फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ ।
तल्लोस्वराडमा मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् ।
पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हँुदै गएपछि मेलौली बजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताए ।
उनले भने, ‘एकदशक अगाडिसम्म देहिमाडौं, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको छ ।’
पञ्चेश्वर सडक मेलौली बजारसम्म कालोपत्र भइसकेकाले पनि यहाँ झनै चहलपहल बढेको छ । यहाँबाट दैनिकरूपमा तराईसम्म सिधै बस सेवा समेत जारी छ । यसका साथै पाटन, सदरमुकामसम्म पनि दैनिक जीप सञ्चालनमा छन् ।
मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र, क्याम्पस, विद्यालय सञ्चालनमा छन् । ईलाका प्रहरी चौकी, स्थानीय सञ्चारमाध्यम पनि सञ्चालनमा रहेका छन् । मेलौलीमा प्रसिद्ध मेलौली भगवती मन्दिर समेत रहेको छ ।
विकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै मेलौली व्यापारिक केन्द्र बनेको स्थानीय होटल व्यवसायी विजु नायकले बताए । सडक सञ्जाल विस्तारले व्यापार व्यवसाय बढेको र यसले यहाँको आर्थिक उन्नतिमा टेवा पुगेको छ ।
उनले भने, ‘तल्लोस्वराडका अन्य पालिकामा कुनै कामको सिलसिलामा आएका कुनै पनि मान्छे मेलौलीमा बास बसेर जाने गरेका छन् । मेलौली व्यापारिक केन्द्रका रूपमा स्थापित भएको छ ।’
दशरथचन्द राजमार्गको पाटनबाट पञ्चेश्वर जोड्ने सडकको ३५ किलोमिटरको दूरीमा मेलौली बजार रहेको छ ।
विकासका दृष्टिले पहिलेको मेलौली र अहिलेको मेलौलीमा धेरै अन्तर देखिएको स्थानीय प्रेम चन्दले बताए । बजार विस्तारसँगै अहिले मेलौलीमा सबै किसिमका सामान उपलब्ध हुन थालेका छन् । उनले भने, ‘सडक विस्तारले पहिलाको तुलनामा धेरै विकास भएको र नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’
तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दासम्म यहाँका नागरिक भारतीय बजारमा मात्रै निर्भर रहेकामा अहिले भने त्यो बाध्यता हट्दै गएको शिवनाथका स्थानीय वीरेन्द्र महताले बताए । उनले भने, ‘दैनिक उपभोग्य सामग्री किन्न समेत भारत जाने यहाँका नागरिक सडक पुगेसँगै अहिले सहजै यहाँ पाइने गरेको छ । सडकले यही बजार विस्तार हुन थालेका छन्, भारतमाथिको निर्भरता हटाएको छ ।’
शिक्षा र औषधोपचारका लागि पनि भारतकै भर पर्ने नागरिक सडक विस्तारले उक्त बाध्यताबाट पनि मुक्त भएका मेलौली प्राथमिक स्वास्थ केन्द्रका प्रमुख मुकेशकान्त दयालले बताए । उच्च शिक्षा तथा सामान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडवासीलाई अहिले सडक पुगेपछि तल्लोस्वराडमै पाउन थालेका छन् ।
उनले भने, ‘सडक नपुग्दा बिरामी हुँदा बाहिर जानुपरेमा निकै समस्या हुने गरेको थियो, अहिले स्वास्थ्य सेवा पाउन पनि सहज भएको छ ।’
यसका साथै सदरमुकाम आउन समेत भारतको बाटो प्रयोग गर्ने तल्लोस्वराडका नागरिकलाई अहिले भने सहजैरूपमा आवातजावत गर्न सहज भएको छ । देश संघीय संरचनामा गइसकेपछि दुर्गम भनेर चिनिने तल्लोस्वराडमा विकासले फड्को मारेको हो । स्थानीय जनप्रतिनिधिले पनि विकासको मेरुदण्ड सडक भएकाले यसलाई प्राथमिकतामा राखेका छन् ।
सडक नहुँदा २ दिन लगाएर सदरमुकाम पुग्ने नागरिक हाल भने १ दिनमै पुग्ने गरेका छन् ।
सडक सञ्जाल विस्तारले यहाँको मुहार नै फेरिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । १ दशक अगाडिसम्म पनि सडक पुग्न नसकेको तल्लोस्वराडमा हाल भने अधिकांश गाउँमा सडक विस्तार भएको छ । उनले भने, ‘पाटन–पञ्चेश्वर सडक नियमितरूपमा सञ्चालन भएसँगै यहाँ चहलपहल पनि बढेको छ । सडक सञ्जाल विस्तारले तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किनुका साथै जीवनशैलीमा पनि परिवर्तन आएको छ ।’
पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म कालोपत्र भएको र मेलौलीबाट पञ्चेश्वरसम्मको सडकखण्डमा पनि कालोपत्रको काम भइरहेको छ । तल्लोस्वराड क्षेत्रमा सडक विस्तार भए पनि विद्युत् भने पुग्न सकेको छैन । सञ्चार सेवा पनि भरपर्दो छैन । – विनोदसिंह विष्ट/रासस
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...