×

NIC ASIA

प्रदीप भट्टराई : निर्देशन गरेका चारवटै फिल्मले ५१ दिन मनाए

पुस २, २०७९

Prabhu Bank
NTC
Premier Steels

कुनै समय थियो, नेपाली फिल्मले प्रदर्शनको ५१ औं र एक सय दिन मनाउनुलाई त्यति ठूलो मानिँदैनथ्यो ।  त्यस बेला थोरै फिल्महरू बन्थे, धेरै समयसम्म चल्थे ।  हिजोआज भने नेपाली फिल्मलाई हलमा एक साता टिक्न पनि मुस्किल पर्दे आएको छ ।

Muktinath Bank

यस्तो अवस्थामा फिल्मले ५१ औं दिन मनाउनु पनि ठूलो सफलता हो । यद्यपि, वर्षमा एकाध फिल्मले भने प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष जेठमा प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ४’ले ५१ दिन मनायो । यति बेला अर्को फिल्म ‘महापुरुष’ले पनि प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको छ । कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार राजधानीसहित मोफसलका केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको हो । बलियो ‘वर्ड अफ माउथ’का कारण फिल्मले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको मान्न सकिन्छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ । प्रदर्शनको ५१ दिनसम्म आउँदा फिल्मले नेपालमा   करिब ११ करोड कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । निर्देशक प्रदीप भट्टराईको ५१ औं दिन मनाउने ‘महापुरुष’ चौथो फिल्म हो ।

यसअघि उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएका थिए ।  ‘महापुरुष’ आफ्नो आदरणीय गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लागी गुरुदक्षिणा रहेको प्रदीपले बताउँदै आएका थिए ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको ‘महापुरुष’को निर्माता भने म्याक्स दिपेश खत्री हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x