×

NMB BANK
NIC ASIA

लगानी विस्तार गर्दै लिटमस : नयाँ प्लान्ट स्थापनादेखि आईपीओ निष्कासनसम्मको तयारी

चैत १५, २०७९

NTC
Premier Steels

नेपाली बजारमा आक्रामक उपस्थिति जनाउन सफल लिटमस इन्डस्ट्रिजले आफ्नो लगानीलाई ४ अर्ब रुपैयाँ पुर्‍याई नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ ।

Muktinath Bank

विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको उक्त कम्पनीले लगानी विस्तार गरी नवलपरासीको परासीस्थित १५ बिघा जमिनमा नयाँ प्लान्ट स्थापना गर्न लागेको कम्पनीका उपाध्यक्ष सरोज मिश्राले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरायसीदेखि प्रसारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि केबलसम्म उत्पादन गर्दै आएको लिटमसमा रमेश कर्पको लगानी रहेको छ । सो उद्योगले हाल बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट आफ्नो उत्पादन गरिरहेको छ । अब दोस्रो प्लान्ट परासीमा बन्ने भएको हो ।


Advertisment
Nabil box
Kumari

२ बिघा क्षेत्रफलमा फैलिएको बुटवलको यस उद्योगमा रमेश कर्पले करीब १ अर्ब रुपैयाँ लगानी गरिसकेको कम्पनीका उपाध्यक्ष मिश्राले जानकारी दिए । 

Vianet communication

उनले भने, ‘हाम्रो योजना करीब ४ अर्ब लगानी विस्तारको हो, जसमा १ अर्ब लगानी भइसकेको छ, बाँकी पनि प्रक्रियामा छौं ।’ 

सन् १९७७ मा लुम्बिनी विद्युत् उद्योगको नामबाट यस कम्पनीले बजारमा उपस्थिति जनाएको हो । शुरूआती समयमा एसीएसआर कन्डक्टर मात्रै उत्पादन गरेको यस उद्योगले समयक्रमसँगै अन्य वस्तुहरू पनि उत्पादन गर्न थाल्यो । 

null

सन् १९९४ मा इनामेल वाइन्डिङ वायर उत्पादन थालेको कम्पनीले सन् १९९६ मै नयाँ उत्पादन भारतीय बजारमा निर्यात गर्न सफल भएको थियो । 

भारतको चेन्नई, (तत्कालीन मद्रास) कोलकत्ता, दिल्ली लगायतका ठाउँहरूमा दैनिक २० देखि २५ ट्रक इनामेल वाइन्डिङ वायर निर्यात गर्ने गरेको थियो । तर केही समयपछि भारत सरकारले नेपाली उत्पादनमा आयात शुल्क लगाउँदा उद्योगले आफ्ना उत्पादन भारत निर्यात गर्न रोकेको उपाध्यक्ष मिश्राले जानकारी दिए । 

उद्योगले सन् १९९८ मा पेपर इन्सुलेटेड स्ट्रिप्सको पनि उत्पादन शुरू गर्न थालेको उद्योगले सन् २००६ मा पावर केवल र सन् २००८ मा एरियल बन्च्ड केबल उत्पादन शुरू गरेको थियो । उद्योगलाई आक्रामक रूपमा विस्तार गर्दै गएको कम्पनीले सन् २०१० मा एनएस गुणस्तर अवार्डका रूपमा महत्त्वपूर्ण सफलता हात पार्‍यो । त्यसपछि सन् २०१५ मा इन्डियन स्ट्यान्डर्ड सटिफिकेसन समेत यस उद्योगले पायो । 

कम्पनीले स्थापनाको लामो समयपछि उद्योगको सञ्चालक तथा कर्मचारीहरू हेरफेर गर्‍यो । सन् २०१९ मा पुराना कर्मचारीलाई बिदाई गर्दै कम्पनीले नयाँ सञ्चालक तथा उच्च व्यवस्थापनको समेत हेरफेर गरेको थियो ।

नयाँ व्यवस्थापन ल्याएसँगै कम्पनीले नयाँ तरिकाबाट उद्योग सञ्चालन गर्न थाल्यो । जसको एक वर्षमै उत्पादन क्षमता विस्तार गरेको मिश्रा बताउँछन् । 

उनका अनुसार, सोही समयमा कम्पनीले उद्योगको मुख्य अपग्रेड समेत गरेको थियो । अपग्रेडपछि जर्मन प्रविधिमार्फत उत्पादन गरिरहेको उनको भनाइ छ ।

