×

NIC ASIA

तिलोत्तमा सरसफाई अभियान १००औं शृंखलामा, विभिन्न कार्यक्रम गरिँदै

फागुन २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको १००औं शृंखला भव्यताका साथ मनाउन विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

Muktinath Bank

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट शुरू भएको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियान निरन्तर सञ्चालनमा रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी चैत्र १ गते १००औं शृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

सम्भवतः निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाका सरसफाई अभियान उपत्यका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाईउन्मुख नगरपालिका बनाउन सफल भएको छ । 

Vianet communication

चैत्र १ गते पुग्ने १००औं शृंखलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बुधवार आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । सरसफाईलाई नगरवासीको जीवन पद्धतिसँग जोडेर दीगो बनाउनेतर्फ नगरपालिका अग्रसर रहेको उनले बताए  ।

कार्यक्रम अन्तर्गत फागुन २७ गते नगरस्तरीय सरसफाई र रक्तदान, फागुन ३० गते मानव साङ्लो सहितको सिक्सलेन सफाई र चैत्र १ गते १००औं शृखंलाको स्मारक उद्घाटन, झाँकीप्रदर्शन तथा सम्मान कार्यक्रम र ‘नो हर्न’ नगरपालिका घोषणा कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत् हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् । 

चैत्र १ गतेबाटै तिलोत्तमामा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रम पनि शुरू हुँदैछ । नगरपालिकाले ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’को महाअभियानलाई सफल बनाउन चरणबद्ध रूपमा सरकोकारवालाहरूसँग छलफल गरिसकेको छ ।

अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षका सुझाव संकलन गरिएको हरियाली प्रवद्र्धन तथा सरसफाई व्यवस्थापन तथा कार्यान्वयन समिति संयोजक सुरेन्द्र श्रीले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x