×

NMB BANK
NIC ASIA

उद्यम

अपाङ्गताले नरोकेका गंगाधर : प्रतीक्षालयमा बिताएका रातदिनदेखि खँदिलो आर्टबाट घर निर्माणसम्म

पुस १६, २०७९

NTC
Premier Steels

बुटवलका गंगाधर आचार्यको जीवन आफैंमा एउटा फिल्मजस्तो छ । पर्वतको साविक जलजलामा जन्मे–हुर्केका आचार्यलाई सानैमा पोलियो भयो, समयमै उपचार हुन नसक्दा उनी जीवनभर अपाङ्ग हुन पुगे ।

Muktinath Bank

कहिल्यै निको नहुने पोलियोले निम्त्याएको बेचैनी र पीडा जितेर उनी अक्षर र तस्वीरसँग रमाइरहेका छन् । 
 
गंगाधर पाइला–पाइलामा अप्ठ्यारा पर्खाललाई छिचोल्दै अहिले सफल कलाकार (आर्टिस्ट) को रूपमा स्थापित भएका छन् । २५ वर्षदेखि सिर्जनशीलतामा रमेका गंगाधर अहिले ‘गंगा आर्टस्’को नामले बढी परिचित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीका शहरका भित्तामा चित्र बनाउने/लेख्नेदेखि बोर्ड–ब्यानर, सन्देश सामग्री बनाउन उनकै खोजी हुन्छ । ४३ वर्षका गंगाराम भन्छन्, ‘दुःखमा भोगेका अलग रंगहरू अहिले म पेन्टिङमा देख्छु । एक्लै सिर्फ एक्लै संघर्ष गरेर यहाँसम्म आइपुगें ।’


Advertisment
Nabil box
Kumari

‘समस्याबाट भागेको भए उनी अहिले यो अवस्थासम्म आइपुग्ने थिएनन् । समस्यासँग डराउनु भनेको अन्य समस्यालाई निमन्त्रणा दिनुजस्तै हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्ने रहेछ । जीवन नै यहीँ रहेछ भन्ने मैले संघर्षबाटै सिकें/बुझें,’ गंगाधर थप्छन् । 

Vianet communication

गंगाधरका बुवाको सानैमा निधन भयो । पोलियोले अपाङ्गता बन्न पुगेर हिँडडुल गर्न नसक्ने आचार्यलाई आमा लक्ष्मीले बुटवल ल्याएर छाडिदिइन् । आमालाई घरधन्दा र खेतीपातीले गर्दा फुर्सद हुँदैन्थ्यो । दाइदिदी पढ्न स्कूल जान्थे, गंगाधर दिनभर हातखुट्टाले टेकेर घर वरिपरि फन्को मार्थे । स्कूल टाढा हुँदा उनी पुग्न सक्थेनन्, गाउँघरमा बोकेरै पुर्‍याउन पनि सम्भव भएन । गंगाधरको उमेर बढ्दै जाँदा सास्ती पनि थपिँदै गयो ।
 
बुटवलस्थित समाज कल्याण केन्द्र (हाल बालगृह) ले अनाथ तथा अपाङ्गता भएका बालबच्चालाई आश्रय दिन्छ । प्रवेशिका परीक्षा (एसएलसी) सम्म पढाइदिन्छ तर घरपरिवारमा रेखदेख गर्ने र आश्रय दिने व्यक्ति भए केन्द्रले राखिदिने खबर उनकी आमा लक्ष्मीले पाइन् ।

विक्रम संवत् २०४२ सालमा गंगाधर ७ वर्षको हुँदा लक्ष्मीले बुटवल ल्याएर छोरालाई छाडेर गइन् । गंगाधरलाई त्यो ७ वर्षमा आमाले बिरानो शहरमा छाडेर गएको सम्झना अझै ताजा छ ।

बुटवल आएको ३ वर्षजति उनी मसिना खुट्टा घिसारेरै हिँडे । गोलीगाँठोभन्दा तलको भाग बाङ्गो थियो, सिधा नभएर एकअर्कामा फर्किएका । बुटवल राजमार्ग चौराहामा रहेको केन्द्रमा बस्न थालेपछि उनी पढ्न भनेर तत्कालीन कालिका माध्यमिक विद्यालयमा भर्ना भए । एक–डेढ किलोमिटर टाढाको स्कूल पुग्न गंगाधरलाई घन्टौं लाग्थ्यो ।

पछि विक्रम संवत् २०४५ सालतिर उनलाई केन्द्रबाटै उपचारका लागि काठमाडौं लगियो । १ वर्ष उपचारपछि पैताला अगाडि फर्किए । बाङ्गिएकै भए पनि खुट्टा टेकेर बाहिर–भित्र हिँडडुल गर्न सक्ने भए । थप सुधार हुँदै थियो, २०४६ सालको जनआन्दोलन शुरू भयो । उपचार अघि बढ्न सकेन । उनी बुटवल फर्किए र पढाइलाई निरन्तरता दिन थाले ।

विक्रम संवत् २०५२ सालमा एसएलसी दिएका उनी उत्तीर्ण हुन सकेनन् । केन्द्रमा एसएलसीसम्म मात्रै बस्न पाइन्थ्यो, त्यसैले त्यहाँबाट बाहिरिनुपर्‍यो । 

