×

NMB BANK
NIC ASIA

राजनीतिक कोर्स करेक्सन भइसक्यो, अब नयाँ समझदारीका साथ अघि बढ्छौँ- कांग्रेस सांसद

फागुन १९, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता तथा सांसद मोहनबहादुर बस्नेतले पुस १० गतेको राजनीतिक कोर्स करेक्सन भइसकेकाले अब नयाँ समझदारीका साथ दलहरू अघि बढ्ने बताएका छन् ।

Muktinath Bank

पूर्वमन्त्री बस्नेतले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ दलीय गठबन्धनबीचको राजनीतिक समझदारीले देशलाई निकास दिने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्रिय राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै सम्हालिएर अघि बढ्न उत्साह राख्नुपर्ने र राजनीतिक निकासका लागि उच्च सुझबुझ राख्नुपर्ने बेला आएको उनको भनाइ थियो। 


Advertisment
Nabil box
Kumari

‘कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाजीले दूरदर्शिता राख्नुभयो, हामीले राजनीतिक निकासका लागि दिशानिर्देश गर्ने, संवाद गर्ने र देशको अहिलेको आवश्यकतालाई बोध गरेर रुपान्तरणको बाटोमा अघि बढ्न प्रेरित गरेपछि अब देशले निकास पाउने आशा जागेको हो,’ उनले भने ।

Vianet communication

पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सम्बोधनका क्रममा पहिलेका त्रुटी सच्याएर जाने, संविधानको अक्षरसः पालना पर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेपछि कांग्रेसले सहकार्यको प्रस्ताव अघि बढाएको बताए । ‘प्रधानमन्त्रीजीले सरकार राम्रोसँग चलाउछु र विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने संकल्प गर्नुभयो । बिना स्वार्थ काम गर्छु भन्ने उहाँको अभिव्यक्तिको आधारमा मैले संवादको थालनी गरेको हुँ,’ उनले भने ।

उनले सरकार गठनपछि एमालेको गतिविधि त्यति राम्रो नभएको आरोप लगाए । राप्रपा र रास्वपालाई राम्रा मन्त्रालय जिम्मा लगाउने र अस्थिरतामार्फत फेरि कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्ने वातावरण बन्दै पछि कांग्रेसले चुनावी गठबन्धन ब्युँत्याउन प्रयास थालेको उनको भनाइ थियो ।

‘वार्ताकारको गल्ती हामीले सच्यायौँ’

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले कांग्रेसको त्यही अग्रसरताका कारण ५ दलीय गठबन्धन ब्युँतिएको बताए ।

शुरूमा माओवादी उपमहासचिव वर्षमान पुन अनन्तसँग संवाद गरेको बताउँदै नेता बस्नेतले त्यसपछि क्रमशः सहकार्यमा पुगेको जानकारी दिए । उनले नयाँ राजनीतिक अध्याय शुरू भएको र यसमा सत्ता स्वार्थ नरहेको दाबी पनि गरे। ​

बस्नेतले पार्टीभित्रकै केही नेताका कारण गठबन्धन भत्किए पनि अन्ततः पुनर्मिलन भएको बताए । ‘कांग्रेसकै केही वार्ताकारहरूले राजनीतिक सुझबुझ राख्नसक्नुभएन । वार्ताकारहरूले जिम्मेवारी निभाउन सक्नुभएन । आउन सक्ने परिस्थितिजन्य क्रियाकलापहरू बुझ्न सक्नुभएन । सरकार बनाउने परिस्थिति रोकियो । र, अर्को परिस्थिति बन्यो, अहिले आएर त्यो अवस्था करेक्सन भइसकेको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x