×

NMB BANK
NIC ASIA

संगीत

आफ्नोसँगै बुवाआमाको सपना पूरा गरिरहेका अर्जुन, एकपछि अर्को गीत हुँदैछन् ‘हिट’

पुस २, २०७९

NTC
Premier Steels

लोकगायक अर्जुन सापकोटाको घर बेलाबखत ‘रोधी’ जस्तो लाग्न सक्छ । किनकि पारिवारिक जमघटमा उनको घरमा मज्जाले दोहोरी चल्छ । उनी आफू दोहोरी गाउन माहिर भैहाले । बुवा गाउँछन्, आमा गाउँछिन्, बहिनी–भाइ पनि गाउँछन् ।
 
‘मेरो पारिवारिक माहोल नै संगीतमय छ,’ हालैको भेटमा अर्जुनले भने, ‘घरमा सबैजना हुँदा मज्जाले दोहोरी जम्छ ।’

Muktinath Bank

‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’जस्ता उनका गीतहरू ‘करोड क्लबमा’ पुगिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चर्चित अरु पनि थुप्रै गीतहरू छन्, जसमध्ये पछिल्लो गीत चाहिँ ‘ए ठूली’ हो । १ महिनाअघि सार्वजनिक गीतले २४ लाखभन्दा बढी भ्युज पाइसकेको छ यूट्युबमा । हजारौं भिडियोहरू बनेका छन् टिकटकमा ।


Advertisment
Nabil box
Kumari

अर्जुन गायक मात्र होइनन्, गीत लेख्छन् । भाका बनाउँछन् । गीतको म्युजिक भिडियोमा मोडलिङ समेत गर्छन् ।

Vianet communication

‘मोडल बन्छु भनेर मोडलिङमा होमिएको चाहिँ होइन है ! संगीतको विद्यार्थी भएको हुनाले आफ्नो फिल्डमा पर्ने कुराहरू सिक्न मन लाग्दो रहेछ,’ उनी भन्छन्, ‘त्यसले आफैंलाई फाइदा पनि गर्दो रहेछ ।’

फ्ल्यास ब्याक : परिवारको साथ र प्रेरणा

लोक संगीतको उर्बर भूमि स्याङ्जामा जन्मिए अर्जुन । ४–५ वर्षको उमेरमै बुवाआमाले नवलपुर ल्याए । परिवार त्यहीँ स्थायी बसोबास गर्न थाले ।

अर्जुन त्यही पढे, त्यही बढे । पारिवारिक माहोल, हौसला र प्रेरणाकै कारण उनी सानैदेखि सांगीतिक क्षेत्रप्रति आकर्षित भए ।

‘बुवाले पहिल्यैदेखि गीत लेख्ने, गाउने गर्नुहुन्थ्यो । यद्यपि परिस्थितिले उहाँले त्यसबेला रेकर्ड गर्न पाउनुभएन,’ अर्जुनले सुनाए, ‘तर मलाई गीत–संगीतमा लाग्न सानैदेखि प्रेरित गर्नुभयो ।’ उनी सानैदेखि स्वर खिपेर गाउन थाले ।

टोल–छिमेक, विद्यालय हुँदै अन्य विद्यालयमा पुगेर समेत उनले गीत गाए, थुप्रै पटक पुरस्कार लिएर आए । उनका काका यज्ञ सापकोटा सांगीतिक क्षेत्रमा लागिसकेका थिए । एसएलसी दिएपछि अर्जुन गीत रेकर्ड गराउन काठमाडौं आए । काकासँग स्टुडियो गएर पहिलो गीत रेकर्ड गराए, ‘रातलाई साथी जून’ । गीत रेकर्डपछि केही दिन काठमाडौंमै बसे उनी । भिडियो सुटिङमा गएर लिप्सिङ दिएर मात्रै घर फर्किए । अर्को वर्ष तीज गीत गाए, ‘छोटो भयो जामा’ । यो गीत नेपाल टेलिभिजनमा राम्रै गरी प्रसारण भयो । स्रोता/दर्शकमाझ गीतले चर्चा पायो । 

