×

NMB BANK
NIC ASIA

सुत्केरी मसला नेपालमा मात्र नभएर विदेशमा समेत माग हुन थालेको छ । यो मसला जाडो मौसममा झन् धेरै खपत हुने व्यापारीहरूको भनाइ छ । 

Muktinath Bank

गुदपाक शैलीमा बनाइने यो परिकार विशेषगरी सुत्केरीलाई तयार गरिने भए तापनि जो कोहीले खाँदा स्वास्थ्यका लागि फाइदै–फाइदा हुन्छ । यो मसला हाम्रो परम्परागत रैथाने मौलिक परिकार हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो धेरै औषधीय जडिबुटी र मसला, घ्यू, खाद्य गम, खुवा (गाढा र केन्द्रित दूध), गुड र मूंगफली, बीउ र सुक्खा फल (बदाम, काजू, पिस्ता, नरिवल, खजूर, किसमिस आदि) को मिश्रण गरेर बनाइन्छ । बत्तीसा पाउडर (३२ आयुर्वेदिक जडिबुटी र मसलाको पाउडर मिश्रण) यो सुपर फूडको अर्को महत्त्वपूर्ण घटक हो ।


Advertisment
Nabil box
Kumari

के महिला, के पुरुष सबैका लागि सबैले खान मिल्छ यो परिकार । सुत्केरी मसलामा आयुर्वेदिक जडिबुटी तथा मसलाहरूको मिश्रण भएकाले तपाईंको रोगसँग लड्ने क्षमतालाई बढाउनुका साथै तपाईंलाई सधैं तन्दुरुस्त राख्दछ । महिला–पुरुष दुवै वर्गका लागि उपयोगी यो परिकारले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि धेरै मद्दत पुर्‍याउँछ । आमाको सुत्केरी मसला, मामाको सुत्केरी मसला, कोशेली सुत्केरी मसला, हेल्दी सुत्केरी मसला, अर्ग्यानिक सुत्केरी मसला, स्वास्थ्यबर्द्धक सुत्केरी मसला धेरै ब्राण्डले यो परिकार चिनिन थालेको छ ।

Vianet communication

पौष्टिक आहारले भरिपूर्ण यो परिकार बच्चादेखि बूढाबूढीलाई समेत एक सम्पूर्ण आहार मानिन्छ । रोग प्रतिरोधात्मकताको लागि पनि उपयोगि मानिएको छ । अथाहा जडिबुटीको मिश्रणबाट बनाइने यो परिकार आयुर्वेदिक हिसाबले पनि पौष्टिक र स्वास्थ्यबर्द्धक मानिन्छ ।

हिमाली बत्तीसा चुर्ण मिसाएर बनाउने हुँदा पनि यो पोषिलो र स्वादिष्ट मानिन्छ । बत्तीसा चुर्ण अमला, बेल, अर्जुना, हर्रो, बर्रो, काफल, दाल्चीनी, काउसो, जीरा, गुर्जु, जेठीमधु, कचुर, ज्वानो, कुरिलो, मझितो, कोइरालो, नागकेसर, मरिच, नगरमोथे, पखन्भेद, पुनरनभा, पिप्ला, सतवार, शंखपुष्पे, सुठो, सिमल, ठूलो ओखती, तेजपात लगायतका जडीबुटीहरू मिसाएर बनाइएको हुन्छ । बत्तीसा आफैंमा पनि एक आयुर्वेदिक दवाइ मानिन्छ । बत्तीसा चुर्ण सुत्केरी मसलामा हाल्नैपर्ने हुनाले यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ ।

कसरी तयार गर्ने सुत्केरी मसला ?

सुत्केरी मसला बनाउन चाहिने सामग्रीः दूध १ लिटर, मिस्री ३ चम्चा, दालचिनी ७ ग्राम, मरिच ३ ग्राम, ल्वाङ २ ग्राम, सुकमेल ७ ग्राम, जाइफल १ पिस, काजु ७० ग्राम, ठूलो बदाम ६० ग्राम, ओखर ५० ग्राम, नरिवल ४० ग्राम, बत्तीसा पाउडर ३ चम्चा, शुद्ध घ्यू २५० ग्राम, मेथी २ चम्चा, ज्वानो २ चम्चा, किसमिस ७० ग्राम, गुद ६० ग्राम, खुवा १२० ग्राम, मेलोन सिड्स (खर्बुजाको दाना) ४० ग्राम, छोगडा ५० ग्राम, पिस्ता ३० ग्राम, मखना ७० ग्राम, खुबनी ५० ग्राम, पहाडी बदाम, फिग (अन्जिर) ३० ग्राम, पुर्निज (आरुबखडा) ४० ग्राम, जामुन २० ग्राम ।

सुत्केरी मसला बनाउने विधिः दिएको सम्पूर्ण गरम मसला र ज्वानोलाई ग्यान्डरमा पिसेर १ भाँडोमा राख्ने । ड्राई फ्रुटलाई क्रयास गरेर अर्को भाँडोमा राख्ने । एक साइडमा दूध उमालेर राख्ने । घ्यूमा गुद, किसमिस छुट्टाछुट्टै फुराएर अर्को भाँडोमा राख्ने । बाक्लो भाँडोमा बाँकी घ्यू तताएर मेथि फुराउने र बत्तीसा पाउडर भुटेर गरम मसला पाउडर र ड्राइ फ्रुटको क्र्यास हाल्दिने । केहीबेर भुट्नासाथ दूध, खुवा, मिस्री हाली सानो आँचमा २५–३० मिनेट घोटेर पकाउने । अन्त्यमा किसमिस, गुद हाली पुनः एकछिन पकाउने । यदि लामो समयसम्म भण्डारण गर्ने हो भने खुवा नहाल्दा हुन्छ । यसरी तयार भएको सुत्केरी मसला सुत्केरी भएको ११ दिन पछाडि दिनमा २–२ चम्चा खुवाउन सकिन्छ । यो मसला खुवाउँदा आमाको शरीर बानिने, दूध आउने र सर्दी नलाग्ने हुन्छ । यो मसलाको परिकार सुत्केरीले मात्र नभई जो कोहीले खाँदा पनि फाइदा पुग्छ । च्यबन्प्रासभन्दा धेरै गुणा यो परिकारले फाइदा पुग्ने आयुर्वेदका विज्ञहरूको भनाइ छ ।

बत्तीसा पाउडर असन या अन्य स्थानको पुरानो–पुरानो खाद्य भण्डार या आयुर्वेदालयमा सजिलै किन्न पाइन्छ । सामग्री जुटाउन सके आफैंले पनि बत्तीसा चुर्ण बनाउन सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x