×

NMB BANK
NIC ASIA

उर्लाबारीमा लिम्बू समुदायको चासोक तङ्नामको तयारी

मंसिर २१, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

लिम्बू समुदायको महान चाड चासोक तङनाम (उधौली पर्व) को अवसरमा मोरंङको उर्लाबारी ९ आम्बारीमा सांस्कृतिक कार्यक्रमको तयारी थालिएको छ । किरात याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा मङ्सिर २२ देिख २४ गतेसम्म भव्यरुपमा चासोक तङनाम मनाउने तयारी गरिएको हो ।

Muktinath Bank

विहान ७ बजेदेखि साँझसम्म विभिन्न कार्यक्रमसहित चासोकलाई उत्सवका साथ मनाइने तयारी गरिएको किरात याक्थुङ चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताए । उनका अनुसार यस वर्ष पनि विगतमाजस्तै न्वागी पूजा, प्रसाद वितरणसहित लोक संस्कृतिमूलक केलाङ च्याब्रुङ नाच, येवा लाङ, माङलाक प्रदर्शनी, धाननाचको प्रदर्शनी, लिम्बु नृत्य प्रस्तुत हुनेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चासोकको अवसरमा लिम्बू संस्कृतिमा आधारित छेलो, डोरी तान्ने, हाइजम्प, लङजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ । नयाँ पुस्ताले मौलिक संस्कृति बिर्संदै गएको भन्दै चुम्लुङले व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउने र नयाँ पुस्तालाई जानकारी दिने लक्ष्य लिएको छ । यस्तो कार्यक्रमले सांस्कृतिक पुस्तान्तरणमा सहयोग पुग्ने अध्यक्ष सुब्बाको बुझाइ छ ।


Advertisment
Nabil box
Kumari

खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि इष्टदेव तागेरा निङ्वाफुमाङलाई अर्पण गरेर मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको प्रकाश कन्दङ्वाले बताए । सो अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवती एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गर्छन् । चाडलाई लिम्बु समुदायले एकअर्का बीचमा एकता र मेलमिलापको रुपमा लिने गर्छन् ।  

Vianet communication

लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव हुन्छ । परम्परादेखि चासोक तङनाम मनाइँदै आए पनि पछिल्लो समय यसलाई लिम्बुलगायत चार किरातीले आफ्नै शैलीमा सामूहिक रुपमा मनाउने गर्छन् । चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सदभाव, एकता र पारस्परिक सहयोगको भावना विकास गर्ने सो समुदायले विश्वास गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x