×

NIC ASIA

निर्वाचन नजिकिँदै गर्दा नयाँ मतदातामा उत्साह

कात्तिक २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् ।     
     
पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेदवारलाई खसालेको मतको सही सदुपयोग हुनेमा नयाँ मतदाता ढुक्क छन् ।     
     
विराटनगर–४ कञ्चनबारी बस्ने नर्सिङ दोस्रो वर्षकी विद्यार्थी १९ वर्षीया विजेता दाहालले पहिलो पटक मतदान गर्दै छन् । उनी मङ्सिर ४ मा हुने मतदानमा भाग लिन आतुर छिन् । चार मतपत्रमा छाप लगाउनुपर्ने भएकाले कतै अलमलमा परिने हो की भन्ने चिन्ता उनलाई छ । मतपत्रमा छाप कसरी लगाउने र मतपेटिकामा मतपत्र पट्याएर कसरी बक्सामा खसाल्ने भन्ने बारेमा आफ्नी आमासँग सिकेको उनले बताइन् ।     
     
विराटनगर महानगरपालिका–२ बस्ने २० वर्षीया सुशीला विसुङ्ले आफू मतदानलाई लिएर उत्सुक रहेको बताए । उनले नआत्तिई, कुनै गल्ती नगरी मतपत्रमा छाप लगाउने र मत खसाल्नेमा आफू ढुक्क रहेको बताइन् । उनले पहिलो पटक मतदानमा भाग लिए पनि त्रुटीरहित मतदान गर्न आफूमा आत्मविश्वास रहेको बताइन् ।
     
ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी २० वर्षीया अनिषा बराइलीले पहिलो पटक मतदानको मौका पाउँदा खुसीको कुनै सीमा नरहेको बताए । उनले मत कसरी खसाल्ने भनेर अलि–अलि मनमा डर लागिरहेको सुनाइन् ।  उनले समाजमा पिछडिएर रहेका समुदाय, वर्गको विकासमा लागिपर्ने उम्मेदवारलाई आफ्नो पहिलो मत खसाल्ने बताइन् ।     
     
विराटनगर–३ कानुन क्याम्पस पूर्व घर भएका प्रेम घिमिरे पहिलो पटक मतदानमा आफूले दिएको मत खेर नजाओस् भन्नेमा सजग छन् । आफूभन्दा उमेरले धेरै पाका उम्मेदवार घरैमा आएर हात जोडेर मत मागेको देख्दा रमाइलो लागेको घिमिरेको भनाइ छ । घिमिरेले मतदाता शिक्षालाई बृहत र व्यापक बनाएको खण्डमा आफू जस्तो पहिलो पटक मत खसाल्ने मतदाता पनि मतदान प्रक्रियाका बारेमा पूर्ण जानकार हुने बताए । 

Muktinath Bank

मोरङमा ३ सय ६ मतदानस्थलका लागि ८ सय ३९ मतदान केन्द्र स्थापना गरिएको छ । मोरङमा ३ लाख ७४ हजार ३ सय २६ पुरूष, ३ लाख ६१ हजार १ सय ९३ महिला र अन्य ६ गरी कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेका छन् । रासस  
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x