×

NMB BANK
NIC ASIA

जब झलनाथले विष्णु पौडेललाई भने– सँगै हुने वातावरण बनेन क्यारे ...

भदौ ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष विष्णु पौडेलबीच जम्काभेट भएको छ ।

Muktinath Bank

पार्टी कामले रुपन्देही आइपुगेका खनाल र चुनावी तयारीका लागि रुपन्देहीमै रहेका एमाले उपाध्यक्ष पौडेलबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आइतवार भेटघाट र केहीबेर कुराकानी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जम्काभेटपछि खनाल र पौडेलले विमानस्थलको विशिष्ट कक्षमा केहीबेर भलाकुसारी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

त्यसक्रममा खनालले 'नजिक हुने वातावरण बनेन क्यारे' भन्ने प्रतिक्रिया जनाएका थिए । 

Vianet communication
Laxmi Bank

पौडेलले 'नजिक हुने वातावरण बनाउँछु' भन्ने जवाफ दिएको समाजवादी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष विनोद परियारले लोकान्तरलाई जानकारी दिए ।

भेटमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बालकृष्ण चापागाईं र एमाले रुपन्देहीका नेता गोपाल राना पनि सहभागी थिए ।

 

खनाल एमालेका पूर्व अध्यक्ष समेत हुन् । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि खनाल र पौडेलको बाटो अलग भएको थियो । 

केही समय अघिसम्म खनाल एमालेसँग सहकार्य गरेर जानुपर्ने लाइनमा थिए । तर, एमाले अध्यक्ष ओलीले खास चासो नदेखाएको भन्दै खनाल अहिले गठबन्धनकै निरन्तरताको पक्षमा लागेका छन् ।

आइतवार पनि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले सत्ता गठबन्धनबाटै आफू उम्मेदवार हुन लागेको बताए ।

अन्तिमपटकका लागि उम्मेदवार बन्न लागेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x