‘त्यो बेला छुट्टै आनन्द लाग्यो, त्यसपछि जोश पनि बढ्यो,’ अर्जुनले भने । उनले नवलपुरमै रहेर रेडियोमा सांगीतिक कार्यक्रम समेत चलाए । रेडियो कार्यक्रमबाट धेरथोर ‘फ्यान फ्लोइङ’ समेत कमाए । त्यसपश्चात देवी घर्तीसँग ‘नगरे है दायाँ र बायाँ’ गीत गाए । 

अर्जुनका बु्वा मणि सापकोटा पहिल्यैदेखि गीत सिर्जना गर्ने, गाउने गर्दथे । बुवाले सिर्जना गरेका गीतहरूमा चर्चित गायक/गायिकाहरूले समेत स्वर दिइसकेका छन् । अर्जुनले पनि ‘परदेशीको पीडा’ बोलको तीज गीतमार्फत बुवासँग पहिलोपटक सांगीतिक सहकार्य गरे । बुवाको शब्दमा छोराको स्वर, गीतले यूट्युबमा राम्रो भ्युज पायो । त्यसयता बुवाले लेखेका अन्य गीतमा पनि स्वर भरे अर्जुनले । त्यसबखत जिल्लासँगै बाहिरका सांगीतिक कार्यक्रमहरूबाट समेत उनलाई निम्तो आउन थालिसकेको थियो । सांगीतिक कार्यक्रमकै शिलशिलामा भारत पुगिसकेका उनी अस्ट्रेलिया पुगेर प्रस्तुती दिएर समेत फर्किसकेका थिए । 

३ वर्षअघि जब ‘वनकी चरी’ चल्यो

अर्जुनको गीतकार कृष्ण बस्यालसँग मित्रता जमिरहेको थियो । बस्यालले एउटा गीतको शब्द पठाए, ‘वनकी चरी’ ।

अर्जुनले गीत त गाइरहेकै थिए, उनमा त्यसबखत भाका बनाउने जोश थियो । भाका तयार पारे । कलाकारहरूसँगको भेटमा गीत गाएर सुनाउँथे, सबैले प्रशंसा गर्थे । यद्यपि निर्धक्क भएर गीत ल्याउने निधो गरिहाल्न भने सकिरहेका थिएनन् । गीतमा आफैं लगानी गर्नुपर्ने भएकाले ‘रिस्क’ लिइहाल्न डराइरहेका थिए उनी । 

त्यतिकैमा संयोगले उनको भेट भयो, गायक राजु ढकालसँग । उनले गीत रेकर्ड गराउन हौसला मात्रै दिएनन्, आफूसँगै स्टुडियोसम्म समेत पुगे । देवी घर्तीसँगको स्वरमा रेकर्ड गराएर भिडियोसहित अर्जुनले ‘वनकी चरी’ गीत ल्याए । ३ वर्षअघि आफ्नो नयाँ यूट्युब च्यानलमार्फत उनले गीत सार्वजनिक गरेका थिए ।

यद्यपि गीतले गज्जबै गर्‍यो, यूट्युब एवं टिकटक दुवैतिर चल्यो । अग्रज गायक/गायिकाले समेत उनको गीत फेसबूकमा शेयर गरिदिए, त्यो पनि प्रशंसाका शब्दहरू खर्चिंदै । अर्जुन भन्छन्, ‘त्यस गीतले मलाई चिनाउनमा धेरै नै मद्दत गर्‍यो ।’

