×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा सदस्य निर्वाचन

गगन थापाको चुनावी घरदैलोमा प्रदीप खड्का भेटिँदा ... [भिडियो]

‘गगन दाइले गरिरहेको काम ठीक लागिरहेको छ, उहाँलाई भोट गरौं’

कात्तिक ३०, २०७९

NTC
Premier Steels

काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार गगनकुमार थापाले बुधवार बुढानिलकण्ठ नगरपालिका–१२ कपन क्षेत्रमा घरदैलो गरे । चुनाव प्रचारको समयसीमा सकिन लाग्दा कांग्रेसका महामन्त्री समेत रहेका गगनले प्रचारप्रसारलाई थप सक्रिय बनाउँदै दिनभरजसो मतदातासामु पुगेर भोट मागे ।

Muktinath Bank

दर्जनौं कार्यकर्ताका साथ घरदैलोमा दौडधुप गरिरहेको अवस्थामा गगनसामु टुप्लुक्क आइपुगे नेपाली चलचित्रका चर्चित अभिनेता प्रदीप खड्का ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामो कपाल, कालो चस्मा र कालो ज्याकेटमा सजिएका प्रदीपले गगनलाई शुभकामना दिए । उनले गगनका लागि भोट समेत मागे । 


Advertisment
Nabil box
Kumari

‘दाइलाई कसरी बुझ्नुभएको छ ? त्योअनुसार स्वविवेक प्रयोग गरौं भन्छु,’ प्रदीपले भने, ‘आजसम्म गगन दाइले गरिरहेको काम ठीक लागिरहेको छ । भविष्यमा पनि उहाँजस्तै युवाहरूको आवश्यकता हो जस्तो लाग्छ भने गगन दाइलाई भोट गरौं ।’

Vianet communication

यद्यपि आफूले पार्टीगत रूपमा भन्दा पनि गगन थापाप्रतिको विश्वासका आधारमा बोलिरहेको उनको भनाइ थियो । ‘म कुनै पार्टीगत हिसाबले कुरा गरिरहेको छैन । म व्यक्तिगत रूपमा गगन दाइलाई नजिकबाट चिनेर विश्वासको आधारमा बोलिरहेको छु,’ प्रदीपले भने ।

गगन थापाले पार्टीभित्रै पनि परिवर्तन गर्न खोजिरहेको र त्यो आफैंमा एउटा परिवर्तनको शुरूआत भएको प्रदीपको धारणा थियो । घरदैलोमा चकलेटी यी अभिनेतालाई भेट्दा कांगे्रसका कार्यकर्ताले सेल्फी समेत खिचे । त्यस आसपासका मानिसहरू समेत प्रदीपसामु झुम्मिए ।

लोकान्तरसँग कुरा गर्दै प्रदीपले आफू गगन थापाको घरदैलो भनेर नआएको यद्यपि अचानक भेट हुँदा खुशी लागेको बताए । 

कांग्रेसको पक्षमा खुल्न थालेका प्रदीप

यसअघि राजनीतिक विषयमा खासै नखुलेका प्रदीप यो निर्वाचनमा भने कांग्रेसको पक्षमा आफूलाई खुलाउँदै लगेका छन् । हालै उनी नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी हुन नवलपरासी पुगेका थिए । उनले त्यहाँ सम्बोधन समेत गर्दै विनोद चौधरीका लागि भोट मागेका थिए ।

युवा पुस्तामाझ लोकप्रिय अभिनेता प्रदीपको पछिल्लो चलचित्र ‘प्रेम गीत–३’ले नेपालसँगै भारतमा समेत राम्रो व्यापार गरेको थियो ।

तस्वीरहरू : विश्वास खनाल 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x