×

NIC ASIA

कमैया मुक्ति आन्दोलनको नेतृत्वदेखि मुख्यमन्त्रीसम्म

चौधरीको ‘हुटहुटी’ अनुमोदन, लुम्बिनीमा कांग्रेसको पहिलो नेतृत्व

बैशाख १४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

कमैया मुक्ति आन्दोलनको पृष्ठभूमिबाट उदाएका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । राष्ट्रिय राजनीतिक समीकरणमा आएको परिवर्तनले ५४ वर्षीया नेता चौधरीलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको हो । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसको यो पहिलो नेतृत्व हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । चौधरीलाई ८ दल र १ स्वतन्त्रसहित ५३ सांसदको समर्थन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस संसदीय दलको नेतामा चुनिएसँगै मुख्यमन्त्री बन्ने चौधरीको ‘हुटहुटी’ बिहीवार अनुमोदन भएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

सर्वसम्मत रूपमा संसदीय दलको नेता हुनु र केन्द्रमा कांग्रेस–माओवादीसहित दलहरूको नयाँ समीकरण बनेर मिलिजुली सरकार बन्नुले चौधरीको लागि मुख्यमन्त्रीको ढोका खोल्यो । प्रतिपक्षी दलको नेता रहेका प्रदेशसभा सदस्य चौधरीलाई ३ महिनामै मुख्यमन्त्री बन्ने अवसर जुरेपछि कांग्रेस लुम्बिनी प्रदेशमा उत्साहित छ । 

Vianet communication

सत्ता साझेदार दलहरूबीच सहमतिअनुसार चौधरीले पहिलो आधा कार्यकाल लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने र आधा कार्यकाल माओवादीले लिने सहमति भएको गठबन्धनका नेता सुदर्शन बरालले लोकान्तरलाई बताए ।

चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङबाट लगातार ३ पटक निर्वाचित सांसद हुन् । उनले संघीयता कार्यान्वनपछि दाङको प्रदेशसभा ३(१) बाट २ पटक लगातार जीत निकालेका थिए । नेकपा एमालेका घनश्याम पाण्डेलाई ५ हजार ४०० मतान्तरले पराजित गरी आमनिर्वाचन २०७९ मा चौधरी निर्वाचित भएका थिए ।

पार्टीभित्र प्रभाव राख्ने लगभग सबैजसो नेताले प्रतिनिधिसभा सदस्यको दाबी गरिरहँदा चौधरीको रोजाइँ र दाबी प्रदेश सभामा रह्यो । यदि चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरेका थिए भने टिकट पाउन असम्भव थिएन । प्रदेश सरकारको नेतृत्व गर्न प्रदेश सभामा उम्मेदवार बनेका थिए ।

उनी २०७० सालमा जिल्लाबाटै दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि १ वर्ष राज्यमन्त्री समेत भएका थिए । चौधरी पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । यसअघि २०७४ सालमा उनले लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका सशक्त रूपमा निभाएका थिए । त्यो बेला उनले प्रदेश सरकार र प्रदेश सभाले खरिद गरेका दर्जन बढी गाडीमा लाखौं रूपैयाँ अनियमितता भएको ठहर गर्दै प्रदेश सरकारले गुमाएको ६० लाख रूपैयाँ फिर्ता गराएका थिए । दाङलाई राजधानी घोषणा गराउन पार्टी निर्णयको विपरीत दाङको पक्षमा मतदान गरी महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

विक्रम संवत् २०२६ असार १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा उनी बुवा टुकलाल चौधरी र आमा सोमती चौधरीको कोखबाट जन्मिएका थिए । चौधरी जनताको कुरा सुन्ने, विकास गर्ने र जनताको अपेक्षा अनुसारको काम गर्ने नेताको रूपमा आफूलाई चिनाउँदै आएका छन् । पश्चिम नेपालका थारूहरूमा शिक्षा फैलाउन अभियान सञ्चालनदेखि मुक्त कमैया आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको इतिहास चौधरीको छ ।

पार्टीमा निरन्तरको संघर्ष र योगदानमा चौधरीलाई प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जुरेको कांग्रेस नेताहरू बताउँछन् । चौधरीले थारू समुदायसहित अन्य अल्पसंख्यक गरीबीको रेखामुनि रहेका नागरिकहरूलाई समेत शिक्षाको उज्यालो दिन ब्याकवार्ड सोसाइटी (बेस) मार्फत टुकी लिएर उनी २०४२ सालमा गाउँगाउँ छिरेका थिए । उनकै कार्यकालमा राजधानीको पूर्वाधार निर्माणको काम समेत शुरू भएको थियो ।

विभिन्न अध्ययन र अवलोकनका लागि ४३ देश पुगेका चौधरीले समाजशास्त्रमा स्नातक गरेका छन् । मुलुकमा संघीयता कार्यान्वनसँगै लुम्बिनी प्रदेशले पहिलो मुख्यमन्त्री दाङका एमाले नेता शंकर पोखरेललाई पाएको थियो । प्रदेशको चौथो मुख्यमन्त्री पनि दाङकै चौधरीले पाए । उनी अन्य मुख्यमन्त्रीसरह सत्ता टिकाउन जम्बो र संघीयताप्रति वितिष्णा जगाउने पदचाप पछ्याउँदै हिँड्छन् कि संघीयतालाई राम्रो र अब्लब बनाउने काम गर्छन् भन्ने नै उनको परीक्षा हुनेछ । आमसहमति र सबैलाई सँगै हिँडाएर प्रदेशको नेतृत्व सफल बनाउने चाहना र लक्ष्य हुने नवनियुक्त मुख्यमन्त्री चौधरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x