×

NMB BANK
NIC ASIA

चुनावी दशैं

शीर्ष नेतृत्वलाई चुनावी चटारो : दशैंभन्दा उम्मेदवार चयनमा बढी ध्यान

असोज १८, २०७९

NTC
Premier Steels

दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् ।

Muktinath Bank

सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र शहरबाट गाउँ फर्किनेको घुइँचो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पारिवारिक पुनर्मिनलको विशेष महत्त्व राख्ने दशैं मनाउन नेपालीहरू सकेसम्म मूल थलोमै जुट्ने गर्छन् । वर्षौंदेखि भेट नभएकाहरू पनि भेट्ने र बातचित गर्ने अवसर दशैं नै हो । 


Advertisment
Nabil box
Kumari

तर, यसपालि राजनीतिक नेतृत्वका लागि भने दशैंभन्दा ठूलो पर्वकोरूपमा चुनाव लागेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको चटारोले राजनीतिक नेतृत्वलाई लपेटेको छ ।

Vianet communication

अझ, निर्वाचन आयोगले दशैँ नसकिँदै उम्मेदवारी दर्ताको दिन तोकिदिएका कारण दशैं मनाउनमा भन्दा बढी उम्मेदवार चयनमा राजनीतिक नेतृत्व व्यस्त हुनुपर्ने भएको छ । चुनावमा उम्मेदवार बन्न चाहने नेताका लागि दशैं रौनक कम, चुनावी चिन्ता बढी छ । निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको कार्यक्रम राखेको छ । त्यसो हुँदा मुख्य दशैंमा राजनीतिक नेतृत्वलाई भने चुनावी रस्साकस्सीमै बढी व्यस्त हुनुपर्ने अवस्था आइपरेको छ । 

कतिपय राजनीतिक दलमा टिकट कन्फर्म जस्तै भएका नेताहरूले भने दशैंलाई चुनावी प्रचारको माहोलकोरूपमा पनि उपयोग गरिरहेका छन् । निर्वाचन क्षेत्रबाट उम्मेदवारकोरूपमा एकल सिफारिश भएका नेताहरू भने दशैँलाई चुनावी प्रचारकोरूपमा उपयोग गरिरहेका छन् । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवासमै दशैं मनाइरहेका छन् । उनी यो दशैंमा आगामी चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवार छनौटमा बढी व्यस्त छन् ।

‘यसपालिको दशैँ चुनावमय छ । दशैं मनाउँदै उम्मेदवार चयनको काममा पनि लाग्नुपर्ने छ । अतिव्यस्तताको बीच प्रधानमन्त्रीज्यूले दशैं मनाउनुहुनेछ’, प्रधानमन्त्रीको सचिवालयका सदस्यले भने । 

यसै वर्ष प्रधानमन्त्रीका भाइको निधन भएको हुँदा दशैँको टीकाको कार्यक्रम नहुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि भक्तपुर बालकोटस्थित निवासमै दशैं मनाउने तयारीमा छन् । उनलाई पनि दशैंमा चुनावी चटारो छ । नेकपा एमालेले उम्मेदवार चयनको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई दिएको छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनको घेराबन्दीका बीच एमालेले चुनाव लड्नुपर्ने भएकाले यसपटक ओलीले सुविचारित ढंगले चुनावी अभियान हाँक्नुपर्ने छ । एमालेसँगको तालमेलमा चुनाव लड्न चाहने अन्य दलहरूसँगको छलफल र सीट बाँडफाँटको काम पनि दशैंकै बीचमा ओलीले टुंगो लगाउने उनको सचिवालयले बताएको छ । 

‘यसपालि दशैंको रौनक त छ नै, त्यससँगै राजनीतिक व्यस्तता पनि उत्तिकै छ । राजनीतिक भेटघाट, छलफल, बैठक र उम्मेदवार चयनको काम दशैंमा बढी प्राथमिकतामा छ’, ओलीको सचिवालयका सदस्यले भने ।

