×

NIC ASIA

कांग्रेसनिकट पत्रकारहरूलाई चुनावको रन्को, को–को उठ्दैछन् युनियनमा ?

असार २०, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनमा आवद्ध पत्रकारहरूलाई चुनावको रन्कोले छोएको छ । आठ वर्षपछि हुन लागेको युनियनको नवौँ महाधिवेशनमा नेतृत्व हत्याउन कांग्रेसनिकट पत्रकारहरू चुनावी दौडमा होमिएका छन् । 

आगामी साउन ६ र ७ गते हेटौंडामा हुन लागेको महाधिवेशनमा उम्मेदवार बन्ने घोषणा गरेका धेरैजसो पत्रकारहरू पार्टी नेतृत्व र अन्य पत्रकारहरूसँग भेटघाटमा व्यस्त बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो महाधिवेशनमा अनिता विन्दु, सरोज अधिकारी, शिव लम्साल, दीपक आचार्य, उमिद बागचन्दलगायतले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसमध्ये विन्दु र अधिकारीले कांग्रेस संस्थापन पक्षबाट उम्मेदवार बन्ने लबिङ थालेका छन् भने आचार्य र लम्साल नेता शेखर कोइराला पक्षबाट उम्मेदवार बन्ने प्रयासमा छन् । 


Advertisment
Rupse Holidays
Nabil box

वरिष्ठ उपाध्यक्ष पदमा निरज खतिवडा, लिलाराज खनाल, जगत साउदलगायतले उम्मेदवारी घोषणा गरेका छन् । त्यसमध्ये साउद संस्थापन पक्षबाट र बाँकी दुईजना कोइराला खेमाबाट उम्मेदवार बन्ने प्रयासमा छन् । 

Vianet communication

त्यस्तै, सातवटै प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । तर, युनियनको विधानको टुंगो नलागेकाले प्रदेश उपाध्यक्ष वा सिधैं उपाध्यक्ष पद राख्ने भन्नेमा छलफल जारी रहेको युनियनका एक नेताले बताए । ‘विधानको टुंगो लागेपछि प्रदेशबाट पनि भटाभट उम्मेदवारी घोषणा हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने । 

अध्यक्ष पछिको शक्तिशाली पद महासचिवमा उम्मेदवारी घोषणा गर्नेको संख्या पनि धेरै छ । हालसम्म नकुल अर्याल, खिला कार्की, दीलिप पौडेल, रमेश वाग्ले, केशव साउद, शिवराज योगी, भीष्मराज ओझालगायतले उम्मेदवारी घोषणा गरेका छन् । त्यसमध्ये  केशव साउद, भीष्म ओझा र शिवराज योगीमध्ये एकजना कांग्रेस संस्थापन पक्षको उम्मेदवार हुने संभावना रहेको छ । बाँकीले संस्थापन इतर पक्षबाट महासचिवको उम्मेदवार बन्ने प्रयत्न गरिरहेको बताइएको छ । 

त्यस्तै, उपमहासचिवमा हालसम्म भुवन शर्मा र युवराज गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसमध्ये शर्मा संस्थापन पक्ष र गौतम कोइराला पक्षको उम्मेदवार बन्ने संभावना रहेको छ । 

सचिव पदका लागि खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, राधा खनाल, माधव अर्याल, विजय रेग्मी, केशव बस्नेतलगायतले हालसम्म उम्मेदवारी घोषणा गरेका छन् । भण्डारी, ढुंगाना, खनाल र अर्याल संस्थापन पक्ष तथा रेग्मी र बस्नेत संस्थापनइतर पक्षबाट उम्मेदवार बन्ने चर्चा छ । 

कोषाध्यक्ष पदमा पदमराज जोशी, माधव धिताललगायतले उम्मेदवारी दिने चर्चा छ । 

हालसम्म विधानको टुंगो नलागेकाले कुन-कुन पद र कति संख्यामा रहन्छ भन्ने अन्योल रहेकाले अझै धेरैले उम्मेदवारी घोषणा नगरेको बताइएको छ । मुख्यत: उपाध्यक्ष र सचिव पदको विभाजन कसरी र कति संख्यामा हुने भन्ने टुंगो लागिनसकेकाले उम्मेदवारी घोषणामा पनि अन्योल देखिएको सचिव पदका आकांक्षी खगेन्द्र भण्डारीले बताए । 

युनियनको आठौँ महाधिवेशन २०७१ भदौमा भएको थियो । विधानअनुसार युनियनको कार्यकाल तीन वर्षको हुने भनिए पनि लामो समयदेखि महाधिवेशन हुन सकेको थिएन । २०७४ मै हुनुपर्ने नवाैँ महाधिवेशन समयावधि सकिएको पाँच वर्षपछि हुन लागेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x