×

NMB BANK
NIC ASIA

हार्दिक श्रद्धासुमन पेले

सम्झनामा महान् फूटबलर– बुवाको त्यो आँसु, अनि पेले नामभित्रको रहस्य

पुस १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका महानतम फूटबलरहरूमध्ये एक पेलेको ८२ वर्षको उमेरमा शुक्रवार देहान्त भएपछि उनको योगदानका विषयमा चर्चा भइरहेका छन् । 

Muktinath Bank

ब्राजिललाई तीनपटक विश्वकप जिताएका पेलेको पूरा नाम एड्सन आरान्तेस दो नासिमेन्तो थियो । सन् १९४० अक्टोबर २३ मा ब्राजिलको एक सामान्य परिवारमा उनको जन्म भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका मातापिताले बल्बका आविष्कारक टमस एल्भा एडिसनको थरबाट उनको नाम राखेका थिए । बल्ब जस्तै पेलेले पनि आफ्नो अद्भुत खेलमार्फत विश्वलाई नै प्रकाशित गरेका थिए । 


Advertisment
Nabil box
Kumari

गरीब परिवारमा जन्मेका पेलेले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्नका लागि स्थानीय ट्रेन स्टेसनमा अर्काको जुत्ता सफा गरिदिने गरेका थिए । त्यसैक्रममा उनलाई फूटबलप्रति रस बसेको थियो । 

Vianet communication
Laxmi Bank

उनले आफ्नो टोलका साथीहरूसँग मिलेर फूटबल टीम बनाएका थिए । टीमले आफूलाई जुत्ताविहीनहरूको समूह भन्थ्यो । जुत्ता लगाउन सक्ने पैसा पनि उनीहरूसँग थिएन । 

उनीहरू फूटबल पनि किन्न सक्दैनथिए । त्यसैले मोजामा कागज कोचेर उनीहरू खेल्ने गर्थे । 

पेले नामक कसरी पर्न गयो भन्नेमा पनि रोचक कथा छ । परिवारले उनलाई माया गरेर डिको नाम दिएका थिए । 

उनी विद्यालयमा पढ्दै गर्दा भास्को द गामा नामको स्थानीय क्लबका गोलकीपरको नाम बिले थियो । 

त्यो नाम उच्चारण गर्न नजानी पिले भनेपछि उनका एक सहपाठीले उनलाई पेले नाम दिएका थिए । पेले भनी बोलाउँदा रिसाएर साथीलाई उनले मुक्का हानेको पनि बताइन्छ । तर त्यही नामले उनी विश्वविख्यात बने । 

पेलेले व्यावसायिक फूटबलको आरम्भ सन् १९५६ मा गरेका थिए । जम्मा १५ वर्षको उमेरमा उनी सान्तोस क्लबमा आबद्ध भएका थिए । कोरिनथियन्स सान्तो आन्द्रे क्लबविरुद्ध सफल खेलपछि उनले सान्तोस क्लबमा १८ वर्ष खेलेका थिए ।

खेल सकिएर ब्राजिल हारेपछि पेलेले आफ्ना बुवालाई पहिलोपटक रोइरहेको देखे । पेलेका बुवा पनि प्रख्यात फूटबलर थिए । बुवाको आँसुबाट मर्माहत भएका पेलेले विश्वकप ट्रफी जसरी भए पनि ब्राजिललाई जिताउने संकल्प लिएका थिए । 

अनि सन् १९५७ मा पेलेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । ब्राजिलको कट्टर प्रतिस्पर्धी अर्जेन्टिनाविरुद्ध उनले उक्त गोल गरेका हुन् । 

पेलेले आफ्नो देशका लागि विश्वकप जिताउने संकल्प लिएको विषयमा मार्मिक कथा छ । सन् १९५० को विश्वकपमा आयोजक ब्राजिल फाइनलमा उरुग्वेसँग हारेको थियो । त्यतिखेर पेले जम्मा नौ वर्षका थिए । 

त्यस समयमा टेलिभिजन आइसकेको थिएन अनि पेलेको परिवारले खेलको कमेन्ट्री रेडियोमा सुनेको थियो । पेले आफू चाहिँ फूटबल खेल्दै घरभित्र र बाहिर गरिरहेका थिए अनि घरिघरि स्कोर पनि बुझिरहेका थिए । 

खेल सकिएर ब्राजिल हारेपछि पेलेले आफ्ना बुवालाई पहिलोपटक रोइरहेको देखे । पेलेका बुवा पनि प्रख्यात फूटबलर थिए । बुवाको आँसुबाट मर्माहत भएका पेलेले विश्वकप ट्रफी जसरी भए पनि ब्राजिललाई जिताउने संकल्प लिएका थिए । 

आफ्नो खेल कौशल तथा देशलाई विश्वकप दिलाउने दृढ संकल्पका साथ सन् १९५८ को विश्वकपमा पेले सहभागी भए । त्यसपछि उनको नाम संसारले जान्ने मौका पायो । उक्त प्रतियोगितामा उनले ६ गोल गरेका थिए ।

