×

NIC ASIA

म्यारियट जापान कम्पिटिसनमा खड्का प्रथम

मंसिर २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

जापानमा हालसालै एक नेपाली युवा म्यारियट जापान ककटेल कम्पिटिसनमा प्रथम भएका छन् ।  काठमाडौँ घर भएका अन्जान खड्काले १४९ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै जित हात पारेका हुन् ।

Muktinath Bank

सन २०१० मा विद्यार्थी भिसामा जापान आएका अन्जानले यहाँ जापानी तथा अंग्रेजी भाषा विद्यालयको अध्ययन हुँदै, टोकियो ईन्स्टिच्युट अफ टुरिज्म कलेजबाट होटल म्यानेजमेन्टको अध्ययन पुरा गरेका छन् । अध्ययन सक्काएलगत्तै सन २०१६ बाट होटल हायातमा आफ्नो जागिर जिवनको सुरुवात गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल झण्डै ६ वर्षजस्तो होटल हायातमा काम गरिसकेपछि विश्वकै प्रसिद्ध होटल द रिट्ज कार्ल्टनमा उनी कार्यरत छन् । जापानमा वर्षेनी हज्जारौँ नेपाली विद्यार्थी पढ्ने सपना र योजना बोकेर आउने गरे पनि दीर्घकालिन् सोचसहित अघ्ययन पूरा गरी ठूला कम्पनीहरुका आकर्षक स्थानमा भने निकै कम नेपाली मात्रै पुग्नेगरेका छन् ।


Advertisment
Nabil box
Kumari

हाल खड्का रिट्ज कार्ल्टनको निक्कोस्थित होटलमा द लाउन्ज एण्ड द बार एसिस्टेन्ट म्यानेजरको रुपमा कार्यरत छन् । यस पटकको प्रतियोगितामा बारटेन्डर अञ्जन खड्काको ककटेल कोमाचीको गार्डेन (कोमाची नो निवा) ले गत नोभेम्बर २९ तारिख टोकियोमा आयोजित म्यारियट जापान ककटेल प्रतियोगिताको फाइनलमा ग्रान्ड प्राइज जितेको थियो ।

Vianet communication

प्रतियोगितामा जापानभरीका मेरियट होटेलहरूको प्रतिनिधित्व गर्ने प्रतिभाशाली मिक्सोलोजिस्टहरूले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा उत्कृष्ट बन्न सफल खड्काको च्याम्पियन ककटेलले सन् २०२३ भरी राष्ट्रव्यापी रिट्जकार्लटन, म्यारियट, वेस्टिन र शेराटन होटलहरूको मेनुमा स्थान पाउनेछ ।

यस पटक अन्जानले हात पारेको यो सफलता होटल क्षेत्रमा आफ्नो भविष्य देख्ने धेरै नेपाली युवाहरुको उत्प्रेरणा भएको बताइएको छ । लामो समयको कडा अध्ययन र कामप्रतिको लगनले मात्रै यो लक्ष हासिल गर्न सम्भव भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x