 
२०४८ सालको प्रतिनिधि सभामा सभामुख थिए, नेपाली कांग्रेसका दमननाथ ढुंगाना । त्यही प्रतिनिधि सभामा एमालेको सांसद थिए, विरोध खतिवडा ।

संसदीय इतिहास राजनीतिको कुरा गर्दा २०४८ सालको संसदलाई मानक मानिन्छ । जसलाई जीवन्त बनाउने यी पात्र थिए । क्रान्तिकारी छविका विरोधले नियमापत्ति गर्छ भनेर थाहा पाएपछि मन्त्रीहरु सजग हुन्थे भनिन्छ । 

पञ्चायतमा पनि जनपक्षीय उम्मेदवार खतिवडा मकवानपुरमा क्रान्तिकारी छवि बनाएका छन् । पटक पटक सांसद निर्वाचित भएपनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन् । नेकपा एमाले विभाजनमा माधव नेपाललाई दह्रो साथ दिएका खतिवडाले पार्टी निर्देशन अनुसार सरकार छाड्ने बेलामा देखाएको बचपनाले उनको क्रान्तिकारी छविलाई धूलिसात बनायो । 

सरकारबाट बाहिरिएका अर्का दुई पात्र प्रेम आले र कृष्णकुमार श्रेष्ठको बारेका समाजले धेरै टिप्पणी गरेको छैन । केपी ओली सरकारमा बनमन्त्री रहेका आले २०७८ साउन ५ गते देउवाले विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर नेकपा एसमा ढल्किएका थिए । 

राजनीतिक सिद्धान्त भन्दापनि सत्ताका लागि उनले जतिबेला पनि रंग बदल्न सक्छन् । चुनावको बेलासम्म उनी नेकपा एमाले या कांग्रेसमा गए भने आश्चर्य मान्नु पर्दैन । जसपा सांसद सुरेन्द्र यादव अपहरणको बात लागेका तनहुँका किसान श्रेष्ठ पनि मन्त्री बन्नकै लागि माधव नेपालकोमा आएका थिए । 

चार मन्त्री फिर्ता प्रकरणले नेकपा एसभित्र हलचल मात्र  ल्याइदिएन, मन्त्री छाड्न चारजनाले गरेको तिकडमले अर्को संसदीय विकृतिको उजागर गरेको छ ।

नेताहरु मन्त्री बन्न किन मरिहत्ते गर्छन् र मन्त्री बनेकाहरू पद छाड्नु पर्दा किन प्राण त्यागेजस्तो गर्छन् भन्ने अहम प्रश्न र बहस आइतवार घर फर्केकाहरूले उजागर गरिदिएका छन् ।

पदलोलुपताको नयाँ उदाहरण दिएर उनीहरु बिदा भएका छन् । 
ज्यान गए मन्त्री त्याग्दैनौँ भनेकाहरू घर फर्केका छन र नयाँ चार जनाले झण्डा हल्लाउने अवसर पाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

बालेनलाई जवाफ दिन एमालेको ढिलाइ किन ?

जेठ २२, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्युरोड फूटपाथ फराकिलो बनाउने विवादले एकाएक संघीयता कार्यान्वयनको बहस सिर्जना गरेको छ । काठमाडौं महानगरपालिकाले भत्काएको फूटपाथ सडक विभागले टाल्न थालेपछि सोमबा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

x