×

NMB BANK
NIC ASIA

डोटीका २५० उम्मेदवारले मात्रै बुुझाए स्थानीय चुनावको खर्च विवरण

असार २२, २०७९

NTC
Premier Steels

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका डोटीका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् ।

Muktinath Bank

उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोग ऐन २०७३ परिच्छेद–५ को दफा २५ मा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल र भरपाईसहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्च विवरण बुुझाउनुुपर्ने कानूनी व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ३४३ पदका लागि १ हजार ५० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये हालसम्म जम्मा २५ प्रतिशतले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुुझाएका छन् ।

Vianet communication

जिल्लामा ९ वटा स्थानीय तहसहित जम्मा ६५ वडा रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट १ हजार ५० उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गराएका थिए । तीमध्ये हालसम्म करीब २५० जनाले मात्रै निर्वाचन खर्च विवरण बुुझाउनु भएको सूचना अधिकारी मलासीले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार ९ स्थानीय तहमध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनै पनि उम्मेदवारले निर्वाचन खर्चको विवरण बुुझाएका छैनन् । अन्य स्थानीय तहका उम्मेदवारमध्ये पनि अधिकांश उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सबै उम्मेदवारलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्वाचन आयोगमा पठाइने तयारी भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पाण्डेयले बताए ।

निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति प्रकाशित गरी सबै जिल्ला निर्वाचन कार्यालयलाई उम्मेदवारले खर्च विवरण बुुझाए नबुुझाएको यकिन गरी आवश्यक कारबाहीका लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x