×

NMB BANK
NIC ASIA

सफल फिल्मको सिक्वेल र सिरिजबीच भिडन्त तय, ‘पशुपति प्रसाद २’ र ‘परदेशी २’ एकै मितिमा

चैत १२, २०७९

NTC
Premier Steels

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

Muktinath Bank

निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ गते) रोजेको हो । योसँगै दुई प्रतीक्षित फिल्मबीच प्रतिस्पर्धा हुने तय भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल छायांकनरत दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले यसअघि नै दशैंको फूलपातीलाई प्रदर्शन मिति ‘लक’ गरिसकेको छ । अब दशैंको फूलपातीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’बीच भिडन्त हुने तय भएको हो ।


Advertisment
Nabil box
Kumari

‘परदेशी २’ लोकप्रिय गायक प्रकाश सपूतको डेब्यू फिल्म हो । रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।

Vianet communication

यस्तै, ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ निर्माण भइरहेको हो । यो फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतको अभिनय रहनेछ । 

यसअघि ‘पशुपति प्रसाद’मा शीर्ष भूमिकामा रहेका खगेन्द्र लामिछाने यो फिल्ममा लेखक एवं निर्माताका रुपमा मात्र छन् । टुकी आर्ट्सको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो ।

‘पशुपति प्रसाद’ र ‘परदेशी’ दुवै सात वर्षअघिका हिट फिल्महरू हुन् । सोहीकारण पनि ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’ दुवै फिल्मलाई लिएर दर्शकको ठूलो जमातमा पखाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x