आश्रमबाट निस्केपछि के गर्ने ? कहाँ बस्ने ? गंगाधरलाई केही थाहै थिएन । आमा र दाइ उनले एसएलसी दिने बेलासम्म पर्वतबाट बसाइँसराइँ गरी चितवन झरिसकेका थिए । भाइ निस्कने थाहा पाएपछि उनलाई लिन दाजु बुटवल आए पनि उनी घर जान तयार भएनन् । त्यसपछि संघर्षका दिन सडक र प्रतीक्षालयबाटै शुरू गरे उनले । शुरूमा केही समय प्रतीक्षालयमा बसे । दिनभरि पसल अगाडि च्यातिएका नोट जम्मा गर्थे । त्यही नोट जाडेर बैंक लैजान्थे । साटेर नयाँ नोट ल्याउँथे । त्यसैगरी केही समय बिताए । सधैं फाटेका नोट त कहाँ भेटिन्थे र ? गंगाधरले त्यसपछि केही गर्नुपर्छ भन्ने सोचविचार गरे ।

सानो उमेरमा उनको रुचि पेन्टिङमा थियो । फाटेका नोट जम्मा गरेर खान समेत नपुगेपछि उनले विक्रम संवत् २०५३ सालदेखि पेन्टिङको काम शुरू गरे । कोठा भाडामा लिएर बस्न र पेन्टिङ गर्न थाले ।

त्यो बेला अहिले जस्तो डिजिटल साइन बोर्डहरू थिएनन् । हातले नै लेखेर बोर्ड, ब्यानर राखिन्थ्यो । उनले पेन्टिङ गर्न थालेपछि जीवन सहज मात्र चलेन, केही आर्थिक बचत पनि हुन थाल्यो । त्यो बेला देशमा निर्वाचन हुँदै थियो । झण्डा बनाउने, व्यानर बनाउने कामले उनलाई भ्याइँनभ्याइँ भयो ।

‘चुनावको बेला धेरै काम पाइन्थ्यो । चुनावबाटै भएको आम्दानीले २०७४ सालमा घर किन्न सफल भएँ,’ गंगाधरले भने । राजनीतिक दलका झण्डा, राष्ट्रिय झण्डा, स्कूल तथा कक्षाका भित्तामा विभिन्न चित्र तथा अक्षर लेख्न परे उनकै नाम पहिले आउँछ । अहिलेको अवस्थासम्म आइपुग्न उनकी आमाको त्यागसँगै गंगाधर आफ्नो मेहनतको पनि ठूलो देन छ । 

पेन्टिङ गरेरै उनले बुटवलमा घर बनाएका छन् । केही गर्ने मनमा इच्छाशक्ति भए अपाङ्गताले नछेक्ने उनको बुझाइ बनेको छ । २०६२ सालमा बुटवलकै एउटा रेडियोमा गंगाधरको अन्तर्वार्ता बज्यो । त्यो अन्तर्वार्ता बजेपछि गौरी नाम गरेकी युवतीले उनलाई पत्र पठाइन् । ४ महिनाजति पत्र आदानप्रदानको क्रम जारी रह्यो । पछि उनीहरूले भागेर बिहे गरे ।

‘म हिँड्न नसक्ने, मागेर नगर्देलान् भनेर भागेर बिहे गर्‍यौं । अहिले हामी दुवै खुशी छौं,’ गंगाधर भन्छन् । गौरीको साथ पाएपछि गंगाधरको हौसला बढेको छ । उनीहरूका २ सन्तान छन् । जेठी छोरी गरिमा कालिका मानवज्ञान माध्यमिक विद्यालयमा १० कक्षामा पढ्छिन् भने कान्छी कृति पनि सोही स्कूलमा ३ कक्षामा पढ्छिन् । 

गंगाधरलाई शुरूशुरूमा काम पाउन निकै मुस्किल पर्‍यो । धेरैले शरीरलाई काम गर्ने ‘जोखना’का रूपमा तुलना गरेको उनी बताउँछन् । ‘काम सानो–ठूलो हुँदैन्थ्यो तर मेरो शरीर हेरेर काम दिन गाह्रो मान्थे,’ गंगाधरले विगत सम्झे । उनलाई अहिले भने काम पाउन गाह्रो छैन । फोन सम्पर्कको भरमा अहिले काम पाइरहेका छन् उनी । एकपटक काम लगाएकाहरूले अहिले पनि गंगाधरबाटै काम लगाउने गरेका छन् ।

ठूला भित्ते पेन्टिङ गर्न गंगाधरलाई खुट्टाले दिँदैन । भूइँमै बसेर र सामान्य उभिएर गर्नुपर्ने काम एक्लै गर्छन् । ठूला पेन्टिङको काम साथीहरूसँग मिलेर गर्दै आएका छन् । 

आचार्य भन्छन्, ‘पहिले खासै व्यापार हुन्थेन, अहिले ‘आर्ट’लाई बिस्तारै बुझ्न थालिएको छ । मेहनतको प्रतिफल राम्रै भइरहेको छ । २–४ पैसा यसैबाट कमाइन्छ । आफूसहित परिवारलाई खुशी राख्न सकेको छु ।’

आर्ट मनको आनन्द पनि हो, कलाभित्र सन्तुष्टि हुनुपर्छ भन्दै निरन्तर लागिरहेका छन् आचार्य । ‘कला मेरो रोजाइँको विषय हो । यसबाट म सन्तुष्ट छु,’ गंगाधर भन्छन्, ‘हिजो भित्तेलेखन व्यवसाय खासै माथि उठ्न सकेको थिएन । यो व्यवसायका विषयमा ज्ञान समेत कम हुन्थ्यो । आज त्यो अवस्था छैन । आर्ट अध्ययन समेत गर्न पाइन्छ ।’ पछिल्लो समय कला क्षेत्रमा रुचि राख्ने युवाको संख्या पनि बढ्दो छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x