स्विडनमा भएको विश्वकपको समूह चरणमा जम्मा एउटा खेल खेलेका पेलेले क्वार्टरफाइनलमा अद्भुत खेल देखाउँदै वेल्सविरुद्ध गोल गरी ब्राजिललाई जिताएका थिए । अनि सेमिफाइनलमा पेलेले ह्याटट्रिक गरी फ्रान्सलाई ध्वस्त बनाएका थिए । 

फाइनलमा ब्राजिलको भिडन्त आयोजक स्विडनसँग भएको थियो र त्यसमा ब्राजिल ५–२ ले विजयी भयो । उक्त खेलमा पेलेले २ गोल गरेका थिए । 

छातीमा बल लिएर गोडामा झार्दै दौडाएर गोलकीपरलाई छक्याउने कलामा पेलेको बराबर कोही नभएको विश्लेषकहरू बताउँछन् । अनि हावामा बुरुक्क उफ्रन सक्ने उनको क्षमताका कारण उनले आफ्नो करीयरमा हेडरमार्फत पनि धेरै गोल गरेका छन् । ती सबै कलाहरू उनले विश्वकपमा देखाए । 

सन् १९५८ को विश्वकपबाट विश्वविख्यात बनेका पेले सन् १९६२ को विश्वकपमा त सुपरस्टार भइसकेका थिए । तर उनलाई तत्कालीन सरकारले अनिवार्य सैन्य सेवा गर्न लगाएको थियो । 

सेनामा हुँदा पेलेले ब्राजिल, सान्तोस क्लब, आफ्नो प्रदेशको क्लब, सेनाको राष्ट्रिय टोली तथा ब्यारेकको टोलीका लागि खेल्नुपरेको थियो । धेरै खेल खेल्नुपर्दा उनको काखीमा दखल पर्न थालेको थियो । 

चिलीमा भएको सन् १९६२ को विश्वकपको पहिलो खेलमा नै पेलेले मेक्सिकोविरुद्ध गोल गरेका थिए । पाँच विपक्षी खेलाडीलाई छलाएर उनले गरेको त्यो गोल विश्वकप इतिहासकै सुन्दरमध्ये एक मानिन्छ । 

दोस्रो खेलमा चेकोस्लोभाकियाविरुद्ध खेल्दै गर्दा पेलेलाई काखीमा समस्या आयो । त्यो जमानामा सब्स्टिच्युट खेलाडीको व्यवस्था नभएकाले दुखे पनि खेलिरहन पेले बाध्य थिए ।

तर त्यसपछिका खेलमा उनी सहभागी हुन सकेनन् । निराश भएर उनी ब्राजिल फर्किन खोजेका थिए । तर ब्राजिल फाइनलमा चेकोस्लोभाकियासँग पुनः भिड्ने भएपछि पेलेलाई पनि टीममा राखिएको थियो भलै उनले खेलेनन् । 

तर ब्राजिलले उक्त खेल ३–१ ले जितेको थियो । पेलेको स्थानमा खेलेका आमारिल्डोले पहिलो गोल गरेका थिए भने जिटो र भाभाले दुई गोल थपेका थिए । खेल्न नपाए पनि पेलेले दोस्रोपटक विजेताको पदक पहिरिने मौका पाएका थिए । इटलीपछि विश्वकप उपाधि रक्षा गर्ने ब्राजिल दोस्रो टीम बनेको थियो जुन रेकर्ड अहिलेसम्म कायम छ ।

सन् १९६६ को विश्वकप इंग्ल्यान्डमा भएको थियो र ब्राजिल नै उपाधिको सर्वाधिक बलियो दाबेदार थियो । तर घमण्डले चुर भएको अनि राम्रो तयारी नगरेको ब्राजिल समूह चरणमै बाहिरियो । तथापि पेलेले बुल्गेरियाविरुद्धको पहिलो खेलमा गोल गरेका थिए । 

त्यस प्रतियोगितामा अत्यधिक फाउल गरिएको थियो । पेलेलाई पनि विपक्षी खेलाडीहरूले ताकेरै हिर्काउने र लडाउने गरेका थिए । त्यो देखेर रिसाएका पेलेले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिने घोषणा गरेका थिए । दुई वर्षसम्म ब्राजिलका लागि खेलेनन् तर साथीभाइले मनाएपछि उनी फर्केका थिए । 

सन् १९७० को विश्वकप मेक्सिकोमा आयोजना गरिएको थियो र त्यसमा संसारले पेलेको खेलकौशलको अनुपम प्रस्तुति हेर्न पायो । पहिलो खेलमा चेकोस्लोभाकियाविरुद्ध पेलेले साथीबाट पाएको क्रसलाई बुरुक्क उफ्रेर छातीमार्फत नियन्त्रण गर्दै गोडामा झारेर गोल गरेका थिए । यससँगै उनी चारवटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।  

दोस्रो खेलमा इंग्ल्यान्डविरुद्ध उनले गोल गरेनन् तर ब्राजिल त्यसमा विजयी भयो । तेस्रो खेलमा रोमानियाविरुद्ध चाहिँ पेलेले दुई गोल गरे । 