कम्पनीले करीब ८० करोड रुपैयाँ लगानीमा बुटवलमा उद्योगलाई अपग्रेड गरेको थियो । मिश्रा भन्छन्, ‘सबै गरेर उद्योगमा करीब १ अर्ब रुपैयाँ लगानी गरिसकेका छौं ।’

उद्योगले सोही अपग्रेडेसनका कारण सन् २०२१ मा नेपाल विद्युत् प्राधिकरणलाई ५ करोड अमेरिकी डलरभन्दा बढीको एबीसी केबल आपूर्ति गर्ने ठेक्का पायो ।

null

२०२२ मा कम्पनीले ३ हजार ६ सय किमीका लागि लाग्ने ४ सय केभीएको प्रसारण लाइन कन्डक्टर आपूर्ति गर्ने ठेक्का पाएको उपाध्यक्ष मिश्राले जानकारी दिए । त्यसपछि कम्पनीले आफूलाई पब्लिक कम्पनीका रूपमा रुपान्तरण गर्ने महत्त्वपूर्ण काम गर्‍यो । र, शुरू भयो लिटमस इन्डिस्ट्रिज लिमिटेडको रूपमा यात्रा । 

बुटवलको प्लान्टमार्फत घरायसी र प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर बनाइरहेको उद्योगले परासीमा हाइटेन्सनमा प्रयोग हुने एचटी केबल तथा तार उत्पादन गर्ने गरेको छ । ‘नेपालमै पहिलोपटक यस्तो तार उत्पादन गरेका हौं,’ मिश्राले भने । उनले तारको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गरे । त्यसका लागि क्रमिकरूपमा उद्योगको विकास गर्दै लगानी विस्तार गर्दै जाने उद्योगको तयारी छ । 

कम्पनीले देशभरका १३० भन्दा बढी डिस्ट्रिब्युटर र २ हजारभन्दा बढी रिटेल पोइन्टबाट आफ्ना उत्पादनहरू बिक्री गरिरहेको जनाएको छ ।

अवैध आयातले समस्या 

भारतबाट अवैध रूपमा तारहरू आउँदा बजार बिग्रेको मिश्राको बुझाइ छ । उनी भन्छन्, ‘अवैध तथा मापदण्डविपरीतका तार भारतबाट आइरहेका छन् । यसले गर्दा सस्तोमा उनीहरूको सामान बिक्छन् । हामीलाई बजारमा समस्या सिर्जना भएको छ ।’

कुल उत्पादनको १० प्रतिशत पनि उपयोग गर्न नसकिएको उनको गुनासो छ ।  

null

‘विद्युतीय तारले अनिवार्य रूपमा नेपाल गुणस्तर प्रमाण चिह्न ने.गु. ३४४ लिनुपर्ने हुन्छ । तर बजारमा गुणस्तर चिह्न नलिएका उत्पादन समेत बिक्री भइरहेको पाएका छौं,’ मिश्रा भन्छन्, ‘भारतीय कन्सल्टेन्टहरूले पनि अवैध सामान नै ल्याएको भन्ने सुनिन्छ ।’

लिटमससँग केबल उत्पादन गर्ने क्षमता अत्याधिक छ । तर, बजार माग कम हुँदा निकै कम मात्र बिक्री हुने गरेको उनी बताउँछन् । मिश्रा थप्छन्, ‘केबल उत्पादन क्षमता वार्षिक २५ लाख कोइलभन्दा बढी छ । तर महिनामा करीब २५ देखि ३० हजार कोइलभन्दा बढी उत्पादन बिक्री गर्न सकेका छैनौं ।’

हाल मुलुकमा लिटमसद्वारा उत्पादित घरायसी केबलको बजार हिस्सा १५ देखि १८ प्रतिशतसम्म रहेको कम्पनीको दाबी छ । यसलाई अझ बढाउने रणनीतिमा उद्योग लागेको उपाध्यक्ष मिश्राले बताए । 

लिटमसका उत्पादन सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणले प्रयोग गर्दै आएको छ ।  प्राधिकरणसँगै बुटवल पावर कम्पनी, नेपाल टेलिकम, भुटान पावर कर्पोरेसन, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स लगायत कम्पनीहरूले लिटमसको उत्पादन प्रयोग गर्दै आइरहेका छन् ।  

null

कम्पनीले निक, युनियन कप्पर, बिहानी ग्रुप, केएलजी ग्रुप, बेदान्त लिमिटेड, हुलास वायर्स लगायतबाट कच्चा पदार्थ खरिद गर्दै आएको छ । कम्पनीमा ५ सयभन्दा बढी जनशक्तिले काम गरिरहेको उपाध्यक्ष मिश्रा बताउँछन् । 

