×

NIC ASIA

अत्यधिक जाडोले अमेरिका र क्यानडामा ३८ ले ज्यान गुमाए

पुस १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

उत्तर अमेरिकी महादेशको अधिकांश भूभागमा अत्यधिक जाडोले ३८ जनाको ज्यान गएको छ । उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसोले त्यहाँको जनजीवन प्रभावित बनाएको सञ्चार माध्यमले जनाएका छन् । अमेरिकामा मात्र ३४ जनाको ज्यान गएको बताइएको छ । 

Muktinath Bank

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिँदा चार जनाको ज्यान गएको छ। चिसो आँधीजस्तो अवस्थाले क्यानडादेखि लिएर दक्षिणमा रियो ग्रान्डेसम्म गाँजेको बताइएको छ। ठूलो सङ्ख्यामा मानिसहरू बिजुलीविना घरमै फसिरहेका छन् । चिसोका कारण संयौं उडान प्रभावित हुँदा मानिसहरु सुरक्षित ठाउँमा जान सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौसम पूर्वानुमानकर्ताहरूले केही दिनमा अवस्था अलि सहज हुने बताएका छन् । चिसो हुरीका कारण कैयन् ठाउँमा बिजुली अवरुद्ध भएका छन् । यदपि विजुली जडानको प्रयास भइरहेको बताइन्छ ।


Advertisment
Nabil box
Kumari

केही दिन अगाडि १७ लाख मानिस बिजुलीविना बस्न वाध्य भएकोमा अब त्यो सङ्ख्या २ लाखमा झरेको समाचार संस्थाले जनाएको छ। क्रिसमस पर्वको बेला आफ्ना घर परिवार भेट्न आतुर धेरै मानिसहरूलाई उडान प्रभावित भएपछि अप्ठेरो परेको थियो । न्यूयोर्क राज्यकी गभर्नर केथी होचल बफेलो शहरकी बासिन्दा हुन्। “बफेलोकोनिम्ति यो इतिहासकै विनाशकारी आँधी बन्यो । युद्ध भूमिमा गएजस्तो भएको छ,” उनले सञ्चार माध्यममा भनिन् । 

Vianet communication

त्यहाँका मानिसहरूलाई अवस्था खतरनाक भएकाले घरभित्रै बस्न भनिएको छ । अमेरिकाको पश्चिमी राज्य मोन्टानामा तापक्रम झरेर माइनस ४५ डिग्री सेल्सियसमा पुगेको छ । क्यानडामा ओन्टारियो र क्युबेक प्रान्तमा धेरै प्रभाव परेको छ। क्युबेकमा १ लाख २० हजार घरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x