×

NMB BANK
NIC ASIA

३६ एसपीका लागि ६३ डीएसपीको दौडधूप, आईजीपीले थेग्न सक्लान् राजीतिक दबाब ?

असार २६, २०७९

NTC
Premier Steels

३६ प्रहरी उपरीक्षक (एसपी) पदका लागि ६३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरू बढुवाको दौडधूपमा लागेका छन् ।

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले शनिवार ३२ एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गरेसँगै एसपीको ३६ पद रिक्त भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७० साल भदौ ६ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका सीताराम रिजाल, भीमकिरण बोगटी, देवेन्द्रबहादुर पाल, सुमनकुमार तिमिल्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, नरहरि रेग्मी, नेत्रमणि गिरी, हेरम्ब शर्मा र विनोद शर्मा बढुवाको दौडमा छन् । ३२ किलो सुन काण्डमा आरोप लागेर सर्वोच्चबाट सफाइ पाएका सञ्जयबहादुर राउत र  निर्मला हत्या प्रक‌रणमा जाेडेर पछि पारिएका अंगुर जिसी बढुवाको दौडमा देखिएका छन् ।  


Advertisment
Nabil box
Kumari

यस्तै २०७१ मंसिर १८ गते बढुवा भएका डीएसपीहरू भाग्येन्द्र पुरुष ढकाल, रामबहादुर केसी, वदेश विष्ट क्षेत्री, राजेश थापा, मित्रबन्धु शर्मा, रञ्जितसिंह राठौर, रामप्रसाद घर्तीमगर, नरेन्द्रकुमार कार्की, खड्कबहादुर खत्री, चिरञ्जीवि कोइराला, माधवप्रसाद बुढाथोकी (राष्ट्रिय अनुसन्धानबाट आएका), विश्वराज खड्का (रा.अ.बाट आएका) बाल नरसिंह राणा, हरिहरनाथ योगी, अपिलराज बोहोरा, गौतमकुमार के.सी., टेकुनन्द इवा लिम्बू, नरेशराज सुवेदी, वसुन्धरा खड्का, विपिन रेग्मी, रविन्द्रबहादुर सिंह पनि बढुवाका लागि रेसमा छन् ।

Vianet communication

यसैगरी अनुपम श्रेष्ठ, चित्रबहादुर गुरुङ, मोहनकुमार थापा, नवरत्न पौडेल, गौतम मिश्र, सुधिरराज शाही, काजीकुमार आचार्य, गोविन्द पुरी, नवराज कार्की, योगेन्द्रकुमार खड्का, दुर्गाराज रेग्मी, बासुदेव पाठक, नविनकिशोर प्रधान, रुपेश खड्का, मिलन केसी, गजुसिद्धि बज्राचार्य, कोमल शाह, भावेष रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमोरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिग्राम शर्मा र कुमोद ढुंगेल बढुवाको दौडमा देखिएका छन् । 

त्यसै २०६१ सालमा सँगै इन्स्पेक्टरमा भर्ना भएका तर २०७२ साउन ८ गते बढुवा भएका केही डीएसपीहरू आफूहरूलाई अघिल्लो बढुवामा अन्याय भएको भन्दै बढुवाका लागि लबिङमा छन् । जसमा डीएसपीहरू कुलदीप चन्द, सुमित खड्का, अनिलकुमार खड्का, ठाकुरप्रसाद पोखरेल, निरञ्जन दत्त भट्ट, ढकेन्द्र खतिवडा र प्रदीप बहादुर क्षेत्री रहेका छन् ।

तर २०७० भदौमा बढुवा भएका १० जना र २०७१ मंसिरमा बढुवा भएको टोलीबाट बढुवा हुने सम्भावना देखिन्छ । त्यति हुँदा पनि २०७१ मा बढुवा भएका अधिकांश डीएसपीहरू छुट्ने देखिएको छ भने २०७२ साउनमा बढुवा भएका ६ जना मध्येबाट १ जना बढुवाको सूचीमा पर्ने देखिन्छ ।

आईजीपीले गर्लान् राजनीतिक हस्तक्षेपविना बढुवा ?

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले राजनीतिक हस्तक्षेपविना बढुवा गर्न सक्लान् ? भन्ने प्रश्न उब्जिएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा तुलनात्मकरूपमा सन्तोषजनक भएपनि तल रहेका केही एसपीलाई माथि ल्याइएको थियो ।

यस्तै एसपीबाट एसएसपी बढुवा गर्दा केही प्रहरी अधिकारीहरूको तलमाथि भएता पनि समग्रमा राम्रो बढुवा सिफारिश भएको प्रहरीकै अधिकारीहरू बताउँछन् ।

बढुवा सिफारिसको अन्तिम दिन शुक्रवार राति अबेरसम्म तल्लो टोलीका ५ जनाले आफूहरूलाई अगाडि ल्याउनुपर्ने भन्दै राजनीतिक शक्तिबाट प्रहरी प्रधान कार्यालयलाई दबाब दिएका थिए । तर आईजीपीले त्यसलाई सामना गरेर शनिवार बढुवा सिफारिश गरेका छन् । 

‘माथिबाट केही तल्लो टोलीका एसपीहरूको नाम आएको थियो त्यसले गर्दा शुक्रवार अबेरसम्म बढुवा हुन पाएको थिएन, तर त्यसलाई पन्छाएर बढुवा सिफारिश भएको छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले लोकान्तरसँग भने ।

शुक्रवार बेलुका ९ बजेसम्म पनि नाम टुङ्गो नलागेपछि प्रहरी प्रधान कार्यालयले शनिवार एसएसपी बढुवा सिफारिश गरेको थियो । 

अब हुने एसपी बढुवा पनि न्यायोचित ढंगले गर्न आईजीपीमाथि दबाब छ । तर अगाडिका बढुवाभन्दा एसपी बढुवा पेचिलो देखिएको छ । 

सिनियारिटीको ४८ औं नम्बरमा परेका प्रधानमन्त्रीका बडीगार्ड कोमल शाहले प्रहरी प्रधान कार्यालय दबाब दिएको आरोप लाग्दै आएको छ । जबकि एसपीमा बढुवा हुने कोटा जम्मा ३६ वटा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x