×

NMB BANK
NIC ASIA

मेक्सिकन खानाका परिकार नेपालीहरूलाई धेरै मन पर्छ । किनकि मेक्सिकन परिकारहरू पिरो र निकै चटपटा स्वादका हुन्छन् ।

Muktinath Bank

मेक्सिकनहरूका परिकारमा प्रायः धेरैमा चिज प्रयोग गर्ने हुँदा स्वादिष्ट पनि त्यतिकै हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेक्सिकन परिकारहरूमा अत्यधिक मात्रामा रोलहरू पर्छन् । विश्वभर मेक्सिकन खानाका पारखीहरू धेरै भेटिन्छन् । युरोप, अमेरिका, एसिया, अस्ट्रेलिया लगायत प्रायः सबै महादेशमा मेक्सिकन परिकार चल्छ । पिरो, अमिलो र चिज प्रशस्त प्रयोग गर्ने हुँदा मेक्सिकन परिकारको मजा नै छुट्टै अनुभव हुन्छ ।


Advertisment
Nabil box
Kumari

मेक्सिकन फजिता रोल बनाउन चाहिने सामग्रीः बोनलेस चिकन २८० ग्राम, जैतुनको तेल २ चम्चा, गार्लिक चप १ चम्चा, जुलिएन प्याज २ पिस, भेडे खुर्सानी १ पिस, कागतीको रस ५ एमएल, हरियो खुर्सानी ४ पिस, धनियाँ आधा मुठा, नून स्वादअनुसार, चिल्ली फ्लेक्स आधा चम्चा, जिराको धुलो १ चम्चा, चिज ६० ग्राम, साल्सा आधा कप, टोर्टिला र्‍याप ३ पिस ।

Vianet communication

null

मेक्सिकन फजिता रोल बनाउने तरिकाःप्यान तताउने र तेल हाली तात्न दिने । केही समयपश्चात गर्लिक, प्याज, हरियो खुर्सानी हाली सते गर्ने । मसिनो गरी काटेको चिकन हाली राम्ररी चलाउने ।

नून, खुर्सानी, जिरा हालेर चलाउने र बाँकी सामान हाली एकछिन पकाउने । अन्त्यमा चिज, धनियाँ (सिलेन्ट्रो) हाली फिनिसिङ गर्ने । टोर्टिला र्‍याप लिएर पाकेको मिक्चरलाई हाली रोल बनाउने र राम्ररी टाइट गरी बेर्ने । फजिता रोल तयार भएपछि बीचमा काटेर साल्सा सससँग सर्भ गर्ने । भेज खाना रुचाउनेले यो परिकारमा चिकनको ठाउँमा पनिर या च्याउ हालेर सर्भ गर्न सकिन्छ ।

null

साल्सा सस कसरी बन्छ ?

साल्सा बनाउने एक ठूलो खालको गोलभेडालाई मसिनो गरी काट्ने । त्यसमा नून, मरिचको धुलो, चप गरेको हरियो खुर्सानी, धनियाँ, कागतीको रस, चिल्ली फ्लेक्स, चिनी, टोम्याटो पिउरी, लसुनको पेस्ट हालेर सजिलै बनाउन सकिन्छ । यो साल्सा सस फजिता रोलका साथसाथै अन्य रोलहरूमा पनि निकै स्वादिष्ट र स्वास्थ्यबद्र्धक मानिन्छ । सल्सा मन नपर्नेले चिज सस, टोमेटो केचप या सावर क्रिमसँग पनि फजिता रोल सर्भ गर्न सकिन्छ ।

null

टोर्टिला र्‍याप कसरी बनाउने ?

टोर्टिला र्‍याप बनाउन मैदामा नून, बेकिङ पाउडर, पानी हालेर मुछ्ने र केही समय रेस्ट गराएर ठीक्कठीक्कको डल्ला बनाएर बेल्ने । पातलो गरी बेलेको यो रोटीलाई नन स्टिक प्यानमा राम्ररी रोटी पकाए जसरी दुवै साइड फर्काएर पाक्न दिने । हल्का चिसो हुनासाथ प्लास्टिकको ब्यागमा राखेर सफ्ट बनाउने । अब यो तयार भएको टोर्टिला र्‍याप फजिता रोललाई मात्र नभई अन्य रोलहरूलाई पनि प्रयोग गर्न सकिन्छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x