बैशाख ६, २०८१
नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरूलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् । शनिवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडबाडलक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै उनले स्थानीय तहहरूलाई प्रभावकारी रूपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् ।
उनले दशैं, तिहार, छठलगायतका चाडपर्वहरू आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रूपमा मूल्यवृद्धि हुने भएकाले तीनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । मन्त्री बडूले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने स्पष्ट पारे ।
उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भए पनि ति तहहरूबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन पनि दिए ।
‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पत्ति धेरै बढेको छ । भौतिक सम्पत्ति धेरै बढेको छ, तर त्यसको क्यास सम्पत्तिमा तपाईंहरू रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिनसक्ने योजना तयार गर्नुस् । सही अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पत्तिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठूलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ’, उनले भने, ‘यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ । गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुपर्यो । बजारको अनुगमन बढाउनुपर्छ ।’
मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्री वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरूमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।
नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...
नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...
३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । बिहीवार आयोजित कार्यक्रममा कजरिया...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ । महिन्द्राले छोटो सम...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...