×

NMB BANK
NIC ASIA

संरक्षण अभावमा अर्बौंका रेल इन्जिन पत्रु हुँदै [फोटो फिचर]

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, १६ साउन – राज्यले ध्यान नपुर्याउँदा बहुमुल्य सम्पतिको रुपमा रहेका सम्पति कवाडमा रुपान्तरण भइरहेका छन् । नेपाल रेल्वेको न्यारोगेजका बहुमुल्य कोइला इन्जिनहरु उचित संरक्षणको अभावमा कवाडमा परिणत भइरहेका छन् ।

नेपाल रेल्वे कम्पनीले ती इन्जिनहरु साथै नेपाल रेल्वेका महत्वपुर्ण सम्पतिहरुलाई सुरक्षा गर्नका निम्ति १६ जना कर्मचारीहरु खटाएपनि कर्मचारीहरुको अत्तोपत्तो नभएपछि अर्बौंका सम्पत्ति कवाडमा परिणत भइरहेका छन् ।

संरक्षणका निम्ति खटाइएका कर्मचारीहरुले लापरवाही गरिरहेकै कारण ती इन्जिनहरुमा पानी र घामले खिया लाग्दै विस्तारै कबाडीमा जाने अवस्थामा पुगेको छ । कर्मचारीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि धनुषाको खजुरीमा रहेको नेपाल रेल्वेको कारखानामा रहेका अन्य सामग्रीहरु चोरी हुन समेत थालेका छन् ।

जनकपुरबाट करिब १५ किलोमिटरको दुरीमा रहेको खजुरी स्टेशनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनहरुलाई संरक्षण गरिनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।

त्यही कारखानालाई एउटा संग्रहालयको रुपमा निर्माण गरी ती सम्पत्तिहरुको संरक्षण गर्न सके त्यसबाट पर्यटकीय फाइदा समेत लिन सकिन्छ । संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी धनीकलाल दास बताउँछन् । उनी भन्छन् ‘खजुरी स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्रयाउन सकिन्छ र यो एउटा पर्यटन प्रवद्र्धनको लागि विश्वकै मानिसहरुको चाखलाग्दो विषय समेत बन्न सक्छ ।’

सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायत स्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यति बेला एउटा कोइला इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए । तर, स्थानीयवासीहरुले कोइला इन्जिन दिन तयार भएका थिएनन् ।

आफ्नो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुने खजूरी वडा नं. ४ का स्थानीय रामनारायण साहले बताए ।

त्यसबेला तत्कालिन सरकारले आफै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् ।








Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x