×

NIC ASIA

सहकारी बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

भदौ १७, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गामा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यापार गर्दै आएका छन् ।  

बोर्डद्वारा शुक्रवार गरेको पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले उक्त जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने योजना रहेको जानकारी दिए । उनले केन्द्रीय बस टर्मिनल (भरतपुर बसपार्क) सँगैको जमिन अतिक्रमणमा परेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त जमिनमा व्यापारिक प्रयोजनका लागि बाँसका टहरा निर्माण गरी अतिक्रमण गरिएको हो । बसपार्कभन्दा उत्तरतर्फ रहेको दुई बिघा नौ कट्ठा ११ धुर जमिन अतिक्रमणमा परेको सहअध्यक्ष दवाडीले बताए । 


Advertisment
Rupse Holidays
Nabil box

बोर्डले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा खाली गरिदिन पत्राचार गरेको भए पनि कुनै पहल नभएको उनले गुनासो गरे । उनले भने, ‘हामीले महानगर र प्रशासनलाई आग्रह ग¥यौँ, कुनै पहल भएन ।’ विगत एक महिनादेखि यहाँका संघ संस्थामार्फत फुटपाथका व्यापारीलाई अनधिकृत रुपमा खाली जग्गामा बसाउँदै आएकोमा बोर्डको ध्यानाकर्षण भएको उनले बताए । उनले भरतपुर–९ को कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई उक्त खाली गरिदिन अनुरोध गरे । 

Vianet communication

सहअध्यक्ष दवाडीले बोर्डले कुनै पनि संघसंस्था, व्यापारीसँग लिखितरूपमा कुनै प्रकारको भाडामा लिने दिनेसम्बन्धी करार सम्झौतासमेत नगरेको जानकारी गराए । बोर्डको ७ बिघा ९ कट्ठा ११ धुर जग्गामध्ये ३ बिघा जग्गा ३० वर्षअघि नै महानगरपालिकालाई बिक्री गरेको थियो । बाँकी जग्गामध्ये पनि २ बिघा महानगरलाई बसपार्क निर्माणका लागि दिएको छ । बाँकी जमिनमा कृषि बजार भवन निर्माण गर्ने योजना बोर्डले अघि सारेको छ ।

भवन निर्माणका लागि विस्तृत बजार सम्भाव्यता अध्ययन, माटो परीक्षण, व्यावसायिक योजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), बजार भवन सञ्चालन मोडालिटीलगायत परामर्शसम्बन्धी कार्य सम्पन्न भइसकेका छन् । यसैगरी नक्सापासका लागि बजेट निकासा भइसकेको छ भने ईआईए प्रतिवेदन स्वीकृत भइसकेको बोर्डका उपनिर्देशक अनिल पौडेलले जानकारी दिए । 

यसअघि नै भवन निर्माणका लागि सरकारले रु २ अर्ब ५२ करोड ७७ लाख ५३ हजार १५३ बजेट सुनिश्चितता गरिसकेको भए पनि समयमा ठेक्का हुन नसक्दा बजेट फिर्ता भएको छ । पुनः बजेट सुनिश्चितता गरी भवन निर्माणको काम छिट्टै अघि बढाइने सहअध्यक्ष दवाडीले बताए । 

राष्ट्रिय सहकारी विकास बोर्ड भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको स्वायत्त निकाय हो । बोर्डका अध्यक्षमा विभागीयमन्त्री रहने व्यवस्था रहेको छ । यहाँको जमिनलाई सहकारीका सदस्यको हितमा हुने गरी काम गर्ने तयारीमा बोर्ड रहेको छ । 

दवाडीका अनुसार नेपालमा ९१ लाख मानिस सहकारीका सदस्य रहेका छन् । २० प्रकारका केन्द्रीय सहकारी र त्योबाहेकका अन्य ३१ हजारभन्दा बढी सहकारीमा ९१ हजार कर्मचारी कार्यरत रहेका छन् । ती सहकारीको जगेडा कोष मात्र रु ७ खर्ब रहेको जनाइएको छ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x