×

NMB BANK
NIC ASIA

मिटरब्याजीले दिएको पीडा

पैदलै काठमाडौं आएका पीडितको रोदन: २ लाख ऋण दिएर २८ लाखको तमसुक बनाए [भिडियो रिपोर्ट]

चैत १५, २०७९

NTC
Premier Steels

मंगलवार दिउँसो बानेश्वरस्थित एभरेस्ट होटलअगाडि पुग्दा एक हुल महिला पुरुष सडकमा पलेटी कसेर बसेका थिए ।

Muktinath Bank

महोत्तरीको बर्दिबासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका उनीहरू मिटरब्याजीबाट पीडित सर्वसाधारण हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खुलामञ्चभित्र बस्ने उनीहरूको तयारी थियो, तर आइपुग्दा नपुग्दै गेटमा भोटेताल्चा लगाइयो अनि सुरक्षाकर्मीहरू लौरो लिएर बसे । खुलामञ्चमा बस्न नपाएपछि संसद् भवन बानेश्वरतिर अगाडि बढेका उनीहरू एभरेस्ट होटलनजिक पुग्दा काँडेतारको बार खडा भइसकेको थियो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

९२ जनाको समूहमा रहेका उनीहरू महिलापुरुष बराबरीजस्तै छन् । महिलाहरूले एक हातले काखे बालक च्यापेका थिए भने अर्को हातमा विरोधका प्लेकार्ड बोकेका थिए। भोकैप्यासै हिँडेकोले होला उनीहरूको अनुहार थकित अनि पैँताला फुटेका देखिन्थ्यो ।

त्यतिकैमा मेरो नजर एक पुरुषमा पर्‍यो । खैरो टिशर्ट लगाएका ती पुरुषलाई काठमाडौंसम्म आउनुको कारणबारे सोध्दा डाँको छाडेर रुन थाले ।

नाम श्याम विश्वकर्मा, घर लहान- ७ सिरहा ।

विश्वकर्माले रुँदै भने, 'साहुले मलाई सधैं घर खाली गर भनेर धम्की दिन्छ । सबै सम्पति साहुलाई ऋण तिरेर सिद्धियो। म अहिले भाडाको घरमा बस्छु। साहुले घरबेटीलाई समेत टर्चर दिन्छ, यिनीहरूलाई भाडामा किन राखेको भनेर ।'

null

उनले थपे, 'मेरो आर्थिक अवस्था यति कमजोर छ कि मेरो छोराहरू होटलमा भाँडा माझ्छन्। उनीहरूले पढ्न सकेनन्, ऋणले गर्दा । मेरो श्रीमतीलाई धेरै टेन्सन भएर प्यरालाइसिस भयो। उनी अहिले ओछ्यानमा छिन्।'

उनी डाँको छाडेर रुन थालेपछि अन्य मिडियाका बुम पनि उनीतिर तेर्सिए ।

उनका दाजुले करीब ७ वर्षअगाडि पसल खोल्न सोही वडाका साहु रामबाबु महतोसँग ५ लाख रुपैयाँ ऋण लिएका रहेछन्, तर दाजु अचानक उठ्नै नसक्नेगरी मिर्गौला रोगले थला परे ।

null

त्यसपछि उनले दाजुको उपचार गर्न भनी उनै साहुसँग १० लाख रुपैयाँ ऋण थपे। दाजुको उपचारमा सबै रकम खर्च भएको उनी बताउँछन् । त्यसयता पटक-पटक गरी २६ लाख रुपैयाँ साहुलाई बुझाइसकेको उनको दाबी छ ।

'अब हामी मर्नै परे काठमाडौंमा नै मर्ने हो, गाउँमा मर्दैनौं । जबसम्म सरकारले न्याय दिँदैन, तबसम्म हामी गाउँ फर्कंदैनौं,' विश्वकर्माले रुँदै भने, 'बर्दिबासबाट धेरै कष्टले हिँडेर पहाडको बाटो चढ्दै आयौं । धेरै गाह्रो भयो। बाटोमा ज्वरो आयो । सर्दी लाग्यो। तर, पनि पैसाको पीडाअगाडि यो पीडा केही हैन ।'

गोलबजार- ५ सिरहाकी सञ्जलाकुमारी सिंहले स्थानीय सम्रिकादेवी महतोसँग २ वर्षअगाडि ५० हजार ऋण मागेकी रहिछन् । शुरूमै ब्याजको ५ हजार कटाएर उनको हातमा ४५ हजार मात्र पर्‍यो ।

null

त्यसको २ महिनापछि ८० हजार ऋण थपेकी सिंह किस्ता–किस्तामा (६० हजार, ४५ हजार, १० हजार र ५ हजार) गरी १ लाख २० हजार तिरिसकेको बताउँछिन् । र, उनले अझै ८ लाख २५ हजार तिर्न बाँकी रहेको भन्दै मुद्दा चलाइएको छ ।

'साहुले झुक्याएर ८ लाख २५ हजारको कागज बनाइदिएछ', उनले भनिन्, 'अहिले मलाई साहुले अदालतमा ८ लाख २५ हजारको मुद्दा लगाएको छ । त्यसैले न्यायका लागि काठमाडौं आएको हुँ ।'

सिराहाकै पवित्रीदेवी सिंहले विमलादेवी शर्मासँग २ लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर झुक्याएर २८ लाखको कागज बनाइदिएको उनको आरोप छ।

null

विमलालाई पटक-पटक गरी करीब ५ लाख रुपैयाँ तिरिसकेको पवित्रा बताउँछिन् ।

बाँकी भिडियोमा :

null

null

null

null

null

null

null

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x