×

NMB BANK
NIC ASIA

काठमाडौंभरि २८ स्थानमा छठ पूजाको तयारी, गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै

कात्तिक ११, २०७९

NTC
Premier Steels

संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको बागमती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंहले बताए । 

Muktinath Bank

विसं २०६२ अघि नै गुह्येश्वरी क्षेत्रमा स्वतस्फूर्तरुपमा छठ पर्व मनाइन्थ्यो । समितिले वैधानिकता पाएदेखि नै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यस क्षेत्रको छठ पर्व मनाउने गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगसमेत पछिल्लो वर्षदेखि छठ पूजा समितिले सहकार्य शुरु गरेको छ । बागमती नदी सफाइका लागि अधिकार सम्पन्न बागमती समितिले डोजरलगायत उपकरण सहयोग गर्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छठका लागि कोषले पनि आर्थिक सहयोग गर्ने गरेको छ । विगत वर्षमा कोषले रु छ लाख २५ हजार सहयोग गरेकामा यस वर्ष रु तीन लाखमात्र दिने निर्णय गरेकाले व्यवस्थापनमा कठिनाइ आउने देखिएको उनले गुनासो गरे । गुह्येश्वरीमा छठ पर्व व्यवस्थापनका लागि रु १८ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

गुह्येश्वरीमा पाँच सय जना बर्तालुले पूजा आराधना गर्न सक्नेगरी छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरी क्षेत्रमा बर्तालुलाई सहयोग गर्ने र परबाटै दर्शन गर्ने गरी तीन लाखदेखि पाँच लाखसम्म मान्छे आउने अनुमान समितिले गरेको छ । छठको विधि सुरु हुने दिन आज गुह्येश्वरी क्षेत्रमा छठ घाट एवं वाग्मती नदी सफाइ गरिएको छ । छठ घाटमा पाल, टेण्ट राख्ने काम पनि भइरहेको छ । एउटा घाट रु एक हजार पाँच सय शुल्क लिएर भक्तजनका लागि बुकिङ भइरहेको छ । 

Vianet communication

आकर्षकरुपमा सजाइएको गुह्येश्वरी क्षेत्रको वाग्मती नदीबीचमा छठीमाईको मूर्ति बनाएर राखिने भएको छ । काठमाडौं उपत्यकाका २८ स्थानमा छठ पूजा गर्ने गरी तयारी भएको छ । २०६२ सालसम्म अधिकांश तराईवासीले मनाउने गरेको छठमा हाल पहाडी समुदाय पनि सहभागी हुन थालेको समितिका सचिव राजकुमार पोद्दारले बताए ।

छठ पर्वमा हिन्दूमात्र नभई मुसलमान पनि सहभागी हुने गरेका छन् । छठ मनाउन आउनेलाई कुनै पनि किसिमको भेदभाव नगरी समानरुपमा अवसर दिने गरेको उनले सुनाए । यसरी छठ पर्व सबैको बन्न पुगेको छ ।

कमलपोखरीमा निःशुल्क छठ घाट

कमलपोखरी छठ पूजा समाजले भने छठ घाट बनाएर भक्तजनलाई निःशुल्क उपलब्ध गराउने भएको छ । समाजका अध्यक्ष राजेन्द्र सिंह कमलपोखरीमा एक सय ७५ वटा छठ घाट बनाउने तयारी गरेको बताए । यी सबै छठ घाट बर्तालुलाई निःशुल्क दिने तयारी गरिएको छ । 

कमलपोखरीको चारैतिर टेन्ट राखेर भक्तजनलाई सहजरुपमा पूजा आराधना र दर्शन गर्ने व्यवस्था गर्न लागिएको छ । टेन्टसँगै कमलपोखरीलाई झिलीमिली बत्तीले ढाकेर सजाइने भएको छ । यस वर्ष कमलपोखरीमा छठी माईको माटाको मूर्ति अनावरण गरिने भएको छ । मूर्तिलाई छठ पूजा सकिएपछि नदी, ताल, तलाउलगायत पवित्रस्थलमा लगी सेलाउने विधि रहेको छ ।

कमलपोखरीमा यस वर्ष छठमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत आउने कार्यक्रम रहेको छ । कात्तिक १३ गते बेलुकी आइतवार अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दान गरी भव्यरुपमा छठ पर्व मनाइँदैछ । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x