×

NIC ASIA

‘सिङ्गल मान्छे मलाई पैसा किन चाहियो ?’

पुस १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (माओवादी केन्द्र) का नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभइ काम गर्नका लागि पदमा आएको बताएका छन् । आफू सिङ्गल भएकाले पैसाको आवश्यकता नभएको पनि उनले बताए ।

Muktinath Bank

मेयरसिंह जौवारी प्रतिष्ठानले शनिबार यहाँ आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा मन्त्री श्रेष्ठले त्यस्तो बताए । ‘मलाई पैसाको कुनै लालच छैन, सिङ्गल मान्छे मलाई पैसा किन चाहियो ?’ उनले जिज्ञासा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो पद पावरका लागिभन्दा पनि देशको सेवा भावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको सुनाए । नेता श्रेष्ठ अविवाहित छन् । पैतृक सम्पति समेत बेचेर ऋण तिरेको उनको भनाइ छ । आफूसँग कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’ आफूलाई यहाँसम्म ल्याउन प्रतिष्ठान र आफ्ना नातेदारहरुको भूमिका पनि महत्वपूर्ण रहेको उनले बताए । 

Vianet communication

‘तपाईहरुले मलाई कुनै अनावश्यक काम गर्न दवाव दिनु भएन, तपाईहरुको हौसला मेरालागि सधै प्रेरणा बन्यो’ उनले भने, ‘ऐन, नियम विपरित तपाईहरुले मलाई काम गर्न कुनै दवाव दिनु भएन र त म अहिले यहाँ छु ।’ 

कार्यक्रममा प्रतिष्ठानका सचिव मनोवावु श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आउँदादेखि हालसम्म पनि नेता श्रेष्ठको भूमिका सधै केन्द्रमा रहेको बताए । नेता श्रेष्ठको काम गराइले अहिलेको सरकार पनि जनमूखी हुनेमा आफू विश्वस्त रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x