×

NMB BANK
NIC ASIA

सडक बजार

फूटपाथ व्यापारीको दुःख : न घर छ, न माइती ! सडकमा नबसेर कता जानु ? [भिडियो]

असोज १७, २०७९

NTC
Premier Steels

७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो गर्छिन् ।

Muktinath Bank

उनको दिनचर्या यत्ति हो । उनको यो संसारमा कोही पनि छैनन् । अनि उनीसँग सम्पत्तिको नाममा १ रुपैयाँ पनि छैन । फूटपाथमा दैनिक डालो राखेर मास्क, हेडफोन बेचेरै जसोतसो जीवन गुजारा चलाउँछिन् उनी । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफू बुवाआमाकी एक्ली छोरी रहेकी उनले कुराकानीका क्रममा बताइन् तर छोरा नभएकाले बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिएको उनले बताइन् । ‘छोरी भएर जन्मिनु हेला रहेछ बाबु,’ उनले दुःखी हुँदै भनिन्, ‘बुवाआमाले सबै सम्पत्ति माइला बुवाको छोरालाई दिनुभयो तर अहिले उनीहरूले मलाई वास्ता नै गर्दैनन्, सडकमा जीवन बिताउन बाध्य छु ।’


Advertisment
Nabil box
Kumari

Vianet communication

उनले भनिन्, ‘यता बिहे गरेपछि आएको घरमा पनि श्रीमान्को सबै सम्पत्ति सासुससुराले श्रीमान् सानै छँदा सिध्याइसकेका रहेछन् ।’ सो कुरा बिहेपछि मात्र आफूले थाहा पाएको उनले बताइन् । अनि जसोतसो बुढाबुढी मिलेर फूटपाथमा तरकारी बेच्ने गरेको उनले बताइन् ।
 
उनले दुःखी हुँदै भनिन्, ‘२०७१ सालमा श्रीमान् पनि बित्नुभयो अनि मैले यो फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्न थालेकी हुँ । कुनै बाटो नभेटेपछि सडकमा बेच्न बाध्य भएकी हुँ तर अहिले २–४ महिनादेखि नगरपालिकाले साह्रै दुःख दिइरहेको छ ।’

न्युरोडमै नाङ्लोमा व्यापार गरिरहेकी माया खत्रीको कथा भने बेग्लै छ । १५ वर्षको उमेरमा खोटाङबाट काठमाडौं आएर जिरीको केटासँग आफुले प्रेम गरेर विवाह गरेको उनले बताइन् तर २ वटा छोरी भएको हुनाले उनले छाडेर गएको बताइन् ।

‘कान्छी छोरी जन्मेपछि मेरो श्रीमान्ले त्यो छोरीलाई मार्न खोजेका थिए,’ उनले भनिन्, ‘तर मैले झिकेर छोरीलाई बचाएँ ।’ सामान बेचेर घर फर्कंदा छोरीलाई बोरामा प्याक गरेर राखेको उनले बताइन् ।

त्यसदिनबाट घर छाडेर हिँडेका श्रीमान् आजसम्म घर नफर्केका उनले बताइन् । उल्टो श्रीमान् विदेश जाँदा लिएको ऋण अहिलेसम्म तिर्न बाँकी रहेको उनले बताइन् । ‘अनि सडकमा व्यापार नगरे कता जानु ?’ उनले भनिन्, ‘झन् नयाँ मेयर पाएर गरीब दुःखीका लागि केही होला भनेको झन् दुःख पाइयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

मंसिर ७, २०८०

'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x