×

NMB BANK
NIC ASIA

राजधानी सर्दैमा बुटवल भासिँदैन, आकाश खस्दैन- विष्णु पौडेल

चैत २४, २०७९

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवलबाट राजधानी सरेको विषय अब छलफल गर्न आवश्यक नभएको बताएका छन् ।

Muktinath Bank

प्रदेशको स्थायी राजधानीले बुटवललाई उछिन्न नसक्ने बताउँदै पौडेलले चिन्ता नलिन व्यवसायीलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको २२ औं साधारणसभाको शुक्रबार बुटवल उद्घाटन गर्दै नेता पौडेलले भने, ‘प्रदेशको राजधानी दाङ जाँदैमा बुटवल भासिन्नँ, आकाश खस्दैन । प्रयास गर्दा गर्दै राजधानी सर्‍यो । अब यसैमा रूमलिन आवश्यक छैन । अब बुटवल/रुपन्देहीलाई के गर्नुपर्छ त्यसमा छलफल चलाऔँ ।’


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष पौडेलले थपे, ‘बुटवल अब सकियो भन्ने अतिरञ्जनापूर्ण सोचाइले आफैँलाई गलाउँछन् । बुटवल चारैतिरको एक्सिस छ । यहाँका निर्माणाधीन र निर्माणसम्पन्न भएका योजनाहरू पूरा भए बुटवल आर्थिक र पर्यटनको राजधानी बन्छ ।’ 

Vianet communication

पौडेलले अहिलेको मुलुकको अस्थिर राजनीतिको उपज वर्तमान सत्ता गठबन्धन रहेको आरोपसमेत लगाए ।

देशलाई अस्थिरतामा धकेल्न दलहरू हुन भन्दै सबैलाई एउटै डोकोमा हाल्न नहुने उनको भनाइ थियो ।

देशमा कुनै एउटा दलको बहुमत नआएसम्म मुलुकले स्थिरता नहुने भनेका पौडेलले अबको ५ वर्षमा हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर स्थायित्व दिने बताए । भने, ‘वर्तमान निर्वाचन प्रणालीले अरू दललाई एकल बहुमत ल्याउन कठिन छ । तर, एमालेले आउँदो निर्वाचनमा एकल बहुमत ल्याएर देखाउँछ ।’ 

नेता पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय, विमानस्थल, सभाहलदेखि सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालन गरेर छाड्ने बताए ।

गौतबुद्ध विमानस्थल पूर्ण क्षमतामा चलाउन नागरिक उड्ड्यन प्राधिकरणले चासो नदेखाएको पनि उनको भनाइ थियो।

होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले बुटवलमा २ वटा केवलकार एकसाथ सञ्चालनमा आउने तयारीमा रहेको बताउँदै त्यसपछि बुटवलमा पर्यटनको ओइरो लाग्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x