मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ ।
“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो ।” उनले भने–“गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ ।” उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए । “एक महिना अघिदेखि नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ ।” उनले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए। यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ ।
बेदकोट नगरपालिका–७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले ।” उनले भने–“राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइदैन पूजा मात्रै गरिन्छ ।”
बदलिदो परिवेश संगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन । पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए । “प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन ।” उनले भने–“पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालियो ।”
उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए । रासस
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुल्मीको रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई बिहीबार काठमा...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...