लिटमसले निकसँगको सहकार्यमा नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक पर्ने करीब १० हजार युनिट ट्रान्सफर्मर निर्माणको काम गरिहरेको छ । जसमध्ये ७ हजार युनिटको काम सम्पन्न भइसकेको कम्पनीको भनाइ छ ।  

कस्तो छ कम्पनीको क्षमता ?

लिटमसले ओभरहेड कन्डक्टर (ओएचसी) अन्तर्गत कन्डक्टर र केबल उत्पादन गर्दै आएको छ, जसमध्ये एसीएसआर कन्डक्टरको आकार २० देखि ५०० वर्ष मिलिमिटर हुन्छ । कम्पनीका अनुसार यसको प्रयोग ११ देखि ४०० केभीए भोल्टेजको प्रसारणलाइनमा गरिन्छ ।   

कम्पनीकै अर्को उत्पादन एरिएल बन्च्ड केबल (एबीसी)को आकार २५ देखि १५० वर्ग मिलिमिटर हुन्छ । शहरी क्षेत्रमा राखिने ओभरहेड डिस्ट्रिब्युसन १/१ केभीए भोल्टेजमा यसलाई प्रयोग गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको अर्को उत्पादन एक्सएलपीई कभर्ड कन्डक्टर्स हो । यसको आकार ५५ देखि १५० वर्ग मिलिमिटर हुन्छ । जसको प्रयोग ११ केभीए भोल्टेजको ओभरहेड ट्रान्समिसनमा गरिन्छ । 

null

लिटमसले घरायसी प्रयोगका लागि लागि केबल तथा तारहरू पनि उत्पादन गर्दछ । साथै औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रयोग गर्न १.५ देखि एक हजार वर्ग मिलिमिटर आकारको एलभी पावर केबल पनि कम्पनीले बनाउँछ ।

कम्पनीले विभिन्न चार प्रकारका एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन र कन्सेन्ट्रिक गरी चार प्रकारका घरायसी तार पनि उत्पादन गर्छ ।

ट्रान्सफर्मर तथा अन्य विद्युतीय उपकरणहरूमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स पनि उत्पादन गर्दै आएको छ ।  

लिटमससँग एसीसीएसआर कन्डक्टरको वार्षिक उत्पादन क्षमता ६७ हजार ७५० किलोमिटर छ । कम्पनीका अनुसार, एबीसी वार्षिक २९ हजार ७०० किमी, एक्सएलपीई कभर्ड कन्डक्टर्स १९ हजार ९०० किमी, पावर केबल्स ४५ हजार ३२० किमी उत्पादन क्षमता रहेको छ । 

null

यस्तै हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख ३९ हजार ५७० कोइल छ । स्ट्रिप्सको वार्षिक उत्पादन क्षमता १३ हजार ६ सय टन रहेको कम्पनीले जनाएको छ ।

सामग्रीहरू उत्पादनपछि स्टोर गर्नलाई ठाउँ अपुग हुने स्थिति रहेको कम्पनीले जनाएको छ । सँगै रहेको बन्द उद्योगमा स्पेस माग्दा नदिएकाले सडकको दायाँबायाँ राख्नुपरेको गुनासो कम्पनीको छ ।

null

आईपीओ निष्कासनको तयारी 

कम्पनीले हालैमात्र लिटमसलाई पब्लिक कम्पनीमा लगेको छ ।

समयलाई मध्यनजर गर्दै लिटमसले पनि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने उपाध्यक्ष मिश्रा बताउँछन् । उनले भने, ‘कम्पनी, बजार र देशकै समग्र आर्थिक स्थितिलाई मूल्यांकन गर्दै सर्वसाधारणहरूलाई प्राथमिक शेयर निष्कासन गर्नेछौं ।’ 

कम्पनीले अबको डेढ वर्षभित्रमा आफ्ना उत्पादनहरू निर्यात गर्ने योजना बनाएको छ । साथै कम्पनीले एमसीभी, एलईडी लाइट, फ्यान, स्वीच र इन्डक्सन चुल्होसमेत उत्पादन गर्ने योजना बनाएको छ ।

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ । यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिना...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x