×

NIC ASIA

नेपाली बाँसुरीको धुनमा रमाउँदै स्पेनीहरू

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

स्पेन, १२ साउन — नेपाली राष्ट्रिय लोकबाजा बाँसुरी बजाउनमा प्रवीणता हासिल गरेका विनोद कटुवालको बाँसुरीको धुनमा बार्सिलोनावासीहरू रमाउने भएका छन् । ।

Muktinath Bank


जुलाई ३० अर्थात् आउँदो आइतवार विश्व कलाकार संघ स्पेनको आयोजनामा हुन लागेको सांस्कृतिक कार्यक्रममा कटुवालले बाँसुरीको धुनबाट श्रोतालाई झुमाउँदैछन् ।

बाँसुरीवादक विनोद कटुवालको एकल साँझ कार्यक्रममा चारओटा स्पेनी ब्यान्ड तथा नेपाली स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने विश्व कलाकार संघ स्पेनले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कीर्तिपुर नगरपालिका–१३, चोभारमा जन्मिएका बाँसुरीवादक विनोद कटुवाल युरोपेली संगीतमा नेपाली बाँसुरीको धुन मिसाउन माहिर छन् ।


Advertisment
Nabil box
Kumari

स्कूले जीवनमै मादल बजाउन खप्पिस रहेका कटुवाल विद्यालयका गुरु रमन महर्जनको बाँसुरी बजाउने शैलीले प्रेरित भएको र उनीबाट सिकेर नै १४ वर्षे उमेरमा चोभार स्कूलबाट बाँसुरी बजाउने गरेको बताउँछन् ।

Vianet communication

स्कूलमा रमन महर्जनको प्रेरणा र सहयोगले ललितपुरको इन्दिरा संगीत विद्यालयबाट शास्त्रीय संगीतमा कटवाल पोख्त भएका हुन् ।


कटुवालले लोकान्तरसँग कुरा गर्दै भने, ‘अन्तर्राष्ट्रिय संगीतमा बाँसुरीलाई स्थान दिने क्रममा अफ्रिकी र दक्षिण अमेरिकी संगीतमा बाँसुरीको धुन मिसाउने गरेको छु ।’

बार्सिलोनाको शिशिलियामा कटुवालको प्रस्तुति हुने भएको छ ।

कटुवाल भन्छन्, ‘संगीतमा रमाउनुको मज्जा छुट्टै छ तर पनि अन्तर्राष्ट्रिय संगीतमा हाम्रो नेपाली लोकबाजा बाँसुरीको धुन मिसाएर बजाउँदा झनै आनन्दको अनुभव र आत्मसन्तुष्टि पाउँछु ।’

उनले अफ्रिकी बाजाहरूसँग बाँसुरीको धुन मिसाएर तयार पारेको ‘बाँसुरी’ एल्बम बजारमा निकै लोकप्रिय छ ।

अफ्रिकी संगीतमा बाँसुरीको धुनलाई भरेर ‘रासाकन’ एल्बम बनाउन सफल भएका कटुवालसँगै रासाकन समूहले कटुवालकै बाँसुरीको धुनमा कार्यक्रम गर्दै आएको छ ।

दक्षिण अमेरिकी राष्ट्रहरू चिली र भेनेजुएलाका संगीतमा कटुवालको बाँसुरीको धुनले व्यापक स्थान पाएकोमा उनी मख्ख छन् ।


लोकान्तरसँगको कुराकानीमा कटुवाल भन्छन्, ‘युरोपको इतिहासमा पहिलोपटक मैले बजाएको बाँसुरीको धुनले अन्तर्राष्ट्रिय म्युजिक ब्यान्डमा स्थान पाएको रेकर्ड छ । त्यसैमा म गर्व गर्छु ।’

‘आइतवार हुने एकल साँझमा स्पेनवासी नेपालीहरूलाई विशेष आग्रहसहित आमन्त्रण गर्दछु,’ कटुवाल भन्छन् ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरू सुमी घिमिरे सापकोटा, अजय लोप्चन, नरेश कार्की र पेम्बा छोटी गोले शेर्पाले कटुवाललाई साथ दिने भएका छन् ।


कार्यक्रममा स्पेनी तथा नेपालीहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश शुल्क १० युरो लाग्नेछ सीडी वितरण गरिने पनि आयोजकले बताएको छ ।


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस ५, २०७५

काठमाडौं — सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x