क्वार्टरफाइनलमा पेरु अनि सेमिफाइनलमा उरुग्वेलाई ब्राजिलले हराउँदा पेलेले गोल गर्न सकेनन् । तर इटलीविरुद्धको फाइनलमा पेलेले खेलको १८ मिनेटमा नै हेडरमार्फत बुलेट गोल गरी ब्राजिललाई अग्रता दिलाए । इटलीले पछि एक गोल फर्काएको भए पनि ब्राजिलले दुई गोल थपेर उक्त खेल ४–१ ले जितेको थियो । 

तीनपटक विश्वकप जितेपछि ब्राजिलले जुल्स रिमे भनिने ट्रफी सधैंका लागि आफूसँग राख्न पायो ।

आफ्ना बुवा सन् १९५० मा रोएको कुराले दृढसंकल्पित बनाएका पेलेले ब्राजिललाई विश्वकप ट्रफी सदाका लागि राख्न योगदान गरे ।

त्यसको अर्को वर्ष सन् १९७१ मा पेलेले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिएका थिए । त्यसक्रममा उनले ९२ वटा खेल खेलेर ७७ गोल गरे । 

वास्तवमा पेलेले विश्वकपहरूमा देखाएको अद्भुत खेलकौशल नै उनलाई सम्झिने प्रमुख कारणका रूपमा रहेको छ । यसैले गर्दा यस आलेखमा पनि उनको विश्वकप सहभागिताको बारेमा बढी चर्चा गरिएको हो ।

वास्तवमा पेलेले विश्वकपहरूमा देखाएको अद्भुत खेलकौशल नै उनलाई सम्झिने प्रमुख कारणका रूपमा रहेको छ । यसैले गर्दा यस आलेखमा पनि उनको विश्वकप सहभागिताको बारेमा बढी चर्चा गरिएको हो ।

उनले विश्वकपमा कुल १२ गोल गरेका छन् । तर गोलसंख्या भन्दा पनि उनको उपस्थितिले ब्राजिल टीमको खेलमा पारेको प्रभाव अविस्मरणीय छ ।   

तर क्लब स्तरमा पनि उनले अत्यधिक खेल खेल्दै टन्न गोल गरेका छन् । उनी सान्तोस क्लबमा सन् १९५६ देखि १९७४ सम्म आबद्ध रहे । त्यसक्रममा उनले ६३६ खेल खेल्दै ६१८ गोल गरेका थिए । 

उनले सान्तोस क्लबलाई ६ पटक राष्ट्रिय उपाधि र दुईपटक दक्षिण अमेरिकी कोपा लिबर्टाडोरर्स उपाधि दिलाएका छन् । उनी अहिलेसम्म पनि सान्तोस क्लबका सर्वाधिक गोलकर्ता हुन् ।  

त्यसपछि चाहिँ उनी अमेरिका गएर न्यु योर्क कसमस नामक क्लबमा जोडिए । सन् १९७५ देखि १९७७ सम्म उक्त क्लबका लागि ६४ खेल खेल्दै उनले ३७ गोल गरेका थिए । 

क्लबहरूले असाध्यै धेरै विश्व भ्रमण गराउने हुनाले त्यसमै व्यस्त भएर पेलेले ब्राजिललाई कोपा अमेरिका उपाधि दिलाउनका लागि चाहिँ योगदान गर्न पाएनन् । 

सन् १९७७ मा फूटबलबाट पूरै संन्यास लिएपछि पेले मानवीय सहायताका अनेकौं कार्य गरे ।

उनी संयुक्त राष्ट्रसंघका सद्भावना दूत रही वातावरण संरक्षण तथा भ्रष्टाचारविरुद्धको अभियानमा पनि संलग्न थिए । अनि उनले जातिविभेदविरुद्ध फिफाको दूतका रूपमा पनि काम गरेका थिए । 

यसबाहेक उनले विभिन्न परोपकारी कामका लागि विशाल रकम जुटाउन पनि योगदान गरेका छन् । 

पेले तीन वर्षका लागि ब्राजिलका खेलकुदमन्त्री पनि भएका थिए । सन् १९९५ देखि १९९८ सम्म मन्त्री हुँदा उनले फूटबल संघहरूमा हुने भ्रष्टाचार अन्त्य गर्न विभिन्न नीति ल्याएका थिए । उनले खेलकुद र स्वस्थ जीवनलाई प्रवर्धन गर्न पनि योगदान गरेका थिए । 

संसारभरिका फूटबल खेलाडीहरूका लागि पेले प्रेरणाका स्रोत हुन् । पेलेले देखाएका कतिपय खेलकौशललाई अहिलेका सुपरस्टार खेलाडीहरू लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले समेत अनुकरण गर्ने गरेका छन् । 

संसारमा सर्वाधिक रुचाइने खेल फूटबलका कुशल खेलाडी पेलेलाई हार्दिक श्रद्धाञ्जलि !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x