×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

अग्रगमन र प्रतिगमन बीचको लडाइँ मंसिर ४ मा टुंगो लाग्छ : प्रचण्ड

कात्तिक ७, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ टुंगोमा पुर्‍याउने बताएका छन् ।

Muktinath Bank

सोमवार काठमाडौंमा आयोजित बागमती प्रदेशको गठबन्धनका नेता कार्यकर्तालाई सम्बोधन गर्न आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी चुनावमा प्रतिगमन पक्षधरको पराजित हुने दाबी गरे । सत्तारूढ गठबन्धन प्राकृतिक भएको र एमाले नेतृत्वको गठबन्धन सामन्तीवादीहरूको भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकता गर्दा संविधानमा हस्ताक्षर गरेपछि उनीहरूको सोच बदलिएको ठानेको तर, नकाव लगाएको जस्तो गरेर संविधान र गणतन्त्र स्वीकारिएको रहेछ भन्ने पछि थाहा पाएको उनले बताए । ‘आफू शक्तिमा आएपछि संविधान र गणतन्त्र उल्ट्याउने कसर सुरु भयो । हामीले समयमै त्यसलाई चिनेर गणतन्त्र र संविधान जोगाउन सफल भयौँ’, उनले भने । 


Advertisment
Nabil box
Kumari

आगामी चुनावमा २ विचार, प्रवृत्ति र संस्कृतिका बारेमा आमने-सामने र मुठभेठ हुन लागेको उनले बताए । ‘हामीले नेतृत्व गरेको गठबन्धन संविधान, समानुपातिक प्रतिनिधित्व र हिजोको उपलब्धीको रक्षाको लागि खडा छ र अर्को गठबन्धन यी सबैको विरोधमा खडा छ । मंसिर ४ को निर्वाचन पनि अग्रगमन र प्रतिगमन बीचको लडाइँको रुपमा आएको छ’, उनले भने, ‘सानो मेहनत र कसरतबाट यो गठबन्धन र यो सरकार जन्मिएको होइन । यसलाई चुनावबाट विजयी गराएर स्थापित गराउन आवश्यक छ ।’

Vianet communication

१२ बुँदे समझदारीका पक्षधरहरू अहिले सत्तारूढ गठबन्धनमा रहेको र एमालेको नेतृत्वमा त्यसका विरोधीहरू गोलबद्ध भएको उनले बताए । 

‘गठबन्धनमा भएका नेताहरु १२ बुँदे समझदारी गर्दाका नेताहरू नै हुनुहुन्छ । १२ बुँदेदेखि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने शक्ति एकातिर र सामान्तवादी शक्तिहरू अर्को गठबन्धनमा गोलबद्ध भएका छन्’, प्रचण्डले भने, ‘निर्वाचन जित्ने उद्देश्यका लागि मात्रै गठबन्धन बनाएका होइनौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x