मंसिर ७, २०७९
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।
छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले सोमबार दिउँसोसम्म सबै ठाउँबाट मतपेटिका बेनी आइपुग्ने र त्यसपछि मतगणना शुरु गरिने बताए । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नम्बर ४ बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर मगाइएको छ । अन्य ठाउँबाट स्थलमार्ग भएर गाडीमार्फत बेनीमा मतपेटिका ढुवानी भइरहेको छ ।
एक सय १९ मतदान केन्द्रमा ४२ हजार ५५ जना पुरुष र ४४ हजार ६४ जना महिला मतदाता रहेकोमा २४ हजार तीन सय ३१ महिला र २६ हजार दुई सय ९३ जना महिलाले मतदानमा भाग लिएका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए ।
सबैभन्दा कम रघुगङ्गा गाउँपालिका–८ को कुइने माध्यमिक विद्यालयमा ३१.८३ प्रतिशत मत खसेको छ । तीन सय ३३ जना मतदाता रहेकोमा एक सय छ मत खसेको छ । सबैभन्दा बढी रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता मावि मतदान केन्द्रमा ८४.६५ प्रतिशत मत खसेको छ । यहाँ सात सय ६२ जना मतदाता रहेकोमा छ सय ४५ मत खसेको छ ।
अन्नपूर्ण गाउँपालिका–५ को शिख मावि मतदानस्थल बाहेकका मतदानस्थल निर्धारित समय साँझ ५ बजे मतदान सकिएको थियो । दिउँसो १२ देखि ४ः३० सम्म मतदान स्थगित भएको शिख माविमा साँझ ७ बजेसम्म मतदान भएको थियो ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा आठ प्रतिशत कम मत खसेको हो । वैशाख ३० मा भएको स्थानीय तह चुनावमा ६६.२३ प्रतिशत मत खसेको थियो । कूल ८५ हजार तीन सय ७५ जना मतदाता रहेकोमा ५६ हजार पाँच सय ४३ मत खसेको थियो । खेतीबालीको काम र बजार क्षेत्रमा रहेका मतदाता मतदानस्थल नगएकाले कम मत खसेको बताइएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ को प्रभा मावि मतदान केन्द्रमा तेस्रो लिङ्गी दिलु बुद्धुजा र मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा एक सय सात वर्षीय जसमनी कामीले मतदान गरेका छन् । रासस
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् । रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् । भ्रमणका अव...
रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...
काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्...
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । उनले रोल्पा नगरपालिका–१, तारा मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...