त्यसैगरी, सत्तारूढ गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डले पनि दशैमा खुमलटारस्थित निवास छाड्ने पाउने अवस्था छैन ।

सत्तारूढ गठबन्धनमा निर्वाचन क्षेत्र र सिट बाँडफाँटको विषय अझै टुंगो लागिसकेको छैन । मोटामोटीरूपमा सीट बाँडफाँट गरेका नेताहरू दशैंकै बीचमा बैठक बसेर त्यसलाई टुंगोमा पुर्‍याउने कसरतमा जुटिरहेका छन् ।

‘यसपालिको दशैंमा राजनीतिक काममै बढी व्यस्त हुनुपरेको छ । राजनीतिक भेटघाट र उम्मेदवार चयन लगायतको चुनावी काममा धेरै व्यस्त हुनुपर्ने छ । चुनावी तयारीको व्यवस्तताकै बीच दशैं बित्ने देखिन्छ’, प्रचण्डका सचिवालयका एक सदस्यले बताए ।

सत्तारूढ गठबन्धनमा रहेका अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको अवस्था पनि अन्य शीर्ष नेताहरूको जस्तै छ । गठबन्धनका शीर्ष नेताहरूको बैठक र छलफलमा सहभागी हुने, पार्टीका नेताहरूसँग परामर्श गर्ने र पार्टीको उम्मेदवार चयन गर्ने काममा व्यस्त हुँदै दशैं मनाइरहेको नेपालको सचिवालयले बताएको छ ।

राजनीतिक दलका शीर्ष नेताले झैँ दोस्रो तहका धेरैजसो नेताले यसपालिको दशैंमा काठमाडौं छाड्न पाएका छैनन् । उम्मेदवार चयनको काम दशैंकै बीचमा हुने भएकाले उम्मेदवार छनौटको बैठक र छलफलमा सहभागी हुनुपर्ने भएकाले काठमाडौंमै रहेर दशैं मनाउनुपर्ने बाध्यता उनीहरूलाई छ ।

काठमाडौं छाडेर बैठक र छलफल छुटाउँदा आफ्नो निकटका व्यक्तिलाई उम्मेदवार बनाउनबाट चुक्न सक्ने डरले पनि धेरैजसो नेताहरू काठमाडौंमै छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल काठमाडौंमै रहेर दशैं मनाउँदै छन् । उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीकाअनुसार, पौडेलले काठमाडौंको बोहोराटारस्थित निवासमा राजनीतिक भेटघाटसँगै दशैं मनाइरहेका छन् ।

दशैंलगत्तै असोज २३ मा उम्मेदवारी मनोनयनका लागि तनहुँ जाने र त्यसपछि आफ्नो निर्वाचन क्षेत्रमै चुनावी अभियानमा व्यस्त हुने पौडेलको तयारी छ । 

कांग्रेसमा संस्थापन इतर खेमाको नेतृत्व गरिरहेको शेखर कोइरालाले पनि दशैंमा काठमाडौं नछाड्ने भएका छन् । कांग्रेसभित्र बढिरहेको टिकट वितरणको किचलोले गर्दा पनि उनी काठमाडौंमै रहेका हुन् ।

संस्थापन पक्षले पार्टीको अर्को पक्षलाई प्रत्यक्षतर्फको टिकटमा पेल्न सक्ने भयका कारण उनी काठमाडौंमै रहेर आफ्नो पक्षका धेरैलाई टिकट दिलाउने प्रयासमा लाग्नेछन् । भलै, उनी पार्टीमा केन्द्रीय सदस्यको भूमिकामा मात्रै छन् । उनले आफ्नो पक्षमा रहेका पदाधिकारी र कार्यसम्पादन समितिका रहेका नेताहरूमार्फत पार्टी सभापतिमाथि दबाब सिर्जना गर्नेछन् । 

