कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
नेपालीहरूको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौंलगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरूमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको हो ।
काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ । काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरू सजाइएको छ । मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ । बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ ।
तिहारमा प्रयोग हुने सामानहरूमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरू, सप्तरंगी टीकालगायतका सामग्रीहरू यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरू असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो ।
लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरू किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ । त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरूको पनि किनमेल बढेको छ । यी क्षेत्रलगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरूमा पनि तिहारमा चाहिने सामान किन्नेहरूको चहलपहल शुरु भएको हो ।
आजबाट विधिवत रूपमा यमपञ्चक शुरु भएको छ । आज धनतेरस पर्व पनि मनाइँदै छ । सुन, चाँदीका सामग्रीहरूको पूजा गरेर धनतेरस मनाइने गरिन्छ । आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाइटीका मनाउने गरिन्छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...