×

NMB BANK
NIC ASIA

नयाँ नोट जारी गरी पुरानो नोट सटही गर्न प्रचण्डसमझ माधव नेपालको माग

माघ १७, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीका अध्यफ माधवकुमार नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

Muktinath Bank

मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले २० वटा बुँदा समेटेर ध्यानाकर्षण गराएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।


Advertisment
Nabil box
Kumari

ध्यानाकर्षणको ९ औं नम्बर बुँदामा अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न माग गरिएको छ।

Vianet communication

साथै मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको अवस्थामा देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरिएको छ ।

ज्ञापन पत्रमा जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति पलायनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महंगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरिएको छ ।

सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, ८ देखि १२ कक्षासम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रूपमा ज्ञापनपत्रमा उल्लेख छ । 

प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आफू समस्या समाधानका लागि सबै सरोकार पक्षसँग छलफल गर्ने बताए । उनले बजार भाउलाई नियन्त्रण गर्न नीतिगत रूपमा नै आवश्यक परिवर्तन गरी जनजीविका सहज गराउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

उक्त अवसरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत शीर्ष नेताको पनि उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x