×

NMB BANK
NIC ASIA

विभिन्न देशका राष्ट्रगान गाउँदै विश्व भ्रमण गरिरहेका रामजी नेपाली

चैत २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

चन्द्र–सूर्य अंकित झण्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दिनचर्याजस्तै बनेको छ ।

Muktinath Bank

पर्यटकीययाम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशीविदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन् । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सधैँझैं शुक्रवार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनी पुगे । छेवैमा राष्ट्रिय झण्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उनले राष्ट्रगान गाए ।


Advertisment
Nabil box
Kumari

नेपालको राष्ट्रगानबाट शुरू भयो उनको प्रस्तुतिको सिलसिला । सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उनले विभिन्न देशका राष्ट्रगान गाइरहे । प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोरदोहोर गरिरहेका थिए ।

Vianet communication
Laxmi Bank

विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उनले पहिले नेपालको राष्ट्रगान गाउँछन् । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रवार पनि उनले त्यसै गरे ।

भारतको राष्ट्रगान गाउन शुरू गर्दा नगर्दै उनको छेवैमा २ भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरू टक्क रोकिए । नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे । 

गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे । कतिले तस्वीर लिए । कोहीले मोबाइलमा भिडियो कैद गरे । उनको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो । बीचतिर उनले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहेका थिए ।

यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो । तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे । उनीसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरू दंग परे ।

नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्किएका हुन् । कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनी अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहेका छन् ।

‘पर्यटनको राजधानी शहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर संगीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु,’ उनले भने, ‘अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु ।’

नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाए । सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ ।

उनले अहिले १५० देशका राष्ट्रगान गाउँछन् । विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन् । नेपाली ३ महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर आएका थिए । कोभिड–१९ यता उनको पहिलो विदेशयात्रा थियो त्यो । उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन् ।

इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका छन् ।

उनको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट शुरू भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे । ‘आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ,’ नेपालीले विगत सम्झिए । ३ वर्षअघि भारत पुग्दा उनले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए ।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् । ‘कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु,’ नेपालीले भने । सन् २०२५ भित्र १९५ देशका राष्ट्रगान गाउँदै विश्वका २३२ वटै देश पुग्ने उनको लक्ष्य भने पछाडि धकेलिएको छ । 

कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए ।

जस्तै संकट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान संकलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ । ‘मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन,’ नेपालीले भने ।

बागलुङको बागलुङ नगरपालिका–६ भिरलांखुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी ।

‘मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो,’ उनले भने, ‘संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।’ विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उनले बताए ।

नेपालीले ‘गूगल’, ‘यूट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आएका छन् । १९५ देशका राष्ट्रगान र तिनका धुन संकलन गरिसकेको उनको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढंगले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ । 

‘संगीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ,’ नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’ लगायत गीतमा स्वर दिएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै संगीत कर्ममा फर्कने बताए । – रामबहादुर थापा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x