यसअघि काठमाडौंबाहिर रहेका कतिपय नेताहरू दशैंमा काठमाडौं फर्किएका छन् । चुनावी टिकट वितरणको मूल ठाउँमा आफ्नो उपस्थिति देखाउनकै लािग पनि उनीहरूले काठमाडौंमै रहेर दशैं मनाउन लागेका हुन् । 

आफ्नो पार्टीमा टिकट पक्कापक्की जस्तै भएका नेताहरू भने आफ्नो परिवार र मतदाताको माझमा रहेर दशैं मनाउने तयारीमा छन् । 

एमालेका ५६ जना नेताहरू निर्वाचन क्षेत्रबाट उम्मेदवारकोरूपमा एकल सिफारिश भएका छन् । उनीहरूमध्ये धेरैजना अहिल्यैबाट आफ्नो निर्वाचन क्षेत्रको चुनावी कार्यक्रममा सहभागी हुन थालिसकेका छन् । दशैंलाई पनि चुनावी प्रचार अभियानकैरूपमा मनाउने उनीहरूको तयारी छ । 

‘दशैंमा धेरैजसो समय सिन्धुपाल्चोकमै रहन्छु । थोरै समय मात्रै काठमाडौंमा रहन्छु । यसपालिको दशैं चुनावी माहोलका बीच जनताको घरदैलोमा रहेर मनाउने योजनामा छु’, तामाङले भने । 

सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभाको उम्मेदवार हुने योजनामा उनी छन् । पार्टीमा उनको टिकट लगभग पक्का जस्तै रहेको एमाले नेताहरू बताउँछन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा भने केही समय काठमाडौंमा रहेर विजयादशमीको दिन भने ओखलढुङ्गा पुग्ने योजनामा छन् । 

ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने योजनामा रहेका उनी टिकटका बारेमा हुने बैठक र छलफलमा सहभागी हुन काठमाडौंमा रहने र विजयादशमीको दिन ओखलढुङ्गा पुग्ने उनले बताए ।

‘टिकटका बारेमा हुने छलफलका लागि पनि नेताहरूले काठमाडौंमै बस्न भनेका छन् । म हरेक समय गाउँमा पुगिरहेको हुन्छ । दशैंमा पनि गाउँ पुग्ने नै योजना छ’, उनले भने । 

नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले यसपटक गुल्मीमा रहेर दशैं मनाउने भएकी छिन् । चुनावी तयारीमा रहेकी उनले गुल्मीमै चुनावी कार्यक्रम शुरू गरिसकेकी छिन् । 

गुल्मी–२ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्ने तयारीमा रहेकी रामकुमारीले यसपालिको दशैं गाउँमै मनाइरहेको बताइन् ।

‘म सधैं गाउँमै रमाउने, गाउँमै खुशी हुने मान्छे हो । गाउँमा दशैं मनाउन पाउँदा झन् खुशी नहुने कुरै भएन । यसपालि चुनावी माहौल पनि भएकाले गाउँको दशैंमा झन् रौनक थपिएको छ । गुल्मीमै रहेर दशैं मनाउने योजनामा छु’, उनले भनिन् ।

एमालेका केन्द्रीय सदस्य मानवीर राई दशैं मनाउनका लागि सोलुखुम्बु फर्किएका छन् । सोलुखुम्बुबाट प्रतिनिधि सभाको उम्मेदवारका लागि एमालेले उनको एकल नाम सिफारिश गरेको छ । निर्वाचनमा टिकट पाउनेमा ढुक्क रहेका उनी परिवार र मतदाताको माझमा दशैं मनाउने भनेर सोलुखुम्बु फर्किएका हुन् । 

‘परिवार र जनतासँग दशैं मनाउने कार्यक्रम छ । दशैंलगत्तै चुनावी अभियानमा खटिनुपर्ने भएकाले पनि सोलुखुम्बुमै रहेर दशैं मनाउने योजनामा छु’, राईले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x