×

NIC ASIA

प्रचण्डको भारत भ्रमण

३ दिने भ्रमणका लागि प्रचण्ड आज भारत जाँदै, उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने

असार ३१, २०७९

Prabhu Bank
NTC
फाइल तस्वीर
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शुक्रवार) भारत भ्रमणमा जाँदैछन् । 

Muktinath Bank

उनी ३ दिने भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्ल जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मल्लका अनुसार प्रचण्ड आज दिउँसो १ बजे दिल्ली प्रस्थान गर्नेछन् । 


Advertisment
Rupse Holidays
Nabil box
Kumari

करीब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट भ्रमणको निम्तो दिएको मल्लले जानकारी दिए। 

Vianet communication

त्यतिबेला प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएका थिए ।

अहिले सोही अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले भारत भ्रमणको औपचारिक निम्तो दिएको लागेको प्रचण्डका स्वकीय सचिव मल्लको  भनाइ छ । 

भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । 

अध्यक्ष प्रचण्ड साउन १ गते आइतवार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गत चैत्र १८ देखि २० सम्म गरेको भारत भ्रमणको शिलशिलामा भाजपा मुख्यालयको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा पनि अहिले भारतमै छिन् ।

गठबन्धन सरकारले प्रतिनिधिसभा चुनावको मिति घोषणा गर्ने तयारी गर्दैगर्दा हुन लागेको प्रचण्डको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x