×

NMB BANK
NIC ASIA

'कोशी' नाम खारेजीको आन्दोलन

पहिचानवादीको आन्दोलनले विराटनगर दिनभर तनावग्रस्तः १२ प्रहरी घाइते, २९ राउण्ड हवाई फायर

चैत १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदलेशसभाम सदस्यहरूका लागि दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रमको आयोजना विराटनगरको बिग होटलमा एक गैरसरकारी संस्थाले गरेको थियो ।

Muktinath Bank

दिउँसो २ बजेदेखि होटलमा कार्यक्रम आयोजना गरिएको थियो । तर आन्दोलन हुनुभन्दा अगाडि नै पहिचान पक्षधरहरूले होटल अगाडि नाराबाजी गर्न थालिहाले । नाराबाजीले आन्दोलनको उग्र रूप लियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'कोशी' नाम खारेजी गरी पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् ।


Advertisment
Nabil box
Kumari

पक्षधरको निरन्तर आन्दोलनका कारण विराटनगर तनावग्रस्त बनेको धेरै दिन भइसक्यो। 

Vianet communication
Laxmi Bank

विराटनगरको होटल बिग भएको कार्यक्रममा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तीमा २५ जना घाइते भएका छन्। आन्दोलनकारीले प्रहरीको घेरा तोडेर बढेपछि झडपको स्थति निम्तिएको थियो। 

झडपमा सशस्त्र र नेपाल प्रहरीका गरी १२ जना घाइते भएका मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए ।

 यता आन्दोलनकारीका तर्फबाट १२ जना बढी घाइते भएका पहिचानवादी नेता अर्जुन जम्मेली राईले बताए ।

९ जनालाई विराटनगरका अस्पतालहरूमा उपचार गराइएको छ ।  जम्मेलीका अनुसार आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बू, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बू, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बू छन्। 

आक्रोशित आन्दोलनकारी घेरा तोडेर बढेका र प्रहरीलाई ढुंगामुढा बर्साएपछि स्थिति  नियन्त्रणमा लिन २९ राउन्ड हवाई फायर गरिएको थियो भने ४४ सेल अश्रुग्यास प्रहार भएको थियो।

जसमध्ये १७ राउन्ड नेपाल प्रहरीले र १३ राउन्ड हवाई फायर सशस्त्र प्रहरीले खोलेका एसपी पोखरेलले बताए । १३ सेल अश्रुग्यास नेपाल प्रहरी र ३१ सेल सशस्त्र प्रहरीले प्रहार गरेको थियो। प्रहरीले आन्दोलनकारीलाई तिरबितर बनाउन पानीको फोहोरासमेत प्रयोग गरेको थियो। ​

यूएनडीपीको आयोजनामा प्रदेश सांसद सहभागी भएको उक्त कार्यक्रम मंगलबार र बुधबारका लागि तय भएको थियो। यस कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटलमा तय गरिएको थियो। तर त्यहाँ प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षाका कारण विराटनगरको होटल बिगमा राखिएको हो।

तर यहाँ पनि सांदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउ गर्न पुगेका थिए। 

संघर्ष समितिले 'कोशी' नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहु पहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन गर्नुपर्ने लगातार माग गरिरहेका छन्। सांसदहरू सहभागी हुने कार्यक्रम र होटल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको थियो । 

आन्दोलनकारीले बिग होटलको क्याफे पनि तोडफोड गरिदिएका छन् । आन्दोलनकारीको ढुंगामुडाबाट क्याफेका सिसा र सोफाहरू तोडफोड भएका छन्। 

होटलमा  भएको कार्यक्रममा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको हो। 

nullnullnullnullnullnullnullnullnullnullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x