उनलाई एकपछि अर्को गीतले पछ्याउन थाल्यो । कतिले गीत गाइदिन भन्न थाले । कहिले भाका बनाइदिन भनेर प्रस्ताव गरे । त्यसपश्चात ‘दशैं आयो’, ‘जन्मेकै गाउँ रोयो’ गीत गाए, चल्यो । ‘सिमलैमा मैना’, ‘नगर पीर माया’, ‘पिरती नलाम माया’ गीतहरू पनि चल्यो । यी गीतमा अर्जुनको स्वरसँगै संगीत पनि छ । त्यसपछि समीक्षा अधिकारीसँग गाएको गीत ‘पछ्यौरी लिसियो’ निकै नै चर्चित बन्यो । संगीत समेत अर्जुनकै रहेको गीतको भिडियोले यूट्युबमा झण्डै ३ करोड भ्युज पाएको छ । त्यसपछि राजु परियार, कमला घिमिरे लगायतसँग गाएको ‘फुल्यो गुराँस’ पनि चल्यो । त्यसपछि ‘दुई दुना चार’ बोलको गीत पनि ‘करोड क्लब’मा प्रवेश गर्‍यो । 

‘प्रविधि बुझ्न सकियो भने राम्रो छ’

एकपछि अर्को गीतलाई स्रोता/दर्शकले रुचाउँदा उनी एकपछि अर्को स्टेजमा उक्लिरहेका छन् । अहिलेसम्म कतिपटक स्टेजमा उक्लिए ? हिसाब राखेर साध्य भए पो !

यद्यपि केही देशसँगै स्वदेशमा पूर्वदेखि पश्चिमसम्मका थुप्रै जिल्लाहरूमा पुगेर हजारौं स्रोता/दर्शकमाझ सांगीतिक प्रस्तुती दिइसकेका छन् उनले ।

उनले स्वर दिएका गीतहरूको संख्या भने ३ दर्जन बढी पुगेको छ । मोडलिङ गरेका गीतको संख्या पनि डेढ दर्जन बढी छन् ।

यतिबेला सार्वजनिकका लागि पाइपलाइनमा पनि थुप्रै गीतहरू छन् । ‘मेरो आफ्नै यूट्युब च्यानलबाट आउने गरी ५ वटा गीत तयार हुँदैछन् । अरु कम्पनीहरूको गीत पनि आउनेवाला छन्,’ उनले भने ।

प्रतिभा छ र समयलाई बुझेर मेहनत गर्न सके गीतसंगीतमा राम्रो आम्दानी हुने गरेको अर्जुनको बुझाइ छ । ‘डिजिटल प्लेट फर्म बढिरहेका छन् । त्योसँगै गीतसंगीतमा आम्दानीका स्रोतहरू पनि बढिरहेका छन्,’ उनी भन्छन्, ‘प्रविधि बुझ्न सकियो, त्यहीअनुसार अगाडि बढ्न सकियो भने आम्दानी पनि राम्रो गर्न सकिन्छ भन्ने लाग्छ ।’

आजको दिनमा आउँदा सांगीतिक क्षेत्रबाट खुशी छन् अर्जुन । निःसन्देह उनको सफलतामा बुवाआमा अझ बढी खुशी होलान् ! त्यसैले त अर्जुनले बेलाबखत अल्छी गर्दा बुवाले झक्झक्याइरहन्छन्, ‘यसरी भएन है ! अलि मेहनत गर्नुपर्‍यो ।’ अर्जुनले लोकान्तरसँग भने, ‘मलाई सांगीतिक क्षेत्रमा गाइड गर्ने पहिलो व्यक्ति नै बुवा हुनुहुन्छ।’  आफ्नो गीतको पहिलो स्रोता एवं दर्शक नै बुवा रहेको उनी बताउँछन् ।

देख्दा चुलबुले, चञ्चले लाग्ने उनलाई बुझेपछि एकदमै मिलनसार लाग्छन् । लोकदोहोरी गायकहरू भन्छन्, ‘अग्रजदेखि नयाँ सबैसँग सजिलै घुलमिल हुन सक्ने पनि उसको विशेषता छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x