×

NIC ASIA

मेयर खाँणले फर्जी माइन्यूट खडा गरी तिलोत्तमाको नगरसभा स्थगित गरेको एमालेको आरोप

असार ३२, २०७९

Prabhu Bank
NTC
Premier Steels

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फर्जी माइन्यूट तयार गरी गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित भएको छ । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।

Muktinath Bank

पटक–पटक सर्दै आएको नगरसभा शुक्रवारका लागि बोलाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा नगर प्रमुख रामकृष्ण खाँणले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए तर एमालेबाट निर्वाचित नगरसभा सदस्यले बजेटका साथै न्यायिक समिति लगायत ४ वटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगर प्रमुखले अस्वीकार गरेका थिए ।


Advertisment
Nabil box
Kumari

नगरसभा बैठकको माइन्यूटमा ८८ जनाको हस्ताक्षर भएकोमा नगर प्रमुख खाँणले नगर सभाको हल बाहिर छुट्टै फर्जी माइन्यूट खडा गरी ४१ जनाको हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीको आरोप छ ।

Vianet communication

‘नगर सभाले गठन गर्नुपर्ने विषयगत समितिहरूलाई बेवास्ता गर्ने गरी वैधानिक व्यवस्था विपरीत अघि बढ्न खोज्दा सिंगो नगरपालिकाको काममा असर पर्न सक्छ,’ उनले भनिन् ।

असार १० गते उपप्रमुख चौधरीले नगर सभामा बजेट प्रस्तुत गरेपछि त्यसका लागि छलफल तथा पारित गर्न असार २१ गते नगर सभाको बैठक आह्वान गरिएको थियो तर बैठक सूचना टाँसेर असार २६ गतेका लागि सारिएको थियो । 

त्यो दिनको बैठक पनि स्थगित गरी शुक्रवारका लागि सारिएको थियो । यसअघि असार २८ गतेको कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी ४ वटा विषयगत समिति नगर सभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भएकाले बजेट पारित गर्ने दिन यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए ।

नगर सभामा ८८ जनाको हस्ताक्षर हुँदाहुँदै नक्कली माइन्युट खडा गरेर नगरसभा स्थगित गर्नु दुर्भाग्यपूर्ण रहेको नगर कार्यपालिकाका सदस्य सुरेन्द्र श्रीले बताए । ‘९१ सदस्यीय नगर सभामा ८८ जनाको हस्ताक्षर छ तर नगर प्रमुखले विषयगत समिति गठन नगर्ने मनसायका साथ नक्कली माइन्यूट खडा गरेर नगरसभा नै स्थगित गर्नु निकै चिन्ताजनक र दुर्भाग्यपूर्ण कुरा हो, यसमा हाम्रो गम्भीर असहमति छ,’ उनले भने ।

यसबारे बुझ्न मेयर खाँणसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x