जेठ १, २०८१
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो । बलात्कार मुद्दामा काठमाडौं ...
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको उजुरी परेको छ । सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप आरोपपत्रमा उल्लेख छ ।
काठमाडौँ, टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर सापकोटाबाट पीडित स्वास्थ्य व्यवसायीहरुले उजुरी दर्ता गराएका हुन् । सापकोटाले विकास सर्जिकलबाट लिक्विड वास्टमा ४ करोड रुपैयाँ दुरुपयोग गरेको आरोप छ ।
यस्तै, हेमोडायलासिस मेसिन खरिदमा ३ करोड, सञ्जीवनी सप्लायर्ससँग युएसजी खरिदमा २ करोड, वेब टे«डिङ सप्लायर्सबाट वास्ट मेसिन खरिदमा २ करोड रुपैयाँ दुरुपयोग गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।
सापकोटाले औषधि व्यवसायी मकुन्द गौतमको विभिन्न कम्पनीबाट औषधिजन्य खरिदमा मिलेमतो गरेर ५ करोड दुरुपयोग गर्नुका साथै आयुर्वेद औषधिमा ४० लाख र छपाई, स्टेशनरी सामान खरिदमै ८० लाख रुपैयाँ दुरुपयोग गरेको व्यवसायीले अख्तियारमा गरेको उजुरीमा उल्लेख छ ।
सापकोटाले सिटी स्क्यानमा २ करोड, निजी अस्पताल स्तरउन्नतिको नाममा ३ करोड रकम दुरुपयोग गरेको बताइएको छ । यस्तै, एम्बुलेन्स तथ पिकअप गाडी खरिदमा पनि १ करोड दुरुपयोग गर्दै २५ करोड रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।
सापकोटाले पत्नी र छोराका लागि प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी प्रयोग गरेको आरोप लगाइएको छ । आपूर्ति व्यवस्थापनमा कमाएको रकमले नै रोजभिल्लामा ५ करोड रुपैयाँ बराबरको घर लिएको तथा भ्रष्टाचार बढी गरेर कमाएको रकम सनराइज र राष्ट्रिय वाणिज्य वैंकमा बचत गरेको आरोप छ ।
४५ हजार तलब खाने कर्मचारीको अकुत सम्पत्तिको छानबिन गर्न माग गर्दै हरेक काममा कमिसन मागेर हैरान पारेपछि व्यवसायी अख्तियार पुगेको एक व्यवसायीले बताए ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो । बलात्कार मुद्दामा काठमाडौं ...
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...